सर्बदलीय बैठक बोलाउने राष्ट्रपतिको तयारी :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

सर्बदलीय बैठक बोलाउने राष्ट्रपतिको तयारी

'भारत भ्रमण रोकिन्न'

७ पुस, काठमाडौं । पाँचौ पटक दिएको समयमा पनि प्रमुख दलहरुबीच सहमतिको सरकार गठनबारे सहमति जुट्न नसकेपछि राष्ट्रपति डा. राववरण यादवले सर्बदलीय बैठक बोलाउने तयारी गर्नु भएको छ ।

पछिल्लो पटक थपिएको ५ दिनको म्याद शनिबार सकिएको छ । चार पटक गरेर दिएको २५ दिनमा पनि दलहरुबीच सहमति नजुटेपछि राष्ट्रपतिले पछिल्लो पटक पुस ४ गते ५ दिनको समय दिनु भएको थियो ।

राष्ट्रपति यादवले सोमबार भारत भ्रमणमा जानु अघि नै सर्बदलीय बैठक बोलाउन सक्ने शितल निवासका अधिकारीहरुले बताएका छन् । ‘अब सर्बदलीय बैठक बोलाउनुको विकल्प छैन’ राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले अनलाइनखबरसँग भन्नुभयो । दलहरुसँग भएको छलफलमा पनि राष्ट्रपतिले चार दलबीच सहमति नभए चार दलको घोडा तोडेर सर्वदलीय बैठक बोलाउने बताउनु भएको थियो ।

भारत भ्रमण रोकिन्न

दलहरुले राजनीतिक निकास नदिई भारत नजान आग्रह गरेपछि राष्ट्रपतिले भ्रमण स्थगित नगर्ने हुनु भएको छ । ‘संक्रमणकाल ६ वर्षदेखि चलिरहेछ । दलहरुबीच सहमति नभएकै कारणले भ्रमण रोक्नेबारे राष्ट्रपतिले सोच्नु भएको छैन’ सल्लाहकार दाहालले भन्नुभयो-’भ्रमण रोकिन्न ।’ प्रमुख दलहरुले भने सरकार गठन नगरी भारत जाँदा गलत सन्देश जाने भन्दै भ्रमण रोक्न आग्रह गर्दै आएका छन् ।

के–के गर्नेछन् भारतमा

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति यादव पुस १० गते बनारस हिन्दु विश्वविद्यालयको विशेष दीक्षान्त समारोहमा राष्ट्रपति मुखर्जीका साथ अतिथिका रुपमा सहभागी हुनुहुनेछ । बनारस हिन्दु विश्वविद्यालका संरक्षक एवम् शिक्षाविद् पण्डित मदन मोहन मालाभियाको १५० औँ जन्मजयन्तीका अवसरमा आयोजित दीक्षान्त कार्यक्रममा राष्ट्रपति डा यादवले मानार्थ विद्यावारिधि उपाधि ग्रहण गर्नुहुनेछ ।

पुस ११ गते राष्ट्रपति डा यादवले भारतीय राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री डा मनमोहन सिंहसँग पनि भेटवार्ता गर्नुहुनेछ ।प्रधानमन्त्री सिंहले आयोजना गर्नुहुने रात्रिभोजमा पनि उहाँ सरिक हुनुहुनेछ । राष्ट्रपति डा यादवले भारतीय उपराष्ट्रपति, वरिष्ठ मन्त्रीहरु, युनाइटेड प्रोगेसिभ एलाइन्सका अध्यक्ष, विपक्षी दलका नेता तथा पदाधिकारीहरुसँग पनि भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले बताएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति डा यादवले मध्यदिल्लीस्थित अल इन्डिया इन्स्िटचयूट अफ मेडिकल साइन्समा नियमित स्वास्थ्य परीक्षण गराउनु हुनेछ । साथै नयाँदिल्लीस्थित नेपाली दूतावासमा आयोजना हुने समारोहमा राष्ट्रपति सहभागी हुनुहुनेछ ।

 

13 Comments on “सर्बदलीय बैठक बोलाउने राष्ट्रपतिको तयारी”
  • Lalit wrote on 22 December, 2012, 9:39

    Baburam le gu khayepa6i kasko k lag6?

    Well-loved. Like or Dislike: Thumb up 49 Thumb down 26

    [जवाफ फर्काउनुहोस्]

  • लाजनेता wrote on 22 December, 2012, 11:02

    राष्ट्रपति लाइ पनी लाजनेता बन्ने इच्छा छ केहो यो कस्तो लाज पचायेर म्याद थपेको थपै हो अरुले लाजनिती गरे पनी तपाईले त राजनीति गर्नुहोस

    Well-loved. Like or Dislike: Thumb up 38 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

  • महेश रेग्मी wrote on 22 December, 2012, 12:11

    यो कस्तो बिडम्बना …/ रामचंद्र पौडेल 17 पटक एक्लै प्रधानमंत्री लड्दा पनि नजित्नु ,राष्ट्रपति ले जतिपटक म्याद थपे पनि सहमति नहुनु ,संबिधानसभाको म्याद जतिपतक थपे पनि संबिधान नबन्नु , यो के गरेको हो ?…….के गर्छोउ ए खाते हरु माथी बसेर …….///

    Well-loved. Like or Dislike: Thumb up 26 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • milan wrote on 22 December, 2012, 13:53

    Baburam le gu khayepa6i kasko k

    Like or Dislike: Thumb up 7 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

  • Adwait Sharma wrote on 22 December, 2012, 14:10

    ए रामबरण ! सर्बदलिय भनिएको तिम्रो बैठक मा कति दल लै बोलाँउछोऊ ? कुन कुन दल पर्छन सर्बदल भित्र ? तातो न थारो संग उत्ताउलिएर कम नगर / यो देश का जनता भनेका कांग्रेस र एमाले मात्र होइनन / हामी पनि हौं / अहिलेको परिस्थिति मा संबैधानिक , कानुनी र राजनैतिक सबै हिसाब ले प्रधानमन्त्रि हुन उपयुक्त व्यक्ति बाबुराम भट्टराई भन्दा अरु कोहि पनि छैन / राष्ट्रपति पद को मर्यादा बुझ र पालन गर नत्र बोका को मुख मा कुभिन्डो होला नि फेरि /

    Like or Dislike: Thumb up 18 Thumb down 20

    [जवाफ फर्काउनुहोस्]

  • raghav wrote on 22 December, 2012, 15:06

    लाचार नेता हरुको पछि नलागे हुन६ राष्ट्रपति महोदय इन्लाई दिनु भन्दा गौरब शम्सेर जि दियर गुम्न जनोश

    Like or Dislike: Thumb up 18 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Youmesh wrote on 22 December, 2012, 15:32

    भैसी चराउने गोठालाई राष्टपती बनाए पछी यस्तै हो।यहा देशको चिन्ता कुन चाहि नेतालाई छ र॥

    Like or Dislike: Thumb up 14 Thumb down 11

    [जवाफ फर्काउनुहोस्]

  • Yaduman Khadka wrote on 22 December, 2012, 16:29

    तिम्रो बाउको हुत्ति छ भने भेसी गोठाला भनेहरु जनताको सामु आएर आहिलेको रास्ट्रपत्तिको चरपी सफा गर्ने बनेर देखायको हेरू न त ? ए संबिधान सभा भंगग गर्ने तेरो हजूरबाऊ, बोका को मुख मा कुभिन्डो रास्ट्रपत्तिलाई होइन माओबदीलाई बाबुराम भएको छ कसोता Adwait Sharma सहमति भएको जती भड्ने बाबूराम नभई रास्ट्रपत्ति, सधै जनतालाई आखामा धुलो हलेर कुर्सिमा राज गर्ने हिसिलाको पति जनतालाई पिल्सयारा राखने थुक माओबदी बार हेर त राघव अहिले कस्तो छ नेपालको गति ?

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • दीपक wrote on 22 December, 2012, 16:58

    जसले जे भनेपनि बाबुराम नै चाहिन्छ अहिले।। सुशील, माधब हरुको हुति छैन देश चलाउने। येसो हेर्दा प्रचण्ड लाई नै पछार्चन जस्तो छ बाबुरामले यो राजनीतिक दाउपेच मा। झन् रास्ट्रपति को भारत भ्रमण त बाबुराम लाइ दुवै हात मा लड्डु हो।

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Bhola Ghimire wrote on 22 December, 2012, 17:41

    Dear President,

    Be careful. This scenario shows that Maoist want to break the rules and they want it from your side. The mad fellows from Congress and UML never thought several angle. If you break the rule, then case gone..????????????? Nepal then what will be the situation????

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Mr nepal wrote on 22 December, 2012, 20:08

    Hoina kahile yo baithak kahile tyo baithak aakhir timiharule yo desh maa garna khojeko k ho ? Timiharu maa ali katapani laag sarma xa vane aba ta deshlaai nikaas deu !

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Deepak wrote on 22 December, 2012, 22:36

    Nepal ARMY,Nepal POLICE ra Nepal ARMED FORCES ka promukh haru mare jasto lagyo Nepal ma.Ani aba ta ati bho netaharulai line lagayera ek ek thoknu parne din najikidai chha.Aba kehi nagari bha chhina.Euta sapoot ta bannai parchha.Rastrapati sashan lagayera Netaharulai korra thoki jail halnai parchha.Baatle bhayena aba ta laat hannai parchh…………

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • इश्वरी लम्साल wrote on 23 December, 2012, 3:19

    अब केहि होइन , जो नेपाली राजनीति को शरीर मा ब्लड क्यान्सर रोग लागेको छ तेस्तो अवस्था मा के उपचार गर्न सकिन्छ भने ऐले भएको सबै रगत निकालेर अर्को नयाँ रगत राख्नु पर्छ l ऐले कै रगत रहिरह्यो भने त्यो क्यान्सर कहिल्येइ निको हुदैन l यो कार्य गर्न केहि कठिन त छ तर असम्भव भने छैन यसको लागि नेपाली जनता मा चेतना हुनु अत्यावश्यक छ l ऐले सम्म नेपाली जनता मा सचेतना जागेको छैन रहेछ भन्ने कुरा यो ५ बर्सले देखाइसकेको छ l ऐले सम्म त उसले उसलाई यो र त्यो भन्दै गाली गलौज गर्दै हामी एकापसमा लादिरखेका छौं र ति आफुलाई राजनेता भनाउदाहरुको अपूर्ण नाटक को निरिह दर्शक बन्नु शिवाय अरु केहि गरेका छैनौं l त्यसैले प्यारा दाजुभाई दिदीबहिनीहरु आउनुहोस र ऐले चलिराखेको नाटक को पर्दाफास गरौँ र अघि बढौं त्यसैमा सम्पूर्ण नेपाल र सम्पूर्ण नेपाली को भलै छ l

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु