भीआइपी सुरक्षाका लागि तालिम :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

भीआइपी सुरक्षाका लागि तालिम

६ पुस, काठमाडौं । प्रमुख दलका नेताहरुले सार्वजनिकस्थलमै थप्पड खान थालेको र न्यायाधीश रणबहादुर बमको हत्या हुँदा दोषी पत्ता लगाउन नसकेको गुनासो आइरहेका बेला सशस्त्र प्रहरीले डेढ महिना लामो भीआइपी सुरक्षा तालिम सम्पन्न गरेको छ ।

सशस्त्र प्रहरी बल, हल्चोक स्वयम्भुमा सञ्चालित उक्त विशिष्ट व्यक्ति -भिआइपी) सुरक्षा तालिमको समापन गर्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक पुष्पराम के.सी.ले शुक्रबार उत्कृष्ठलाई प्रमाणपत्रसमेत प्रदान गर्नुभएको सशस्त्र कार्यालय हलचौकले जनाएको छ ।

तालिम समापनमा बोल्दै सशस्त्र प्रहरीका डीआइजी के.सी.ले विशिष्ट व्यक्तिको सुरक्षा अत्यन्तै संवेदनशील एवं महत्वपूर्ण जिम्मेवारी भएको उल्लेख भन्दै भिआइपीको सुरक्षा चुनौतीलाई मध्यनजर राखेर कुशलतापूर्वक कार्य गर्नुपर्ने बताउनुभयो । डेढ महिने उक्त तालिममा सशस्त्र प्रहरी अधिकृत, बिल्लादार तथा जवान गरी ४० जना प्रशिक्षार्थी सहभागी थिए । प्रशिक्षार्थीमध्ये सशस्त्र प्रहरी निरीक्षक योग्यबहादुर बस्नेत भीआइपी सुरक्षाका लागि उत्कृष्ट ठहरिएका छन् ।

लाइबेरिया जानेहरुको अर्को तालिम

यसैवीच संयुक्त राष्ट्र संघीय मिसनका लागि लाइवेरियामा खटिने सशस्त्र प्रहरी कर्मचारीका लागि सशस्त्र प्रहरी बल युएन शान्तिस्थापना तालिम केन्द्र ककनीमा आयोजित ‘अनमिल एफपीयु पि्र-डिप्लाइमेन्ट तालिम’ शुक्रबार सम्पन्न भएको छ । सशस्त्र प्रहरीका एआइजी दुर्जकुमार राईले शुक्रबार तालिमको समापन गर्नुभएको हो । आठ हप्ता चलेको तालिममा तीन सय ८० सहभागी थिए । कार्यक्रममा एपीएफ अधिकृत तथा जवानहरुको उपस्थिति थियो ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु