प्रचण्डलाई प्रधानमन्त्री बनाउन बाबुरामको प्रस्ताव :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

प्रचण्डलाई प्रधानमन्त्री बनाउन बाबुरामको प्रस्ताव

हाम्रो सम्बन्ध बिग्रिँदा देशै प्रभावित हुँदोरहेछ -प्रचण्ड

६ पुस, काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा पार्टीले प्रस्ताव अघि सार्नुपर्ने बताउनुभएको छ ।

राजधानीस्थित रोयल सिंघी होटलमा शुक्रबार आयोजित पार्टीका राज्यसमिति इञ्चार्जसहितको बैठकमा बोल्दै प्रधानमन्त्री डा. भट्टराईले आफ्नै सरकारको नेतृत्वमा सहमति हुन नसके ठूलो दलको हिसाबले पार्टी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गरिनुपर्ने बताउनुभएको हो । ‘पहिले यही सरकालाई प्राथमिकता दिऔं, त्यसमा पनि भएन भने ठूलो दलको हैसियतले तपाई (प्रचण्ड) लाई अगाडि सारौं ।’- प्रधानमन्त्रीको भनाइ उधृत गर्दै बैठकमा सहभागी एक एमाओवादी नेताले अनलाइनखबरसँग भन्नुभयो ।

‘हामीले राखेका एजेन्डा गम्छन् कि भन्नेमात्र मेरो चिन्ता हो, मैले राजीनामा दिन्छु भनेर अध्यक्षजीलाई तीनपटकजति भनिसकेको छु । तर, चुनावको सुनिश्चिता पनि नभएको र अध्यादेश पनि स्वीकृत गर्न नदिइराखेको अवस्थामा निशर्त सम्झौता गर्न लागिएको हो कि भन्नेमात्रै मेरो आशंका हो, पदमा बसिराख्न खोजेको होइन ।’- बैठकलाई सम्बोधन गर्ने क्रममा पार्टी उपाध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री भट्टराईले भन्नुभयो ।

हामीवीच तातो-चिसो हुँदा देशै प्रभावित हुँदोरहेछ-प्रचण्ड

बैठकमा बोल्दै एमाओवादी अध्यक्ष प्रचण्डले आफू र प्रधानमन्त्री भट्टराईवीचको सम्बन्धले सिंगै देशमा तरंग आएको सुनाउनुभयो । ‘हामी दुईजनाको सम्बन्ध तातो-चिसो हुँदा देशै प्रभाव पर्दाेरहेछ, यो गौरब गर्नुपर्ने विषय पनि हो र चुनौतीको विषय पनि हो । हामीवीच राम्रो भए स्थिति सकारात्मक हुन्छ, सम्बन्ध चिसोभए देशकै वातावरण बिगि्रन्छ ।’- प्रचण्डको भनाइ उधृत गर्दै स्रोतले भन्यो ।

करिब दुईघण्टा बसेको बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले आशंका गरेजस्तो कांग्रेस एमालेसँग अन्तिम सम्झौता नभएको भन्दै लुकीछिपी सहमति नगरिने प्रष्ट पार्नुभएको थियो । ‘केही पनि फाइनल भएको छैन, पहिले यही सरकारलाई सहमतिको सरकार बनाउने प्रयास गरौं, दोस्रोमा कांग्रेसलाई दिऔं भनेको हो, यसबाट केही पनि दायाँ वायाँ भएको छैन । लुकेर केही पनि भएको गरिँदैन । विपक्षीले पनि पार्टीमा राख्छौं भनेका हुन्, फाइनल केही भएको छैन, बाबुारमजी त्यसदिन मुगुमा भएकाले कुरा हुन पाएन’-बैठकमा प्रचण्डको भनाइ थियो ।

राष्ट्रपतिका कारण बैठक स्थगित

एमाओवादीको बैठक बसिरहेका बेला राष्ट्रपतिको भारत भ्रमणबारे शुक्रबारै क्याबिनेटले टुंगो लगाउनुपर्ने भएपछि प्रधानमन्त्री बैठकबाट बाहिरिनुभएको थियो । शुक्रबार स्थगित बैठक शनिबार बिहान रोयल सिंघीमै बस्ने एमाओवादी नेताले बताएका छन् ।

राज्यसमितिका इञ्चार्ज, विघटित स्थायी समिति सदस्य, केन्द्रीय पदाधिकारी र कार्यालयका पदाधिकारीसहित करिब ३० जनाको सहभागिता रहने बैठकले महाधिवेशनका बारेमा पनि ठोस निर्णय गर्ने बताइएको छ ।

26 Comments on “प्रचण्डलाई प्रधानमन्त्री बनाउन बाबुरामको प्रस्ताव”
  • Abiral sharma wrote on 21 December, 2012, 14:59

    Yo po ramro kura ho ta

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 31 Thumb down 44

    [जवाफ फर्काउनुहोस्]

  • Kiran Gurung, Bhaktapur wrote on 21 December, 2012, 15:22

    Yo Maobadi ko netaharu Prachanda ra Baburamko natakle desh ra jantalai ka ti samma aru dherai dukha dine hun ajhai herna bakinai rahyo. Ke garne hami jantaharu aasikchhit ra garibi bhaya ra pa ni Maobadi ka netaharule hami mathi durdha khel khelne samaya payo.

    Like or Dislike: Thumb up 1 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Krishna wrote on 21 December, 2012, 15:25

    Good news

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • rajendra awasthi wrote on 21 December, 2012, 15:38

    यो प्रचण्ड लाई फसाउने सडयंत्र हो

    Like or Dislike: Thumb up 2 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Laajneta ji wrote on 21 December, 2012, 15:49

    ek dum ramro kura ho prachanda bhayo bhane ta khum bahadur , chirinjivi wagle ra jaya prakash gupta haru bhrastachar ko aarop maa jail gaye jhi jana pardain

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • pitar shrestha wrote on 21 December, 2012, 15:53

    GOOD….

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • jesika wrote on 21 December, 2012, 15:58

    सुशील संग सति जाने
    माकुनेलाई मन पराउने
    अनि
    खड्गलाई ख्वामीत मान्ने
    झले जस्तै झल्ला बन्ने लाई
    यो अलि सुहाउँदैन होला !!!

    Like or Dislike: Thumb up 0 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • gopal wrote on 21 December, 2012, 16:23

    Kunai aatankakarile andha dundha santrash phailauda pani desh barbad huna6 khas bhayko tyasto ho ajha Gaurab po mahasus gardorahe6 deshdrohi nalakharu

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Buddhi ram wrote on 21 December, 2012, 16:27

    यदि सहमतिमा हुन्छ भने ज़ो बने पनि जन्तालाई केहि आपत्ति छैन| तपाईहरू सबै यकजुत भयर अगादी बढ्नुहोस

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Lal Shrestha wrote on 21 December, 2012, 16:32

    कती दिन पछी आज राम्रो समाचार हेर्न पाइयो पार्टी लाई मिलयर सबै ले पार्टीअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनु सकरत्मक कुरो हो ठूलो दलको हिसाबले पार्टी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनौनु पर्छ आब आरु दललाई प्रधानमन्त्री दिनु हुन्ना बरु मोहन वैद्य ‘किरण’ लाई पनि फकै फुल्लै पार्टी एकता गर्नुहोस् मोहन वैद्यको पनि केहि एजेन्डाहरु समाबेस गर्नुहोस् तेसपछि आब आउने चुनवमा एमाओवादीले दुईतिहै बहुमत लौन सकिन्छ!धन्यबद्

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • raj kharel wrote on 21 December, 2012, 17:52

    अब चै प्रचण्डे खुशी हुन्छ जस्तो छ ।

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bhim lamichhane wrote on 21 December, 2012, 18:06

    Pm vattrai ko yo kurale satta ma tasera baseko vanne kangres,amale ko aarop lai pardafas vayeko 6. Tara tapai haru 2 jana manamutab vayo vane jantama nirasa hun6. Tesaile milna jaruri 6.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • gorkhe wrote on 21 December, 2012, 18:13

    ४ दिन सम्मको नाटको पर्दाफाश / ल गर्दै जाओ नाटक १ दिन यो हिसाब पुर्ब पंचेलाई लिए जस्तो तिमिहरुलाई पनी लिनेछान जनताले /

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • रिवाज शर्मा wrote on 21 December, 2012, 18:26

    यो समयको वास्तविकता हो तर प्रचण्ड कमरेडको नौटंकी र पिपलपाते जिब्रोलाई काम कुरो नटुंगिएसम्म विश्वास गरिहाल्न सकिन्न्न / उहा देशले खोजेको सक्षम राजनीतिज्ञभन्दा पनि दुनिया हसाउन सक्ने कुसल हास्यकलाकार हुनुहुन्छ / साथिभाइलाई नंग्याउन लाग्दा आफै उदंगिनु हुन्छ कि भन्ने डर छ/ एउटा व्यक्ति उदांगिनु त केहि ठुलो कुरो थिएन, सिंगै देशको सवल छ र पो मार्यो /

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Ramesh wrote on 21 December, 2012, 19:06

    Yadi yeso vayo vane matra chunab pani hunchha ra desh le nikas pani pauchha..

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kharbuja wrote on 21 December, 2012, 20:51

    tyo jatha kathabahire ke vayota?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • shreepramod wrote on 21 December, 2012, 21:01

    dherai manish haru ko chahana baburam le ajhai 20 barsha samma pm garnu parchha persient jo sukai hos, matalab chhaina.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Rajen subedi wrote on 21 December, 2012, 23:03

    Good,he is qualify 4 d pm.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Nabin pun wrote on 22 December, 2012, 1:01

    Kasto achamko kura gareko parchandale atikura pani hekka rakhna nasakne ballapo thaha payko?yo ta ketaketipan bhayenara?kashari partiko akta banauna ra desko neturtwa garna shakchan kadapi uni partiko ra gathbandanko nirnaya bhanda bahira gaye bhane ashtityo samapta huna sakcha

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sunil(like danger) wrote on 22 December, 2012, 1:24

    Thikai x not to bad

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sunil(like danger) wrote on 22 December, 2012, 1:26

    Baburam G suru garnu vako kam haru pura garna aagraha gardaxu ma bihar le prajatantra ho but ma bektilai suport garda baburam G lai

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sushila wrote on 22 December, 2012, 6:46

    good news good purposal from baburam comrade

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    sunil(like danger) Reply:

    Manxeko j ma pani stirta chajinx jun prachanda xadai xena bihan k bole beluka usle birsinx yasta bektii lai pradhan mantri diyo vane nepali janta le dukha paunu ho.so pleasee be care.from afghanistan.(LIKE DANGER)

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Chudamani wrote on 22 December, 2012, 7:16

    prachanda ok for PM but need support from dr.baburam also

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Elsa cilver wrote on 22 December, 2012, 7:32

    ye jasari satta kabja gari rakhne,huna ta timiharu ko yo aantim palo ho,timiharu ko natak janata le bhujhi sake ka 6n.futeko parti kasari thulo bhai rakh6? tyo katha sakiyo,natra ta 2015 ma Nepali congress le 67% lyayeko thiyo ni? thulo pati tyo hunu parne!!!!

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Kiran wrote on 23 December, 2012, 4:21

    baru yi 2 wotai mare dekhi desh le nikas pauthyo hola jasto lagi hai mitraharu malai ta!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु