दिपक पुडासैनी
दोहा । नेपाली चलचित्र कलिउडले पहिलोपटक आफ्नो अडियो क्यासेट मुलुक बाहिरबाट बिमोचन गरेको छ । २० डिसेम्बरमा कतारको दोहामा आयोजित पत्रकार संम्मेलन तथा अडियो क्यासेट बिमोचन समारोहमा चलचित्रका निर्देशक नबराज आचार्यले दिएको जानकारी अनुसार कलिउडमा नेपाली चलचित्रको वास्तबिकता, चलचित्रका कलाकारहरुको उतार चडाब लगायत नेपाली चलचित्र उधोगको आन्तरिक बिषयबस्तु समेटिएको छ । चलचित्रमा आइटम गीत सहित तिन वटा गीत समाबेश छन् जस मध्ये एउटा गीतमा मिस नेपाल मलिना जोशिले अभिनय गरेकी छिन ।
अन्तरराष्ट्रिय कलाकार मन्च कतार शाखाले आयोजना गरेको कार्यक्रममा चलचित्र निर्देशक नबराज आचार्य, नायक बिष्णु कार्की, निर्माता नरेन्द्र सेन ठकुरी तथा बिशाल श्रेष्ठले संयुक्त रुपमा क्यासेट बिमोचन गरेका थिए ।
ग्रुप वान क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्र कलिउडमा आर्यन सिग्देल, पि्रयंका कार्की, बिष्णु कार्की, पायल थापा, नरेन्द्र सेन ठकुरी लगायतको अभिनय रहेको छ । संगीत,रचना प्रदिप बांस्तोलाको छ भने एउटा गितमा स्वर पनि उनैले दिएका छन । गायीका इन्दिरा जोशी र श्रेया सोताङ्गको स्वर रहेको छ ।
चलचित्र कलिउडको सफलताका लागी गैरआवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय समितीका सचिब टिबी कार्की, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष रबि भट्ट राषी, जन प्रगतिशिल मन्च कतारका अध्यक्ष रमेश भट्ट, जन संम्पर्क समिती कतारका अध्यक्ष बिमल सुबेदी, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष गुरु नारायण रानाभाट तथा सागर नेपाल लगायतले शुभ-कामना ब्यक्त गरेका थिए ।
चलचित्र कलिउडको रेड कार्पेट पि्रमीयर शो आगामी ११ जनावरी कतारको दोहा सिनेमा हलमा हुने जानकारी पनि उक्त पत्रकार संम्मेलनमा गराइएको थियो ।