७ पुस, काठमाण्डौं । जनशक्तिको अभावमा कष्टकर बन्दै गएको स्वास्थ्य सेवा क्षेत्रमा १४ हजारभन्दा बढी जनशक्ति थप हुने भएको छ ।
यसअघि स्वास्थ्य सेवामा जनशक्ति अभावका कारण ग्रामिण क्षेत्रका सर्वसाधारणहरु स्वास्थ्य सेवाबाट बञ्चित हुँदै आएका थिए । मन्त्रिपरिषद अन्तर्गतको सामाजिक समितिले स्वास्थ्य क्षेत्रको जनशक्तिसँग सम्बन्धित नयाँ रणनीतिक योजना -२०११-२०१५ पारित गर्दै आगामी तीन बर्षभित्र १४ हजार २ सय १० जना जनशक्ति थप गर्ने निर्णय गरेको खबर गोरखापत्र दैनिकले छापेको छ । स्वास्थ्य मन्त्रालयले थप जनशक्तिका लागि अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, शिक्षा मन्त्रालयसँग स्वीकृत लिईसकेको थियो ।