एनडीएफ युकेको आठौं बर्षगाँठ मनाइयो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

एनडीएफ युकेको आठौं बर्षगाँठ मनाइयो

लण्डन । नेकपा एमाले निकट नेपाली लोकतान्त्रिक मंच(एनडीएफ) बेलायतको स्थापनाको आठौ बर्ष गाँठ डिसेम्बर २० तारिखमा एक समारोहकाबीच एभरेस्ट रेस्टुरेन्ट ह्यारोमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष दिनेश घिमिरेले सभापतित्व ग्रहण गर्दै प्रजातन्त्र, शांति, मानबअधिकार तथा नेपालमा हुने सामाजिक तथा राजनितिक आन्दोलनमा येक्यबद्दता जाहेर गर्नुभयो । बेलायतबासी नेपालीहरुका बिच काम गर्दै आएको यस संस्थाले अबका दिनहरुमा नेपाली हरु को नेपाली सममुदायलाई बेलायतको सामाजिक जीबनसंग समायोजन गर्ने काममा लाग्नुपर्ने बताउनुभयो । बेलायत सरकारले गरेको बजेट बिनियोजनबाट प्रभाबित स्वास्थ,शिक्षा तथा बालबालिकाका लागि दिनुपर्ने सुबिधाहरू कटौती भएको सन्दर्भमा बिपक्षीहरुले गर्ने आन्दोलनलाई समर्थन गर्नुपर्नेमा उहाँको जोड़ थियो ।

कार्यक्रमलाई संबोधन गर्दै मुख्य अतिथि संस्थापक अध्यक्ष आङ्ग कल्जंग लामाले नेपाली लोकतान्त्रिक मंच बेलायतको राजनितिक एबम सामाजिक एकेबद्द्ता आन्दोलनहरुको संस्मरण गर्दै फेरी एकपटक समाज सचेतनको कार्यक्रम गर्नुपर्ने कुरामा जोड़ दिनुभयो।

उक्त कार्यक्रमलाई संबोधन गर्ने क्रममा नेपाली जनसम्पर्क समिति युकेका महासचिब शांताबिनोद लामिछानेले बिगतमा जस्तै नेपाली लोकतान्त्रिक मंच बेलायतसंग हातेमालो गर्दै लोकतंत्रको रक्षाका खातिर आन्दोलन गर्नुपर्ने बेला आएको बताउनु भयो। समाजसेवी चिरन्जीबी ढकालले नेपाली लोकतान्त्रिक मंच बेलायतले लोकतंत्र प्राप्ति र यसको रक्षाको लागि गरेको योगदानको प्रसंसा गर्दै आगामी दिनहरुमा गरिने हरेक कार्यक्रम हरुको सफलताको शुभकामना दिनु भयो।

एनआरएन युकेका महासचिब रामशरण सिमखडाले नेपालमा भैरेहेको राजनितिक अन्योलको शीघ्र निकाशको कमाना गर्दै नेपाली लोकतान्त्रिक मंच बेलायतको आठौ बर्ष गाँठ को उपलक्ष्यमा सुभकामना ब्यक्त गर्नुभयो। बेलायती मर्क्सबादी चिन्तक तथा स्थानीय लेबर पार्टीका नेता स्टीभ फरेस्टले बेलायती सरकारले गरिरहेको सुबिधा हरुको कटौतीका आवाज बुलन्द गर्नुपर्ने आबस्यकता मथि प्रकाश पार्दै बिभिन्न बिभेदकरी निति बिरुद्ध एकजुट भई आफ्नो हक तथा अधिकार का निम्ति अग्रसर हुन अब्हान गर्नु भयो।

एन आर एन यु के का अध्यक्ष कुल आचार्य समेतको उपस्थिति रहेको कर्यक्रममा रीडिंग नेपाली समाजका महासचिब नारद भंडारी, हेल्पिंग ह्यांड्स हंस्लोका अध्यक्ष रामजी बराल, एन डी एफ का क्षेत्रिय अध्यक्षहरु शशि पौडेल तथा दाशुराम पाण्डे तथा जनसम्पर्क समितिका बिजन भट्ट तथा शिव तिमिल्सिना लगायत भिभिन्न नेता तथा कार्यकर्ता हरुको उपस्थिति रहेको थियो।

एनडीएफ युकेका महासचिब राजेन्द्र पुडासैनीबाट सञ्चालित कर्यक्रम लाई उपाध्यक्ष सुरेन्द्र थपलियाले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो भने अर्का उपाध्यक्ष रबिन्द्र कणेल ले कार्यक्रम मा उपस्थित सबै लाई धन्यवाद ज्ञापन गर्नु भएको थियो। नेकपा एमाले संग निकट सम्बन्ध राख्ने यस संस्था को कार्यक्रम सफल तुल्याउन रीडिंग, केंट, वेस्ट लन्डन, साउथ ईस्ट लन्डन र नर्थ वेस्ट लन्डन बाट ठुलो संख्याको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु