दैनिक १ लाख २५ हजार पुस्तक छाप्ने जनक शिक्षाको प्रतिबद्धता :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

दैनिक १ लाख २५ हजार पुस्तक छाप्ने जनक शिक्षाको प्रतिबद्धता

६ पुस, काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले दैनिक एक लाख २५ हजारको दरले पाठ्यपुस्तक प्रकाशन गर्ने लिखित प्रतिबद्धता सरकारी अनुगमन समितिसमक्ष गरेको छ ।

शिक्षा विभागमा रहेको पाठ्यपुस्तक अनुगमन समितिले स्पष्ट कार्ययोजनासहित नआएमा निजी क्षेत्रलाई देशभर प्रकाशनको जिम्मेवारी बढाउने चेतावनी दिएपछि केन्द्रले यस्तो प्रतिवद्धता जनाएको हो । पाठ्यपुस्तक अनुगमन उपसमितिको बैठकले यही पुस ८ गतेबाट १५ दिनभित्र दिनको एक लाख २५ हजार थानका दरले केन्द्रले पाठ्यपुस्तक नछपाए ‘विकल्प खोज्ने’ अल्टिमेटम दिएको थियो ।

जनक शिक्षाका प्रबन्धक सुजन नेपालले अहिले दैनिक ८० हजारको दरले पाठ्यपुस्तक छपाइ भइरहेको र जम्मा दुई करोड ४४ लाख थान छाप्नुपर्नेमा आउँदो चार महिनाभित्र दुई करोड ४१ लाख थान जोहो गरिसक्ने बताउनुभयो ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु