आरपी सुवेदी
८ पुस, काठमाडौं । शरीरमा पेट्रोल छर्केर आगो लगाइएपछि उपचार गर्दागर्दै निधन भएकी बर्दिया, गुलरिया-८ की शिवा हासमीबारे अनलाइनखबरले गरेको खोजबाट केही रहस्यहरु फेला परेका छन् ।
गत मंसिर २२ गते बिहानै साढे ६ बजेतिर १९ वर्षीया हासमीको शरीरमा आगो लागेको थियो । स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं ल्याई वीरअस्पतालमा उपचार गराइँदै गर्दा मंसिर २७ गते हासमीको निधन भएको थियो ।
हासमीका प्रेमी भनिएका छिमेकी बाबु खानले पेट्रोल छर्केर आगो लगाएको भन्दै परिवारको आग्रहमा प्रहरीले खानलाई नियन्त्रणमा लिएर थुनामा राखेको छ । तर, हासमीलाई आफ्नै परिवारका सदस्यले आगो लगाएको आशंका बढेको भन्दै बर्दिया प्रहरीले हासमीकी आमा र दाजुलाईसमेत पक्राउ गरेको छ । कमल थापा नेतृत्वको राप्रपा नेपालसमर्थित युवासंघका केन्द्रीय सदस्यसमेत रहेका हासमीका अर्का दाजु रिजमान हासमीलाई भने प्रहरीले अझै फेला पार्न सकेको छैन । रिजमान राप्रपा नेपालको संरक्षणमा रहेको बुझिएको छ ।
घटनास्थलको प्रकृति
बर्दियाको जिल्ला प्रहरी कार्यालयभन्दा लगभग ५ सय मीटरमात्रै टाढा रहेको छ हासमीको घर । मुस्लिम टोलका रुपमा चिनिने यस गाउँमा कच्ची बाटोले छुट्याएको अवस्थामा शिवा हासमी र बाबु खानको निवास आमने-सामनेमा रहेको छ । हासमी आफ्नै एक तले पक्की घरमा बस्थिन् भने बाबु खानको परिवार अर्काको स्वामित्वमा रहेको सानो छाप्रोमा बस्दै आएको छ । हासमीको घरसँगै अन्य घरहरु पनि टाँसिएर बनाइएकाले हासमीको घरपछाडिको कम्पाउन्डमा हासमीकै घरभित्र भएर मात्रै जान सकिन्छ । प्रत्यक्षदर्शीहरुका अनुसार बिहान साढे ६ बजेतिरै हासमी शरीरमा आगो लिएर घर पछाडिको कम्पाउन्डमा दौडिएकी थिइन् । सोही कम्पाउन्डमा ढलको फोहोरमा लडेर उनले आफ्नो शरीरको आगो निभाउने प्रयास गरेकी थिएन् । (तस्वीरमा काठले छोपिएको ठाउँमा ढलको फोहोर देखिन्छ, जहाँ हासमी आगोको मुस्लोसहित लडेकी थिइन् ।)
घरपछाडि कम्पाउन्डको भित्रपट्टी एकातिर काँचो ईंटाले बनेको कमजोर पर्खाल देखिन्छ, जसको छेउमा एउटा प्लाष्टिकको बट्टासमेत छ । यही ठाउँबाट बाबु खानले हासमीलाई पेट्रोल छर्केर आगो लगाएको हासमीका परिवारको दाबी छ । तर, उक्त पर्खाल बाहिरपट्टी ढलको पानी जमेको धाप रहेकाले त्यहाँ मान्छे हिँड्न सम्भव नरहेको र पक्राउ परेका बेला बाबु खानको शरीरमा हिलो नलागेको स्थानीयवासीको तर्क छ ।
बाबुले जहाँबाट पेट्रोल छर्किए भनिएको छ, त्यो ठाउँबाट हासमी लडेको ढलको पानी नजिकै रहेको छ । बिहान ६ बजे नै पर्खालको छेउमा आएर कसैले पेट्रोल खन्याउँदा र आगो लगाउँदा हासमी तत्कालै ढलमा गएको हुनुपर्ने र त्यसो गर्दा उनी ५ प्रतिशत जतिमात्रै जल्ने विश्लेषण स्थानीयहरु गर्छन् । आगो लगाइएको धेरैबेरमा मात्रै उनी ढलको पानीसम्म आइपुगेको देखिन्छ । ढलको छेउमै हाते कल थियो । घरमा पनि पानी राखिएको अवस्थामा परिवारका सदस्यले तत्कालै पानी खन्याएको भए उनी यतिधेरै नजल्ने घटनास्थलको प्रकृतिलाई हेर्दा प्रष्ट हुन्छ । हासमीको घर एक तलेमात्रै भएकाले कुनै पनि कोठामा वा बाहिर भएको गतिविधि थाहा नपाउने स्थिति देखिँदैन । त्यसबेला हासमीका घरमा हासमीका बुबा मात्रै थिएनन्, अन्य सदस्यहरु घरमै थिए । एउटा मोटरसाइकल पनि पार्किङ गरिउको र कोही पाहुना आएको तर, बिहाने र्फकेको केहीले दाबी गरेका छन् ।
तर, चार दाजुभाइकी एक्ली बहिनी र बाबु-आमाकी एक्ली छोरीलाई कसरी आफ्नै परिवारले जिउँदै आगो लगाए भनेर विश्वास गर्ने ? यो प्रश्न पनि कम जटिल छैन ।
हासमी बेलाबखत बाबुको घरमा छिर्थिन्
भारतमै एसएलीसम्म पढेकी १९ वर्षीया हासमी कहिले दाल या केही चिज माग्ने निहुँले आफ्नै घर सामुन्ने रहेको बाबु खानकोछाप्रोमा फुत्त छिर्थिन् । जिल्ला प्रहरी कार्यालय अगाडि हासमी परिवारको कस्मेटिक पसल थियो । वर्गीय धरातल हासमीको भन्दा आरोपी बाबु खानको केही कमजोर देखिन्छ । बाबु खानका बाबु छापाखानामा काम गर्छन् ।
हासमीमाथि आगो लाग्नुभन्दा दुई दिन पहिले हासमीका परिवारले बाबु खानलाई प्रहरी कार्यालयमा पुर्याएका थिए । अबदेखि हासमीसँग फोन, एसएमएस वा भेटघाट नगर्ने शर्तमा प्रहरीले उनलाई छाडेको थियो ।
स्थानीयवासीको तर्क
नगरकै एक स्थानीयले जिल्ला प्रहरी कार्यालय बर्दियामा परिवारका सदस्यविरुद्ध किटानी जाहेरी दिएका हुन् । जाहेरीपछि प्रहरीले शिवाकी आमा हसिना हासमी र दाजु शुद्ध हासमीलाई मंगलबार नियन्त्रणमा लिएको हो ।
शिवाको परिवार विरुद्ध जाहेरी दिएका स्थानीय आरिस अहमद राइनले भन्छन्- ‘शिवा र बाबु खानबीचको मोबाइल सम्ंवाद सुन्दा शिवाको हत्या बाबु खानबाट नभई परिवारबाटै भएको भन्ने लागेकाले किटानी जाहेरी दिएका हौं ।’
घटनाअघि बाबु खान र शिवाबीच भएको कुराकानीको मोबाइल रेकर्डसमेत प्रहरी कार्यालय र अधिकारकर्मीलाई बुझाएको दाबी राइनले गरेका छन् । तर, सो फोन सम्वादलाई प्रहरीले प्रामाणिक मान्ने आधार नरहेको भन्दै अस्वीकार गरेको छ । राइनका अनुसार फोन संवादमा शिवाले आफुलाई परिवारका सदस्यले मार्ने योजना बनाएको र परिवारबाट आफुलाई खतरा रहेको भन्दै आफुलाई तुरुन्त बिहे गरेर भगाउन अनुरोध गरेकी थिइन् । शिवाको भनिएको संवादको रेकर्ड उद्धृत गर्दै राइन भन्छन्-’मलाई दिनहुजसो घरकाले कुट्छन् । तिमीलाई पनि छाड्दैनौं भन्छन् । मलाई डर लागिरहेको छ । मेरो हत्या गरेर तिमी (बाबु खान) लाई फसाउने योजना बनाइरहेका छन् । तिमी मलाई लिएर भागी हाल ।’
शिवाको हत्या हुनुअघि प्रेमी बाबुबीच करिव १५ मिनेट मोबाइलमा सम्वाद भएको दाबी गरिएको छ । तर, कुन नम्बरको टेलीफोनबाट यो सम्वाद भएको भन्ने प्रमाण देखाउन नसकेसम्म यो संवाद बनावटी हो कि भन्ने प्रश्न स्वयं प्रहरीले नै उठाइरहेको छ ।
घटनाकी प्रत्यक्षदर्शी छिमेकी शिखा मण्डल आफू बिहान दाँत माझ्न धारामा गएका बेला शरीरमा दन्किइरहेको आगोसँगै कराउँदै घरभित्रबाट हासमी बाहिर निस्केको र आगोबाट बच्न घरको पर्खालअगाडि ढलमा लडेको बताउँछिन् । शिवा घरबाट बाहिर आँगनमा निस्कँदासम्म उनको शरीरमा आगो दन्किरहेको शिखा बताउँछिन् ।
त्यस्तै अन्सारी थरकी अर्की छिमेकी बिहानै घरको बीच कोठाबाटै आगोको मुस्लोसहित बचाऊ बचाऊ भन्दै हासमी बाहिर भागेको आफुले देखेको बताउँछिन् । उनी भन्छिन्- ‘अगाडिको ढोका बन्द थियो, त्यसैले उसको आवाज सुने पनि केही गर्न सकिँन । तर, उसका घरका मानिसहरु घरमै थिए । ऊ दौडेर घरपछाडिको हिलो खाल्टोमा खसेकी हो ।’
स्थानीयबासीहरु बाहिरको ब्यक्तिले शिवाको घरमा गएर आगो लगाउने अवस्था नभएको बताउँछन् । बाबु खानकी आमा बेबी खान र बहिनी सीमा खान घटना भएका बेलामा बाबु घरमै सुतिरहेको दाबी गरेका छन् । घरपरिवारकै मिलोमतोमा शिवालाई पेट्रोल छर्केर आगो लगइएको र हत्याको आरोपित बाबु खान निर्दोष रहेको भन्दै स्थानीयबासीले मंगलबार जिल्ला प्रहरी कार्यालय घेराऊसमेत गरे । स्थानीयबासीले हत्याको निश्पक्ष छानबिन हुनु पर्ने माग गरेका छन् ।
के भन्छ हासमी परिवार ?
हासमीको परिवारका सदस्य तथा शिवाका दाजु तनवीरले स्थानीयबासीहरुले पीडितलाई झनै पीडित बनाउन थालेको गुनासो गरेका छन् । उनले किटानी जाहेरीमा परेका भाइ रिजवानको राजनीतिक छवि सिध्याउन दुश्मनहरु लागेको अनलाइनखबरलाई बताए । वारेन्ट काटिएका रिजमान राप्रपा नेपालको भातृ संगठन युवक संघका केन्द्रीय नेता हुन् । पार्टीको कामका लागि भन्दै काठमाण्डौमा रहेकाले उनी प्रहरीको नियन्त्रणमा नआएको तनवीर बताउँछन् ।
दुबै कोणबाट अनुसन्धानहुँदैछ -प्रहरी
बर्दिया प्रहरी प्रमुख एसपी शाहले घटनाको दुबै कोणबाट अनुसन्धान भइरहेको बताए । उनले भने, ‘हामी अनुसन्धान गर्दैछौं । जो कोही भए पनि दोषी उम्कन पाउँदैनन् ।’
घटनाको िनस्पक्ष छानबिन हुनुपर्छ
Well-loved. Like or Dislike:
39
0
[जवाफ फर्काउनुहोस्]
lala ramro kam garnu hola dai
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
Apradi lai findout gare ,very hard punished garnu parcha .
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
mero bichar paribar ko milemato ma nai hunu parchha ghatana
Like or Dislike:
5
2
[जवाफ फर्काउनुहोस्]
Hatyra ko nispachhya chhanbin hunaparx
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
ghatana padda dosi hasim kai pariwar hoki vanne jasto lag6 tar jo vayapani nispakkhya hunupar6.
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
Yo Ta Ati Vo Yar……All the best Police Di…. U all are Great… We trust on your investegation…
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
Oh! God… What kind of Famely mamber these are…. I Hate them….
All the best for our Police Force to find out the Truth….
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
mero bichar ma hasmi ko pariwar le nai lagayako hunu par6,bcoz love is always true…….
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
yo ghatanako prakriti huda pakkai babule hoina gharka sadhasyelai nai hasmilai aago lagayeko hunu parchha so nispakchhye chhanbin hos doshilai kada bhanda kada karbaahi hunuparchha
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
According to me..Hasmi family should be the killer of Siva hasmi…..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
jiudai aago lagaunu kaha samma ko aparadh ho ? ghatana ko nishpakxa xanbin gari dosi lai pani tesai gari aago lagainu parxa.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
घटनाको िनस्पक्ष छानबिन हुनुपर्छ………..?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
घटना को निष्पक्ष छानविन हुनु पर्छ .
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
घटनाको िनस्पक्ष छानबिन हुनुपर्छ………..?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
घटनाको िनस्पक्ष छानबिन हुनुपर्छ
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
a heley samma ko samachar haru ko bisleysan herda ghatana pariwar kai milemato ma ghate jastolagcha je hos 10jana aparadhi umkiyos tara 12 jana nirapradhi lai sajayanahos
ghatana konispache chanmin hos
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]