बच्चासँग सँगै बसेर खानुहोस् :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

बच्चासँग सँगै बसेर खानुहोस्

बेलायती शोधकर्ताहरुका अनुसार परिवारसँगै बसेर भोजन गर्ने बच्चाहरुमा स्वस्थ भोजनको आदत बस्छ । शोधकर्ताहरुले भरसक बच्चाबच्चीसँग बसेर खाना खान अभिभावकलाई सल्लाह दिँदै बच्चाहरुको खानामा हरेक दिन फलफूल र सागपात समावेश गर्नुपर्ने पनि सुझाव दिएका छन् ।

परिवार सँग बसेर खाना खाने बच्चाले यस्तो सन्तुलित भोजन एक्लै खाने बच्चाले भन्दा बढि पाउने भएकाले त्यसले बच्चाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।

आमाबाबु र दाजु दिदीहरुसँगै बसेर खाँदा बच्चाले उनीहरुको खानपिनको राम्रो बानीव्यहोरा सिक्ने बताइन्छ । यो शोधका क्रममा लण्डनका विभिन्न ५२ विद्यालयका २४ सय जना बालबालिकाको खाने पिउने बानीका बारेमा सोधिएको थियो ।

त्यसक्रममा बुवाआमासँग बसेर कहिल्यैपनि खाना नखाने परिवारका बच्चाहरुको तुलनामा सधै बुवाआमासँगै बसेर खाना खाने परिवारका बच्चाहरुले दिनमा १२५ ग्राम बढि फलफूल तथा सागसब्जी बढि खान पाउँछन् । आमाबुवाले सागपात तथा फलफूल खाएको देखेर पनि बच्चाले यस्ता स्वस्थ खानेकुरा खाने बानी बसाल्छ ।

4 Comments on “बच्चासँग सँगै बसेर खानुहोस्”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु