मधेसी मोर्चाले अघि सार्‍यो ९ बुँदे शर्त :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

मधेसी मोर्चाले अघि सार्‍यो ९ बुँदे शर्त

'चुनाव गराउन नसके प्रधानमन्त्री स्वतः पदमुक्त'

७ पुस, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्याकेजमा सहमतिका लागि ९ बुँदे शर्त अघि सारेको छ । मोर्चाको शनिबार सम्पन्न बैठकले पहिचान र समथ्र्यमा आधारित संघीयतावादी र संघीयता विरोधीहरुको द्वन्द्व नै अहिलेको प्रमुख द्वन्द्व भएको ठहर गरेको छ ।

मोर्चाले प्याकेजमा सहमतिका लागि अघि सारेको शर्तहरुमा विघठित संविधानसभाले गरेको सहमति, राज्य पुनःसंरचनासम्बन्धी समितिले तयार पारेको १४ तथा आयोगले तयार पारेको १० र अल्पमतको ६ प्रदेशको प्रस्तावलाई विवादकै रुपमा ग्रहण गरेर छलफल र अन्तिम निर्णयका लागि संविधानसभामा प्रस्तुत गर्नुपर्ने, संविधानसभाको कार्यकाल ५ वर्षको हुनु पर्ने र संविधान बनेपछि मात्र बाँकी अवधि संसद्मा रुपान्तरित गर्नुपर्ने र २०७० साल बैशाख मसान्तभित्र संविधानसभाको निर्वाचन सुनिश्चित हुनु पर्नेछ ।

यस्तै गत संविधानसभाको निर्वाचनका लागि तयार गरिएको मतदाता नामावलीमा अद्यावधिक गरेर दोस्रो संविधानसभाको निर्वाचन गराउनुपर्ने मधेसी मोर्चाको सर्त छ । प्याकेजमा सहमति भएपछि चुनावी सरकार गठनका लागि मधेसी मोर्चाले ३ विकल्प अघि पारेको छ ।

वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारलाई राष्ट्रिय स्वरुप दिने पहिलो विकल्पका रुपमा अघि सारेको मोर्चाले दोस्रो विकल्पमा संघीय लोकतान्त्रिक गणतान्त्रिक गठवन्धनका कुनै नेताको नेतृत्वमा सरकार गठनलाई दोस्रो विकल्पका रुपमा अघि सारेको छ । यस्तै प्रस्तावित प्याकेजका विषयमा सहमति भए चुनावी सरकारको नेतृत्वको अन्य विकल्पमा पनि छलफल गर्न सकिने मधेसी मोर्चाको तेस्रो विकल्प छ ।

मधेसी मोर्चाले प्याकेजमा सहमतिपछि बन्ने राष्ट्रिय सहमतिको सरकारले तोकिएको समयमा चुनाव गराउन नसके प्रधानमन्त्री स्वतः पदमुक्त हुने संवैधानिक व्यवस्था गर्नु पर्ने सर्त अघि सारेको छ ।

यस्तै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, सहमतिका आधारमा संवैधानिक अंगहरुमा पदपूर्ति गर्ने र संविधानसभामा प्रत्यक्षतर्फ रहेको २ सय ४० सिटलाई कायमै राख्दै समानुपातिकको संख्या सहमतिका आधारमा तोक्नु पर्ने मधेसी मोर्चाको शर्त छ ।

16 Comments on “मधेसी मोर्चाले अघि सार्‍यो ९ बुँदे शर्त”
  • Just (Chitwan) wrote on 22 December, 2012, 8:26

    संविधानसभाको कार्यकाल ५ वर्षको हुनु पर्न? Yo Man Parana Madishe Vanauda Haaruko.

    Like or Dislike: Thumb up 23 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • milan wrote on 22 December, 2012, 8:38

    निर्बचन गर्न त सकेर हो पद माँ बसि राखेको ?..नहीतो इंडिया बनजयागा नेपाल ….

    Like or Dislike: Thumb up 15 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

  • Pappu kumar pal wrote on 22 December, 2012, 8:39

    Madhesi morcha lai pad;khursi chaheko ho;mantripad paunebitikai harek kura bhulxa

    Like or Dislike: Thumb up 9 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • suman wrote on 22 December, 2012, 8:43

    lala nirbachan bata sakhap garnu parchh kangress yamale lai natara 1 madhes prades lagu nai hudaina hoina ta?
    ahile satta jasle lin6 tehi dal ko jit hun6 tehi bhaya satta ko nimti yo ladai kahile samma ?

    Like or Dislike: Thumb up 1 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

  • Dssu Ram Parajuli wrote on 22 December, 2012, 9:07

    The time for Constituent Assembly’s tenure 5(continuing) + 5 =10 yrs, historic ? Wah ………. What a dramatic condition put forth !!!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • palak wrote on 22 December, 2012, 9:07

    nepal ma sanghiyata ko kaam 6aina,chup madhise ho.timiharu ko taal aarkai 6.sabai nepali le bhujheka 6n.

    Like or Dislike: Thumb up 6 Thumb down 11

    [जवाफ फर्काउनुहोस्]

  • Bhim lamichhane wrote on 22 December, 2012, 10:12

    Madhesi morchako mag pani jayaj ho vannu par6. Sakvar baburam ko sarkar lai nai rastriya sarkarma parinat garnu par6.

    Like or Dislike: Thumb up 4 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

    Raj Reply:

    yo chahi baburam ko bafadaar kukur nai rahe6…..j vane ni hun6 re……..andho bhakt baburam ko…..!!!!

    Like or Dislike: Thumb up 2 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • prem wrote on 22 December, 2012, 10:42

    जब सम्म संघियता को आवाज लाई खुल्ला फराकिलो मन ले स्विकरिन्न तब सम्म मेल मिलाप , सहमति शान्ति र बिकाश हुन सक्दैन । यतार्थ यो हो कि, दिनानु दिन मधेसी र जनजाती को आवाज बढ्दै छ ।
    आज संघियता को आवाज नेपाल को कुना कुन्न गाउ गाउ सम्म छाइसकेको छ, कि यो यथार्थ लाइ स्विकर्नुस कि मधेसी र जनजाती को आवाज लाई दमन गरेर पोलियो को उन्मुलन गरे जस्तै निमाटण्या पार्नुस । सक्नु हुंछा ???
    मधेसी ले आज सरकार नछोड्ने भनेर सर्त राख्दा, ति सर्त हरुको गहिरिएर विचार नगरी, भारती र सराती भन्ने हाम्रा साथी हरुको कमेन्ट हेर्दा, हामी कति सयम छौ , कति उदार बादी छौ – प्रस्ट हुन्छ ! येही किसिमको तपाई हार्मो अनि नेता हरु को चरित्र नै अहिले को समस्या हो !

    Like or Dislike: Thumb up 13 Thumb down 9

    [जवाफ फर्काउनुहोस्]

    Raj Reply:

    this is not fight about making different state of Nepal…..this is about….they want to free to from law….they want to became a king of there society….garne ho vane desh ko lagi state banaunai par6 vanne 6ain…..!!!!!!

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Laajneta ji wrote on 22 December, 2012, 10:44

    मधेश त खायौ खायौ अब पहाड़ खाने दाऊ नगर

    Like or Dislike: Thumb up 9 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

    Dhruba Narayan Yadav Reply:

    Ahile samma desh kasle khayo ? Pahade le haina ? Laj lagdaina Nepal le India lai Corruption ma pachhadi pareko dekhda ?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • devendra wrote on 22 December, 2012, 14:17

    sattama tikirahane bahana.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bhoj raman wrote on 22 December, 2012, 21:41

    भुत्रो को पाच बरस ? गर्ने भये पाच दिन माँ सहमति गरेर देखा अनि तू संबिधान बना ,नत्र तिमिहरुलाई पाच बर्स ता के पाच मीनेट पनी पाल्न सक्दैन यो देशले !

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Sunil gupta wrote on 23 December, 2012, 8:29

    Plzz hami nepali ho ra nepal hamro ho bhanne bhawana bokera matr samridh nepal ko nirman garna sakincha natra u madhesi u nepali bhanema ta ek arka ko dusman matr bhaencha plzz think about your self

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • SHANT wrote on 23 December, 2012, 16:30

    Madishe r Pahare ka kura garne haru….Aa Afno comment garda dhyan dier matrai afno comment rakhne pryash garau….

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु