बर्डफ्लुबाट नडराउन पशु विभागको आग्रह :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

बर्डफ्लुबाट नडराउन पशु विभागको आग्रह

६ पुस, ललितपुर । बर्डफ्लु सङ्क्रमणबारे भइरहेको प्रचारबाट सर्वसाधारणलाई नडराउन पशु सेवा विभागले आग्रह गरेको छ ।

विभागले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी बर्डफ्लु नियन्त्रणका लागि तत्काल कार्य प्रारम्भ गरिसकेको जानकारी दियो । विभागका उपमहानिर्देशक डा रामकृष्ण खतिवडाले सन् २००९ देखि नेपालमा बर्डफ्लु देखा परेको भएपनि नियन्त्रणका उपाय अपनाउँदै आएकाले सर्वसाधारणले आतङ्कित हुनुपर्ने स्थिति नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “ढुक्क रहनुहोस्, एकैपटक १० स्थानमा सङ्क्रमण भएपनि नियन्त्रण गर्नसक्ने संयन्त्र छ ।”

बर्डफ्लु अन्यत्र फैलन नदिन पक्षीपालन तथा पक्षीजन्य व्यवसायमा संलग्न कृषक, उद्यमी, व्यवसायी र सर्वसाधारणसमेतले कुनै स्थानमा धेरै पक्षीहरूको अपर्झट वा अस्वभाविक मृत्यु भएमा पशु सेवा विभाग अन्तर्गतका निकायमा जानकारी गराउन विभागले आग्रहसमेत गरेको छ ।

बर्डफ्लु सङ्क्रमणबाट उद्यमीलाई हुने क्षति कम गर्न राहतको समेत व्यवस्था गरिएको छ । यसअन्तर्गत छ हप्तामुनिका कुखुरा भए प्रतिकुखुरा रु ५०, छ हप्तामाथि भए रु १३०, प्रतिअण्डा रु तीन, प्रतिकेजी दाना रु १० र मासुको रु १०० राहत दिने व्यवस्था मिलाएको छ । रासस

One Comment on “बर्डफ्लुबाट नडराउन पशु विभागको आग्रह”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु