७ पुस, काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ भने पेट्रोलको घटाएको छ ।
निगम सञ्चालक समितिको बैठकले शनिबारबाट लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ । यस्तै पेट्रोलमा भने प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको छ । ‘बजार भाउका आधारमा मूल्य समायोजन गर्ने नीति अनुसार नै मूल्य घटबढ भएको हो’ निगमका निमित्त कार्यकारी प्रमुख सुरेश अग्रवालले अनलाइनखबरसँग भन्नुभयो ।
शनिबारबाट डिजेल र मट्टितेल प्रतिलिटरको ९९ रुपैयाँ पर्छ भने पेट्रोल लिटरको १ सय २३ रुपैयाँ पर्छ । मूल्य समायोजनपछि इण्डियन आलय निगमले पठाएको डिसेम्बर १६ को मूल्यसूची अनुसार आयल निगमलाई पेट्रोलमा १० रुपैयाँ ४२ पैसा र मट्टितेलमा १३ रुपैयाँ ३७ पैसा नाफा हुन्छ भने डिजेलमा ३९ पैसा घाटा हुन्छ ।
पछिल्लो मूल्य समायोजनपछि आयल निगमको मासिक घाटा करिव ४१ करोडबाट ३५ करोडमा आइपुगेको छ ।
खाना पकाउने ग्यासमा भने नियमलाई प्रतिसिलिण्डर ६ सय ५६ रुपैयाँ ६२ पैसा घाटा छ । ‘सबैभन्दा ठूलो लस एलपी ग्यासमा छ’ अग्रवालले भन्नुभयो–‘ग्यासमा प्रतिमहिना ७९ करोड घाटा छ ।’ ग्यासमा घाटा कम गर्न घरायसी र व्यवसायिक प्रयोगका लागि दुई खालको सिलिण्डर र मूल्य तोक्ने भनिएपनि व्यवसावयीहरुको असहयोगका कारण कार्यान्वयन हुन सकेको छैन ।
mares mora
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
अब झन् झगडा हने भयो नि २३ रुपैया मा कि २५ हिसाब गर्न सजिलो २ रुपैया मा हतारको बेला झगडा पेटोल साहजी सग
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
Byaparile munafa kamaune ho vane wastabik mulya tirna kina namanne yo ta atya4 nai ho ni powerle hune vaye sarkarbata byaparika lagi budgetma nai barsik vikhko byabastha gare vayo ni akhir luttantra na 6 yo deshma
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
२३ रुपैया मा कि २५ हिसाब गर्न सजिलो २ रुपैया मा हतारको बेला झगडा पेटोल साहजी सग………….
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
sab thagne bahana matra hun
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
500 दियो, 4 लीटर हाल्यो, अनि कुद्यो कति सजिलो भएको थियो, अब फेरी कच कच गर्नु पर्ने भयो, वाह रे आयल निगम जनता लाई लडाउन कति जानेको !!!!!!!!!!!!
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
धन्यवाद यहाँहरुलाई ! सर्बप्रथम नेपाल आयल निगमलाई पनि हार्दिक मंगलमय सुभ-कामाना किनकी देशमा एक वर्षा अवाधिमा करिबन पाँच पटक पेट्रोल, मट्टीतेल, डिजेलको भाउ बढाउनु पाउनु सौ भाग्या नै हो, गरिब जन्ता को गाँस, बास, अनि कपासको कुरा गरेर सरकारलाई पनि लालसलाम ! प्रधानमन्त्री,देखि लिएर झासा, झुसे, लुरे लाई पनि सलाम है बिभिन्न राजनिती गर्ने र सरकारको नाम्मा जनताको पसिनामा गाडी चढेर गोजीको खल्ती बाट पैसा निकाल्नु नपरे पछि महंगी भनेको केहो भन्ने कुरा थाहा नपाउने,
नेता, र ओसे, पोसे, भरौटे लाई पनि शुभकामना -लाल सलाम भेडो जनतालाई पनि लालसलाम मेरो, हाम्रो, नेता भन्दै हजुर हजुर चिल्लो कारमा चद्नु भाग्य बनाउने । जनता चाँही तेलं नपाएर एघार नम्बरमा हिड्नु पाउनु त्यो पनि राम्रो ! टुकी बत्ती बल्नु नपाएर
छिटै ओछ्यानमा सुति लभ गर्नु पाउदा झन् खुसी भएका, र पड्ने बिध्यार्थीहरुलाई पनि किताब पद्नु नपरी फोनमा ब्यस्त रहनु पाउदा भाग्या मानी भए नेपाली । किन नेताका छोरा, छोरीलाई यो नियम त लागु भा छैन होलानी ? भएको भए फेरी सडक आन्दोलन
गर्न पुग्थे होलानी ? तर हामी निमुखा जनता जसले जे गरयो तेही मान्या बाध्या छौ भने कसको गल्ति र के गर्नु पर्छ हामीले बुझ्ने होकी कसले बुझ्ने ? अहिलेको सरकारलाई मुरी मुरी धन्यवाद अब पनि 70 साल आउनको लागि केहि समय छ र निरन्तर
बडाउदै जानु होला धन्यबाद !!!!!!!!!!!!!!!!!!!!!!!!
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
हामी प्राईभेट नम्बर प्लेटका बग्रेल्ती गाडी (बिशेष गरेर कार , पजेरो , जीप , मोटर साइकल ) देख्छौ तर ती सबै नीजि होइनन / सरकारी, आयोजनाका , समितिका , संस्थाका , कम्पनीका , प्राधिकरण आदिका हुन् / निजि नम्बर राख्दाको सजिलो, शान, स्फुर्ति , झन्झटबाट बच्न सजिलो , छुट्टीका दिन पनि निस्फिक्री मावली ससुराली गर्न, किनमेल गर्न पाईने आदि आदि कारणले सके सम्म निजि नम्बर प्लेटमा गाडी कुदाउन हररर मजा आउने / सरकारमा बस्ने , आसेपासे सबै लालायित / सरकारी बजेटमा निजि गाडी कुदेका प्रतिशत 75 भन्दा बढिनै हुनुपर्छ / 7 कि मि भन्दा धेर काठमाडौँमा हिड्नु पर्दैन / मदन भण्डारीले साईकल चडनु हुने ; मोटर साईकलको पछाडी बसाउदा दङ्ग हुन मिल्ने – यो देसका अरु मदन भन्दा ठुला हुन् ? अशल मानिसको अनुसरण गर्ने संस्कृति खोइ ?
डिजेल 60 % हुन्छ / कुल इन्धन आयातमा / ढुवानीमा बिजुलीको प्रयोग गरे 60 % घट्दछ / बर्सेनि 1 खर्ब 21 अर्बको इन्धन बिदेसबाट ल्याउनु पर्ने / इन्धन कसरि किफायेत गर्ने भन्ने नशोचे प्रतिस्थापन कसरी गर्नु ? ब्यापार घाटा कसरि कम गरेर पूर्वाधार निर्माण मा लगाउने ? इन्धनमा कटौती गरेर जल बिद्युतमा लगानी गराउन बेलैमा शोचौ है साथी हो !!
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]