संसारको तेस्रो उत्कृष्ट पर्यटकीय गन्तव्य-मुस्ताङ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

संसारको तेस्रो उत्कृष्ट पर्यटकीय गन्तव्य-मुस्ताङ

७ पुस, मुस्ताङ । मुस्ताङ विश्वका उत्कृष्ट १० पर्यटकीय गन्तव्यमा परेको छ । नेपालको सिमानाभित्र पुरे पनि ‘लिटिल तिबेट’ ‘द लास्ट फरविडन किङडोम’ को नामबाट उपल्लो मुस्ताङलाई विश्वका दश उत्कृष्ट गन्तव्यमध्ये तेस्रो नम्बरमा राखिएको छ ।

‘लन्ली प्लानेट’ नामक प्रख्यात संस्थाले अन्तिम अर्धनिषेधित अधिराज्य ‘लिटिल टिबेट’ अथवा ‘द लास्ट फरविडन किङडोम’ हेर्ने अन्तिम अवसर भएकाले पर्यटकका लागि नपुगी नहुने गन्तव्यका रुपमा समेत व्याख्या गरेको छ । नेपालको उत्तरी सिमानामा रहेर पनि भाषा, संस्कृति, मौसम, भू-बनोट तिब्बतको जस्तै रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१३ का लागि प्रकाशित उत्कृष्ट गन्तव्यमा फ्रान्सको कोरसिक, इजरायलको द नेग्याम, नेपालको मुस्ताङ क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेको खबर गोरखापत्र दैनिकले छापेको छ ।

मुस्ताङ उत्कृष्ट गन्तव्य मध्यको तेस्रो स्थानमा पर्नु नेपालका लागि खुसीको कुरा रहेको बताउँदै नेपाल पर्यटन बोर्डका सञ्चार संयोजक शरद प्रधानले भन्नुभयो ‘यसबाट नेपालमा थप पर्यटक भित्र्याउन सहयोग पुग्ने छ ।’

विदेशीका लागि निषेधित भएपनि सन् १९९२ बाट उपल्लो मुस्ताङमा निश्चित पर्यटक संख्यालाई प्रतिव्यक्ति सात सय डलर शुल्य लिएर १० दिनका लागि पदयात्रा गर्न दिन थालिएको थियो । सरकारको नीति अनुसार पछिल्ला बर्षहरुमा १० दिनका लागि प्रतिव्यक्ति पाँचसय डलर शुल्क लिएर धेरै पर्यटकलाई भ्रमण गर्न दिन थालिएको छ ।

8 Comments on “संसारको तेस्रो उत्कृष्ट पर्यटकीय गन्तव्य-मुस्ताङ”
  • Sonam Dhukke Lowa wrote on 22 December, 2012, 3:41

    लो-मंथांगे भएको नाताले गर्ब गर्छु!
    दुख पनि लागि रहेछ कि नेपाल सरकारले यहाँका सोझा जनतालाई मुर्ख बनाई रहेछ/
    प्रति व्यक्ति बिदेशी पर्यटकहरुबाट उठाएको शुल्कको ६०% सो क्षेत्रको बिकासको लागि
    खर्च गर्नु पर्ने हो तर त्यो अहिले सम्म भएको छैन ! उपल्लो मुस्तांगेहरु एक झुट हुनु
    धेरै जरुरत छन्!धन्यवाद

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Youbraj pun wrote on 22 December, 2012, 4:20

    Yo ta kati khushi ko kura hamro desh ko kunai ek kuna pni tesro numberma aaunu bhaneko yo garb garnu parxa hami nepali hau bhaner.

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Prakash Simkhada wrote on 22 December, 2012, 4:28

    Great and true as well. Let’s promote Mustang Trekking in Nepal, the third selected tourism destination in Nepal over the world.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • ram chhetri wrote on 22 December, 2012, 5:03

    yo t dherai ramro kura ho ni……..tara hamro desh ma…..???

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Krishna sapkota,Bkk wrote on 22 December, 2012, 5:23

    I love mustang!reality news…

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • prakash gurung wrote on 22 December, 2012, 10:31

    hamero das maa yo honu bhana ko taa khuse kura hoo.tara yas ko lage hame sabai ko pahel hunu jararu 6.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • santosh humagain wrote on 22 December, 2012, 14:27

    YO TA HAMI SABAI NEPALIHARULE GARAGRNU PAR6A.MA EK GUIDE KO HISAB LE GOV LE TYAHAKA MANIS LAI RIN DIYARA TEA HOUSE BANAUNA LAGAUNU PAR6A ANI PERMIT FEE PANI SASTO GARINU PAR6A TYAHA KA MANISLAI TOURISM BATA BACHNE AADHAR BANAIDINU PAR6 JASTO LAG6.DHANYABAD

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Dinesh wrote on 23 December, 2012, 1:50

    Pleased to know and it has to be.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु