६ पुस, काठमाडौं । म्यानचेष्टर सिटीका मिडफिल्डर याया टोरे अफ्रिकन प्लेयर अफ दि इयर घोषित भएका छन् ।
आइभरीकोष्टका टोरे लगातार दोस्रो पटक अफ्रिकन प्लेयर अफ दि इयर घोषित भएका हुन् । चेल्सीका पूर्व स्ट्राइकर डिडिए ड्रोग्वा दोस्रो भए भने बार्सिलानाका एलेक्स सँग तेस्रो भए ।
आइभरीकोष्टलाई हराउँदै अफ्रिकन कप फुटबलको उपाधि जितेको जाम्बिया टिम अफ दि इयर बनेको छ भने जाम्बियाका प्रशिक्षक हार्भ रिनार्ड कोच अफ दि इयर घोषित भएका छन् ।