आज वर्षकै छोटो दिन :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

आज वर्षकै छोटो दिन

६ पुस, काठमाडौं । हल्ला चलेअनुसार आज शुक्रबार पृथ्वीमा हलचल नभए पनि रातचाहिँ चाँडै पर्नेभएको छ । ‘हरेक वर्ष डिसेम्वर २१ या २२ मा दिन सबैभन्दा छोटो हुन्छ र रात लामो हुन्छ’ नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्टका प्राज्ञ तथा खगोलविद् ऋषि शाहले अनलाइनखबरलाई बताउनुभयो ।

आज पृथ्वी र सूर्य एउटै रेखामा पर्ने भएकाले दिन छोटो र रात लामो हुने वैज्ञानिकहरुले बताएका छन् । ‘यसबाहेक पृथ्वी आफ्नो कक्षमा घुम्ने क्रममा उत्तरी भाग सूर्यबाट सबैभन्दा टाढा र दक्षिणी भाग सबैभन्दा नजिक पर्छ’ शाहले भन्नुभयो-’त्यसैले योबेला दिन छोटो र रात लामो हुन्छ ।शनिबारदेखि भने बिस्तारै दिन लम्बिँदै र रात छोटो हुँदै जान्छ । यो क्रम बढ्दै जाँदा ६ महिनापछि यहीबेला दिन सबैभन्दा लामो र रात सबैभन्दा छोटो हुन्छ ।’

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु