आज मिति २०६९ साल पुस महिनाको ७ गते शनिबार । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले एमाओबादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष बाबुराम भट्टराईबीच राजनीतिक सहमति खोज्नेबारे मतभेद कायमै हेको समाचारलाई प्रमुख प्राथमिकताकासाथ छापेका छन् । यस्तै राष्ट्रपति डा. रामवरण यादव आइतबारदेखि भारत भ्रमणमा जानुहुने भएको छ । मन्त्रिपरिपरिषद्ले उहाँको भ्रमणसम्बन्धी प्रस्ताव पारित गरेको समाचारलाई पनि आजका दैनिक पत्रिकाले प्राथमिकताकासाथ छापेका छन् ।