अष्ट्रेलियाको भिक्टोरिया सरकारबाट शर्मा सम्मानित :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

अष्ट्रेलियाको भिक्टोरिया सरकारबाट शर्मा सम्मानित

मेलवर्न । भिक्टोरिया सरकार अन्तर्गतको भिक्टोरिया मल्टिकल्चरल कमिसनले भुटानी समाजसेवी परशुराम शर्मा लुइटेल र नेपाली समाजसेवी सुधीर शाक्यलाई सम्मान गरेको छ ।

दश बर्ष भन्दा बढि समाजसेवामा लागिरहने व्यक्तिहरुलाई यो सम्मान दिइन्छ । शर्माले यो सम्मान दोस्रो पटक पाएका हुन् । २०१० मा पनि उनलाई सो विधामा सम्मान गरिएको थियो ।विशेष कार्यक्रमका विच भिक्टोरियाका प्रिमियर टेड बेइलीले मंगलबार शर्मा र शाक्यसहित अरु समाजसेवीलाई सम्मान गरेका हुन् ।

सो अवसरमा बोल्दै बेइलीले आफ्नो समुदायमा सकारात्मक अवसरहरु सृजना गर्न र समग्र भिक्टोरियन समाजका लागि दिएको योगदानको कदर स्वरुप यो सम्मान दिइएको बताए ।

हाल भिक्टोरिया प्रहरीको नयाँ समुदायका लागि लायजन अफिसरको रुपमा कार्यरत शर्माले झण्डै दर्जन जति सामाजिक संघ-सँस्थामार्फत सामाजिक उत्थानका लागि काम गरेका छन् । त्यस्तै सोलाङ्चर नामक संस्था खोलेर व्यापारमा संलग्न शक्यले पनि अनगिन्ति सामाजिक काममा हात हालेका छन् ।

तेस्रो मुलुक पुनर्वास अन्तर्गत अष्ट्रेलिया आएका भुटानी समुदायलाई मेल्बोर्न, हुदुंगा र अब्रुइ क्षेत्रमा बसोबास गराउन शर्माले महत्वपूर्ण भुमिका निभाएका थिए ।

5 Comments on “अष्ट्रेलियाको भिक्टोरिया सरकारबाट शर्मा सम्मानित”
  • केशव लुइँटेल (कमल ) wrote on 23 December, 2012, 12:43

    मेरा आदरणीय दाजु परशुराम शर्मा लुइँटेलले अस्ट्रेलिया जस्तो विकाश सम्पन्न देशमा रहेर २ दशक भन्दा अगिदेखी आफ्नो स्वदेश बाट निर्वासित भएका भुटानी दाजु भाइ प्रति गरेको कर्तव्य लाइ हामि समग्र नेपाली हरुले गर्व गर्ने कुरा हो साथै वाहाले यो गरिमामय सम्मान प्राप्त गर्नु भएको मा हार्दिक शुभकामना ब्यक्त गर्दछु / मेरा दाजु को यो सफलता प्रति मैले गर्वगर्नु सायद स्वाभाविक हो तर आम नेपालीका लागि यो सफलता अत्यन्त महत्वपुर्ण छ बधाई छ दादा हजुरको प्रगति सदैव हिमालय जस्तो उच्च र अटल रहोस /

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • pravash luitel son of keshav luitel wrote on 23 December, 2012, 12:51

    comgrts thulo baba

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • pradakshina luitel daughter of keshav luitel wrote on 23 December, 2012, 12:56

    congratulation thulodad we all are very happy for your sucess
    once again congratulation

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • सरिता लुइँटेल पत्नी केशव लुइँटेल wrote on 23 December, 2012, 13:03

    आदरणीय दादा को यो सफलता र सम्मान प्रति हार्दिक शुभकामना ब्यक्त गर्दछु भगवानले हाम्रो लुइँटेल परिवार कै कुलभूषण दादा लाइ सदैव हजारौ सम्मान सफलता प्राप्त होस् —-बुहारी सरिता लुइँटेल

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    parshuram budhathoki Reply:

    सफलता र सम्मान प्रति हार्दिक शुभकामना ब्यक्त गर्दछु .

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु