नयाँ बर्षको शुभकामना :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

नयाँ बर्षको शुभकामना

जिन्दगीको धरै बसन्तहरु पार गर्दा

हरेक नयाबर्षमा शुभकामना साट्दा

बलबान मानिने समयले कोल्टो फेरेछ

मान्छेले संस्कार या संस्कारले मन्छे फेरेछ

हेरक पटकका मिठा कल्पनाहरु

जिन्दगीका भोगाइहरुसग बिराना भए

समाज परिबर्त गर्ने चाहनाहरु

समाल्न नसक्नेगरी टुट फूट भए

किनकी ,

जिन्दगीको पानाहरुलाई बिचारको मसीले भरीएन

दुइ किनारबाट यौटा डुंगा तर्न तरिएन

नयाँ बसन्तहरुमा बिचारको पालुवा फेरिएन

भबिस्यको निश्चित रेखा कोरिएन

तसैले ,

देशलाई मुटुमा राखेर सातसमुन्द्र तर्नेहरुलाई

यो नयाबर्ष सहास बनेर आओस

रहरले या बिबसताले आमाको काख छाड्नेहरुलार्इ

नयाँबर्ष मौका अनि उर्जा बनेर आओस

पुरा होस् चाहना अनि सुद्ध रहोस भाबना

नयाँबर्ष 2013 को मंगलमय शुभकामना

कमला अधिकरि ‘लोहनि’

न्यूयोर्क ।

7 Comments on “नयाँ बर्षको शुभकामना”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु