हुम्लाको सुन्दरता (फोटो फिचर) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

हुम्लाको सुन्दरता (फोटो फिचर)

उपेन्द्र गुरुङ

७ पुस, हुम्ला । हुम्ला भन्नेवित्तिकै मानिसले चामलको अभाव हुने वा शिक्षामा पछाडि परेको जिल्लाका रुपमा लिन्छन् । तर, त्यतिमात्र होइन, सुन्दरता र जडीबुडीले पनि हुम्लालाई चिनाएको छ । हिन्दुहरुको प्रमुख तीर्थस्थल मानिने मानसरोवरको प्रवेशद्वार पनि हो हुम्ला । तर, यसको उचित सदुपयोग हुन नसक्दा जति फाइदा लिनु पर्ने हो, त्यति लिन सकेको छैन । नेपालीमा एक उखान छ, माल पाएर के गर्नु चाल नपाएपछि भन्नेे उखान चरितार्थ हुन्छ हुम्लाको सांस्कृतिक, प्राकृतिक सौन्र्दयलाई राज्यले वेवास्ता गरेको देख्दा ।

हुम्लाको सदरमुकामलाई राज्यको सबैभन्दा अग्लो स्थानमा रहेको सदरमुकाम मानिन्छ । समुद्री सतहबाट २ हजार ९ सय मिटरमा उचाइमा अवस्थित छ हुम्लाको सदरमुकाम सिमीकोट । बर्षभरिमा चार महिना (मसिर, पौष, माघ र फागुन) हुम्लामा अत्यधीक चिसो हुनुका साथै हिऊँ पर्ने भएकाले यहाँका मानिसहरु चिसो छल्न सुर्खेत तथा नेपालगन्ज झर्ने गर्दछन् । पहिला-पहिला हुम्लाको एयरपोर्टको धावनमार्ग कालोपत्रे नहुँदा मसिर महिनामै हवाइजहाज कमै मात्रामा जाने गर्दथ्यो तर अहिले धावनमार्ग पक्की भएका कारण त्यति साह्रो गाह्रो छैन । हुम्लाका स्थानीयवासी अहिले विस्तारै विस्तारै चिसो छल्नलाई सुर्खेत र नेपाजगन्ज झर्ने क्रम जारी रहेको छ ।

हुम्लामा हवाई मार्गबाहेक पैदल जानका लागि कालिकोटसम्म बस र त्यहाँबाट कम्तिमा एक हप्ताको पैदल यात्रा पश्चात् मात्र पुग्न सकिन्छ । हवाइ सेवा पनि त्यति भरपर्दो नहुनुका साथै हवाइ भाडादर निकै महंगो भएका कारण पर्यटकको आगमनमा कमी भएको तर्क गर्छन्, हुम्लाका पर्यटन व्यवसायीहरु । यदि हवाई सेवा नियमित हुने र हवाइ भाडादर केही कम भएमा हुम्लामा पर्यटकको संख्यामा बृद्धि हुनुमा साथै हुम्लाको विकासमा समेत टेवा पुग्ने उनीहरुको भनाइ छ । हुम्लाको विकासका लागि त्यहाँ धेरै एनजिओ र आएनजिओ पनि छन् । तर, तिनीहरुले पनि सोचेको जस्तो काम नगरेका कारण हुम्लाको विकास पछि परेको उनीहरुको तर्क छ ।

हुम्लमा बर्षेनी १ हजार ५ सय जति पर्यटहरुले पाइला टेक्ने गर्छन् । तिनीहरुमध्ये १ हजार भारतीय पर्यटक हुन्छन् भने ५ सयजति अन्य मुलुकका । हुम्ला जिल्लामा मानसरोबर जाने प्रवेशद्धार भएका कारण भारतीय पर्यटकको आगमन उल्लेखनीय भएको हो । यदि यसलाई अझ व्यापक प्रचार-प्रसार तथा हवाइ यातायातको व्यवस्था राम्रो गर्न सकेमा हुम्लामा आउने पर्यटक उल्लेखनीयरुपमा वृद्धि हुने अनुमान लगाउन सकिन्छ ।

21 Comments on “हुम्लाको सुन्दरता (फोटो फिचर)”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु