७ पुस, काठमाण्डौं । तनहुँका मोहन गुरुङ (नाम परिवर्तन)ले घर छाडेको झन्डै छ महिना भयो । नेपालबाट सँगै अमेरिका हिँडेका अन्य चार साथीमध्ये तीनसहित उनी अहिले मेक्सिको सीमाना नजिक ग्वाटेमाला पुगेका छन् । उनीहरु सवै तनहुँको एउटै गाविसका बासिन्दा हुन् । सँगै गएका एक साथी ब्राजिलमै छुटे । नेपालबाट अमेरिका जाने सपना बुनेर १३ राष्ट्र छिचोल्दै मेक्सिको पुगेका ३२ बर्षका मोहनको सपना छ, धन कमाउने ।
‘घर सल्लाह गरेर अमेरिका जान हिँडेको,’ ग्वाटेमालबाट स्काइपमा कुरा गर्दै मोहनले भने, ‘गन्तव्य टाढा छैन् । क्रिसमस र नयाँ बर्ष २०१३ सकिएपछि अमेरिका ।
ब्राजिलबाट ग्वाटेमाला पुग्दा दिनरात, घामपानी, थकाई निन्द्रा केही भन्न पाइँदैन् । जति बेला दलाललाई समय अनुकुल लाग्छ, हिँड्नुपर्छ । कहिले बस, कहिले कारमा, कहिले ट्रकमा, कहिले जंगलै जंगल पैदल । बीचमा ठूला खोला उत्तिकै । जे भेटिन्छ, त्यही खाने । अपहरणको कुार छाडौं, लुटिने डर उस्तै । यावत् व्यवधानसँग पौठेजोरी खेल्दै अमेरिका पुग्नुपर्छ ।
उनीहरुसँग राहदानीमात्र होइन, आफ्नो परिचय खुल्ने कुनै कागजात छैन् । सबैले राहदानी बोलिभिया मै च्यातेर फ्याँकिसेका छन् । यस मार्गबाट अमेरिका छिर्दाको नियम हो, राजधानी च्यातेर फ्याँक्ने । नफ्याँके अमेरिका जान पाइदैन । कुनै दुर्घटनामा मृत्यु भए, को मर्यो भन्ने पत्तो हुँदैन । नेपालमा रहेका परिवारले थाहा पाउने कुरै भएन नागरिक दैनिकमा खबर छ ।
मोहन ग्वाटेमाला पुगेको तीन साता भयो । नेपालबाट पैसा आइनपुगेकाले मेक्सिको छिर्न ढिलाई भएको रे । उनीसँगै ग्वाटेमाला आएका केही साथी अमेरिका पुगिसकेका छन् । अव उनलाई अमेरिका पुग्न ६ हजार डलर (झन्डै साढे पाँच लाख रुपैयाँ ) आवश्यक रहेको छ ।
thukka gaule timro buddhi ! tetro lagani garer dukh paunu bhanda ta tanahumai pasupalan gareko bhaye nikai paida hune thiyo ra aafno paisa kharcha garer dukha ta paune thiyenau. yadi tapaiharu pani yehi way bat jane b4 ma hunu hunchha bhane yek palta shant bhayer sochnu hola mitraharu aama babuko kakh ra pariwarko angaloko santushti nai swarga ho.
Like or Dislike:
8
0
[जवाफ फर्काउनुहोस्]
Yasto kam chanhi usle matrai garchha. Aba u vaneko k ho aafai bujhnuhos
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
nepal ma kaam gara aal6i lagne ko kura ho yo ,garne lai kanhi jana pardaina,nepal ma hun6,tara aatatayi ko daar 6 nepal ma.tyo nirmul parna par6 abba.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
यो त पैसा हुने तर बुद्धि नहुनेको कथा रहेछ. . . . . . .यो त दु:ख पाएको हैन मात्र धनले पोलेको . . . . .
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
ग्वाटेमालाsamma pugna 20 lakh jati sakiyo , aba tyaha bata AMERICA samma pugna aru 6 hajar dollar tu chahiyeko xa MOHAN JI lai .
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]