रामचन्द्र नेपाल
७ पुस, क्वालालम्पुर । मलेसियामा सडक दुर्घटनामा एक नेपालीको ज्यान गएको छ । ओखलढुङा जिल्ला वल्खु गाविस वडा न ९ घर भई क्यामरुन हाईलेण्डको रिङलेट उलुमेरामा रहेको गार्डैन कम्पनीमा कार्यरत अन्दाजी २५ वर्षका खड्क वहादुर मगरको सडक दुर्घटनामा ज्यान गएको हो ।
दिनभरी काम गरेर साझँको वेलामा सपिङ गरेर राती ९ वजेतिर होस्टलमा फर्किरहेको अवस्थामा उनले चलाईएको मोटरसाईकललाई ल्याण्डरौभर गाडिले ठक्कर दिदा घटना स्थलम खड्काको ज्यान गएको हो । ल्याण्डरोभर गाडि भने ठक्कर दिना साथ भागेकाले नम्वर थाहा हुन सकेको छैन ।
उनी संगै मोटरसाईकलमा पछाडि सवार रहेका मोरङ विराटनगर निवासि ओम प्रकाश यादव गंभिर घाईते भएका छन । यादवको इपो अस्पतालमा उपचार भैरहेको ओमकार थापाले जानकारी दिएका छन् ।
मृतक खड्काको शवलाई पोसमार्टमको लागि तानाहाराता सरकारी अस्पतालमा राखिएको छ । दुई वर्ष अगाडि रोजगारीको सिलसिलामा मलेसिया आएका खड्काको परिवारमा वुवा आमा, श्रीमती, छोरी र भाई रहेका छन् ।
nepali ko durbhagya
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
what! hi is my frn. o god ????
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]