६ पुस, काठमाडौं । चिनियाँ ब्यवसायीहरुले नेपालमा लगानीका अतिसम्भाव्य क्षेत्रहरुको पहिचानसहित ठोस परियोजना मागेका छन् ।
नेपाल भ्रमणमा रहेको ग्वाङडोङ प्रान्तको व्यावसायिक प्रतिनिधिमण्डलसँगको भेटमा नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्वले नेपालमा चिनियां लगानीको विस्तार गर्न आग्रह गरेको थियो । महासंघले पर्यटन, पूर्वाधार विकास, उर्जा, खानीजन्य उद्योग, व्यवसायिक कृषिमा लगानी गर्न र नेपाली उत्पादनलाई चीनमा गुणस्तर मान्यता दिन आग्रह गरेको थियो ।
जवाफमा चिनियाँ ब्यवसायीहरुले लगानीका अतिसम्भाव्य क्षेत्रहरुको पहिचानसहित ठोस परियोजना ल्याउन आग्रह गरे । लगानीको सुरक्षा बढी चासोको विषय भएको भन्दै उनीहरुले लगानीको संरक्षण हुन सकेमा नेपालमा चिनिया लगानी भित्रीन सक्ने बताएका छन् । नेपालको विकास प्रयासमा सदैव सहयोग गर्ने आश्वासन दिंदै चिनियां टोलीले नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरुका विषयमा चीनमा प्रवर्द्धनात्मक कार्यक्रहरु गर्न बैठकमा सुझाव दिएको छ ।
सन् २०१०-११ को तथ्यांक अनुसार नेपाल र चीन बीच करिव ६२१ मिलियन अमेरिकी डलर वरावरको व्यापार घाटा रहेको छ ।
First, there need to guareenty the safe foreign direct investment by nepal gov.
2nd, should give priority for water resourses, tourism industry and then others
last, there should not politicization of economic sector
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]