अर्जेन्टिनाकी एक २३ वर्षीया महिलाले आफ्नै जुम्ल्याहा बहिनीको हत्या गर्ने हत्यारा युवकसँग बिहे गर्ने घोषणा गरेकी छिन् ।
एडिथ कासास नामकी युवतीले बहिनीको हत्यारा विक्टर सिंगोलानीसँग जोडी बाँध्ने निधो गरेकी हुन् । एडिथकी बहिनी योहानाका प्रेमी समेत रहेका विक्टरले दुइ वर्ष पहिले योहानाको हत्या गरेका थिए ।
अझ रोचक कुरा त के भने एडिथले बिहे गर्ने निधो गरेका विक्टरले एक जेलमा हत्याको आरोपमा १३ वर्षको जेलसजाय काटिरहेका छन् । तर जेलमै गएर शुक्रबार बहिनीको हत्यारासँग बिहे गर्ने योजना एडिथको रहेको छ ।
बहिनी योहानासँग विक्टरको प्रेमसम्बन्ध देखावटी मात्र रहेको र विक्टरले पहिलेदेखि नै आफुलाई माया गर्ने दाबी एडिथको छ । बहिनी मार्ने हत्यारा भएको थाहा हुँदाहुँदै पनि उनले विक्टर निर्दोष रहेको दाबी गर्छिन् । एडिथकी आमाले भने हत्यारासँग छोरीले बिहे गर्न लागेकोमा आपत्ति जनाउँदै एडिथलाई मानसिक समस्या रहेको बताएकी छिन् । बुवा पनि एडिथप्रति आगो छन् र छोरीसँग कहिल्यैपनि भेट नगर्ने बाचा गरेका छन् ।
she will be next victim.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
नेपाल को निहिता बिश्वाश जस्तै रहिछे
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
Good idea yo chahi badala linalai gareko hola
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Unale tyo manchhesanga badala lina po lagin ki, tyo bihe garne kura malai man paryo.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]