निगमको टयाङ्करबाट तेल चोर्ने पक्राउ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

निगमको टयाङ्करबाट तेल चोर्ने पक्राउ

७ पुस, मोरङ । विराटनगर उपमहानगरपालिका-५ स्थित नेपाल आयल निगमको टयाङ्करबाट डिजल र मट्टीतेल चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा विराटनगर-५ का गोपी राजवंशी र सुनसरी औरावनी-६ बस्ने कृपालाल माझी रहेका छन् । उनीहरुलाई चोरी गरेको डिजल, मट्टीतेल बिक्री गर्दै गरेको अवस्थामा शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक शिव श्रेष्ठले बताउनुभयो ।

निगमको टयाङ्करबाट तेल चोरी भएको सूचना पाएपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले विराटनगर-५ का जिवस माझी र सोही ठाउँका कुमराह राजवंशीसँग पनि अनुसन्धान थालेको छ । जिवस र कुमराहको घरमा खानतलासी गर्दा अवैध रुपमा भण्डारण गरेर राखिएको २ सय २० लिटर तेल -इन्धन) साथै तेल राख्न प्रयोग गरेका ड्रम, तेल ओसारपसार गर्न प्रयोग गर्ने मोटरसाइकल एक थान, साइकल एक थान र तेल नाप्ने १० लिटर, पाँच लिटर र दुई लिटरका नापतौलका सामग्री र तेल निकाल्ने पाइपसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरु लामो समयदेखि निगमको टयाङ्करबाट तेल चोरेर बिक्री गर्ने गिरोह हुनसक्ने आशङ्कामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

2 Comments on “निगमको टयाङ्करबाट तेल चोर्ने पक्राउ”
  • krishna,wami maidan wrote on 22 December, 2012, 9:00

    yasto vaya pa6i ta nigamlai ghata nalagos ta aba sabai aase paselai pani samatnu par6

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • लाजनेता wrote on 22 December, 2012, 10:51

    तेल चोरने ले प्रहरी को गाड़ी लाई डिजेल नदियेर समातिएको हो की होइन भनेर कसले अनुसन्धान गर्ने नि

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु