माओवादीको बैठकमा प्रचण्ड र सुशीलबारे दुईमत :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

माओवादीको बैठकमा प्रचण्ड र सुशीलबारे दुईमत

संघीयता र चुनाबमा सहमति भए सरकार छाड्ने-प्रवक्ता

७ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले राजनीतिक सहमतिका लागि ३ बुँदे म्यान्डेटसहित केन्द्रीय कार्यालयलाई अधिकार हस्तान्तरण गरेको छ । बैठकमा भावी प्रधानमन्त्री सुशील कोइलालाई बनाउने कि प्रचण्डलाई बनाउने भन्नेबारे मत बाझिएको छ ।

संघीयता, धर्मनिरपेक्षता र समावेशी जस्ता आन्दोलनका उपलब्धीलाई छाड्ने गरी सम्झौता नगर्ने र राजनीतिक सहमति गरी बैसाखमा चुनाव गर्ने शर्तमा सहमति खोज्नेगरी केन्द्रीय कार्यालयलाई म्यान्डेट दिएको छ ।

शनिबारको बैठकमा ३५ जना नेताहरुले आफ्नो धारणा राखेका थिए । बैठकमा बोल्नेमध्ये भट्टराई पक्षले आफ्नै पार्टीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने बाबुरामको प्रस्तावको समर्थन गरेका छन् । शुक्रबारबाट सुरु भएको बैठकमा प्रधानमन्त्री भट्टराईले आफ्नो नेतृत्वमा सहमति नजुटे प्रधानमन्त्रीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नु भएको थियो ।

प्रचण्ड पक्षले भने बाबुराम सरकारले राष्ट्रघात गरेको आरोप लगाउँदै कांग्रेसलाई नेतृत्व दिनुपर्ने तर्क राखेको बैठकमा सहभागी एक नेताले अनलाइनखबरलाई बताएका छन् । प्रचण्ड संविधानसभाको निर्वाचन सुनिश्चित गरेर कांग्रेस सभापति सुशीललाई सरकारको नेतृत्व दिने पक्षमा हुनुहुन्छ । ‘वैशाख मसान्तमा संविधानसभाको निर्वाचन र पहिचान र सामथ्र्यका आधारमा संघीयतामा जाने सुनिश्चित हुन्छ भने कांग्रेसको नेतृत्व स्वीकार गर्न सकिन्छ’ बैठकपछि पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाटमा प्रवत्ता सापकोटाले भन्नुभयो-’मुख्य कुरा एजेण्डा हो, सरकार होइन ।’

बैठकमा कसले के भने ?

बैठकमा बोल्ने क्रममा बाबुरामनिकट टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, भीमप्रसाद गौतम, प्रभु साह र सोनाम साथीले भट्टराई सरकारमा सहमति हुन नसके पार्टी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा राख्नुभयो । प्रचण्ड पक्षीय गोपाल किराती (साइला)ले पनि सुशीललाई कुनै पनि हालतमा प्रधानमन्त्री बनाउन नहुने बताउनु भयो ।

अर्कातर्फ कृष्णबहादुर महराले बाबुरामको कडा आलोचना गर्दै कांग्रेसलाई सरकारको नेतृत्व दिनुपर्ने बताउनु भएको छ । पार्टी प्रवक्ता अग्नि सापकोटा, नेताहरु जनार्दन शर्मा, चन्द्रदेव खनाल लगायतले आफ्नो पार्टीको सरकारको आलोचना गर्दै कांग्रेसलाई नेतृत्व दिनुपर्ने बताएको बैठक स्रोतको दाबी छ ।

भट्टराई र प्रचण्ड पक्षी नेताहरुको मत बाझिएपछि निर्णय गर्ने जिम्मा शीर्ष चार नेतालाई दिइएको छ । ‘नेताहरुबीच चर्काेरुपमा मत बाझिए पनि राजनीतिक एजेन्डाहरु नछाड्ने र बैसाखमा चुनाव गर्ने गरी सहमति गर्ने जिम्मा केन्द्रीय कार्यालयलाई दिएको छ । एजेन्डा छाडेर सहमति नगरिने बैठकको म्यान्डेट छ ।’-स्रोतले अनलाइनखबरसँग भन्यो ।

प्रचण्डले ‘हुन्न’ भनेनन्

बाबुराम भट्टराई पक्षका नेताहरुले प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेपछि जवाफ दिने क्रममा पार्टी अध्यक्ष प्रचण्डले ‘साथीहरुले मप्रति शदासयता त देखाउनुभयो, तर अरुले मान्छन् या मान्दैन््न्’ भनेर संशय व्यक्त गरेको स्रोतको कथन छ । स्रोत भन्छ- ‘वहाँले म हुन्न भन्नुभएन, तर अरुले मान्ने या नमान्नेमा दुविधा प्रकट गर्नुभएको छ ।’ भट्टराईनिकट एक नेताले अनलाइनखबरसँग कुरा गर्दै भने- ‘आफ्नै नेतालाई राष्ट्रघाती देख्ने अनि कांग्रेसका सुसील कोइरालालाई चाहिँ क्रान्तिकारी र राष्ट्रवादी देख्ने साथीहरुको चाला देख्दा हामीलाई दुख लागेको छ ।’

निर्णय अझै अस्पष्ट

सरकार गठनका विषयमा पार्टी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री डा. भट्टराईवीच फरक-फरक विचार देखापरेपछि यसलाई टुङ्याउन एमाओवादीले केन्द्रीय पदाधिकारी, पूर्व स्थायी समिति सदस्य तथा राज्य ब्यूरो प्रमुखहरुसहितको विस्तारित बैठक डाकेको थियो । तर, यो विस्तारिक बैठकले ठोस निर्णय गर्न सकेन । न भट्टराईले भने जस्तो वर्तमान सरकारमा कांग्रेस-एमाले आउनु पर्ने कर्डा सर्त राखन सक्यो न प्रचण्डले चाहेको जस्तो कोइरालालाई सत्ता सुम्पने ठोस निर्णय नै गर्‍यो ।

एमाओवादीले भट्टराई सरकारलाई सहमतिको स्वरुप दिन प्रयत्न गर्ने, सो हुन नसके गठबन्धनभित्रबाट विकल्प खोज्ने र त्यसो हुन नसके विकल्पबारे छलफल गर्ने तर राजनीतिक एजेन्डा छाडेर सहमति नगर्ने अडान राखेको थियो । पार्टी र गठवन्धनको सर्त विपक्षीले नमानेपछि प्रचण्ड वैशाखमा चुनाव सुनिश्चित गरेर कोइरालालाई सत्ता छाड्न सकारात्मक देखिएपछि भट्टराईले चर्को विरोध गर्नु भएको थियो । उहाँले शर्त पूरा नगरी आफूलाई हटाउने हो भने पार्टीबाट निर्णय गरेर ल्याउन प्रचण्डलाई चुनौती दिनु भएको थियो ।

28 Comments on “माओवादीको बैठकमा प्रचण्ड र सुशीलबारे दुईमत”
  • Sarbahara wrote on 22 December, 2012, 11:14

    फेरी यिनिहरुको अर्को नाटक !! भैंसीलाई जती सुकै Fair & Lovely लगाए पनि गाई बन्दैन र बाबुरामलाई जतिसुकै सहमतिको पाठ पढाए पनि सत्ता छोड्दैन !

    Well-loved. Like or Dislike: Thumb up 86 Thumb down 38

    [जवाफ फर्काउनुहोस्]

    Raj Reply:

    बाबुरामले देश भन्दा कुर्सी र भारत प्यारो छ भन्ने देखाई रहेको छ …….यति गर्दा पनी मान्छेहरु बुझ्दैनन भने तिनिहरू भेडा हुन …….बाबुरामले जती नराम्रो काम गरे पनी कस्ता अन्धा भक्तहरु छन कांग्रेश न भएको भए मदेशीहरु संग मिलेर अहिले सम्म नेपाल लाइ भारतमा गाभिसक्या हुन्थ्यो !!!!!!!

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 39 Thumb down 39

    [जवाफ फर्काउनुहोस्]

    neerose Reply:

    भेडा तिनीहरू हो की तै होस नी! आफैलाई एक पटक हेरी बुझे हुन्छनी भेडा हुँ होईन भनेर!
    किन छाड्ने सरकार बाबुरामले?
    बाबुरामलाई छोडायर कसलाई किन सरकार दिने?
    एउटा बैधानिक सरकार सम्हालेको ब्यक्तिलाई कसैको प्रम हुने रहर पूरा गर्न किन हटाउने? आनि एउटा बैधानिक सरकारलाई हटाउने सम्बैधानिक आधार के र तेस्को बिकल्पमा अर्को प्रम बनाउने सम्बैधानिक आधार के र तेस्को हैसियत के! यो जटिल र बिषम परिस्थितिमा पनि बाबुरामले भन्दा राम्रो कस्ले गरेको छ? अनि अब आउनेले गर्ने के छ? अनि तिनीहरूले गर्ने तर बाबुरामले नसक्ने के छ? बाबुरामले गर्न नहुने चाँही किन?
    सत्ताको लोभ त बाबुरामलाई होईन बरु कोइराला र तेस्का बथान आनि यहि माओबादिका कृष्ण बहादुर महरा र प्रचन्डका बथान हरू लाई छ! किनकी यहि सरकार र बाबुराम भएए तिनीहरूले केही पाउदैन तर शुशिल लाई बनाउन पाय मन्त्री सन्त्री भेटाउने थियो र भेटाउछु भनेर आफ्नै पार्टीको जनताले विश्वाश गरेको नेताको बिरुद्दमा खनियर कसैगरी पनि आफ्नै पार्टीको सरकार हटाइ बरु अर्कै पार्टीको नेता र त्यो पनि शुशिल (साच्ची कति छा योग्यत? थाहा नभयर सोधेको है)लाई नेत्रित्वो दिदै पिछालगु बन्न उध्धत्त छ!
    यस्तालाई थुक्क भन्नुपर्छ!

    Like or Dislike: Thumb up 3 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

    Raj Reply:

    यस्तालाइ भन्छन साच्चिकै भेडा…..बाबुराम को सरकार संबैधानिक रे…..के आधार छ बैधानिक हो भन्ने चुनाब जितेको म्याद त सकिसक्यो जेष्ठ १४ गते नै…अहिले कुनै पनि नेता, जनताले चुनेर पठाएको हैन….त्यहि भएर राजनीतिक सहमति बनाएर सरकार बनाउनु पर्छ ..भेडाहरु भन्या त जस्तै हो….केहि न बुझ्ने …जसले जहाँ भन्यो त्यसकै पछि लाग्ने बुझिस !!!
    बाबुराम ले PHD गर्या छ भन्दैमा उ चाही योग्य हुन्छ PM को लागि…..बाबुराम ले के के गरेको छ अब थाहा हुदै जान्छ भारतको लागि…..अनि मदेश लाइ भारत मा गाभ्न लाइ…..अब त प्रचण्ड ले बुझिस सक्यो…..काम गर्न सक्ने केहि हैन चुनाब गराउछु मंसिरमा चुनाब गरिहाल्यो…अब बैशाखमा नि गराउछु भनेर भुकिरहेको छ …….. !!!!!!!!!

    Like or Dislike: Thumb up 2 Thumb down 0

    Kiran Gurung, Bhaktapur Reply:

    Yo ta satpratisat sahiho, edi yo awasthama Congress ra UML nabhayako bhaye Nepal pranta rajjya bhaee sakthyo.

    Like or Dislike: Thumb up 5 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • लाजनेता wrote on 22 December, 2012, 11:17

    माओबादी लाई लाजनिती मा कसैले जित्न सक्दैन म्याद सकिने बेलामा फेरी अर्को सहमति अब म्याद थपिने गारेन्टी भयो र राष्ट्रपति ले घोषणा गर्न भन्दा पहिलेई मैले म्याद थपिएको घोषणा गरिदिए अब राष्ट्रपति को घोषणा नसुन्नुहोस धन्यबाद

    Well-loved. Like or Dislike: Thumb up 31 Thumb down 9

    [जवाफ फर्काउनुहोस्]

  • CHANDRA BANIYA wrote on 22 December, 2012, 11:18

    MAOBADI MA PANI DSH BHAKTI MAN RAHECHHAN YAR BHATTRAI LE RASTRAYAGHAT GARE KO KURA MEETING MA RAKHECHHAN THIS REALLY GREAT PERSON WHO LOVE OUR COUNTRY HE CAN AGAINST BHATTRAI NOW KO DESH DROHI BHARASTA PHATAHA BHANE KO BHATTRAI HO

    Like or Dislike: Thumb up 15 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

  • Jay Narayan Adhikari, Kaski wrote on 22 December, 2012, 11:21

    Keho esto, aafnai partyka netaharule Pradhan Mantrijeulai rastra ghati bhani lanchhana lagayaka holan? Ke Pradhan Mantri Baburam Bhattarai ayoggya ra rastraghatinai huntaa?

    Like or Dislike: Thumb up 15 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • sanu rai wrote on 22 December, 2012, 11:45

    ke kasailai pradhan mantri dida loktantra hune nirbachan pani hune jo loktantrik sarkar 6 tyo chahi kasari aloktantrik ra abaidhanik? nachhod baburam satta

    Like or Dislike: Thumb up 2 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • milan wrote on 22 December, 2012, 11:51

    माओबादी लाई लाजनिती मा कसैले जित्न सक्दैन म्याद सकिने बेलामा फेरी अर्को सहमति अब म्याद थपिने गारेन्टी भयो र राष्ट्रपति ले घोषणा गर्न भन्दा पहिलेई मैले म्याद थपिएको घोषणा गरिदिए अब राष्ट्रपति को घोषणा नसुन्नुहोस धन्यबाद

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • ran wrote on 22 December, 2012, 11:56

    yo sabai netako khel ho ki feri chunab ladera sabidhan ko mead thapne jantako aakhama xaro hane kam vai raheko x ximeki rastale afno desh micheko michaix palai palo netako kurshi line ra thorai thorai afno desh ximeki rastalai dine kam matra vayako yaha aru kehi pani hune wala xina aba desh khayo neta ra ximeki rastale janta haru kina chup xn???

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • ran wrote on 22 December, 2012, 11:59

    pardhan matri baburam rasteya ghati hoinan tra yaha banaiyako x baburamlai rastiya ghati ki sabai lai kurshi chaiyako x

    Like or Dislike: Thumb up 1 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • sushila wrote on 22 December, 2012, 12:32

    yestai ho bhane parchanda khabardar timi hau rastraghati ani samsodhanbadi congress ko lagauti

    Like or Dislike: Thumb up 0 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • shreepramod wrote on 22 December, 2012, 12:45

    prachanda lai pm ma bhattrai le sipharish garne mane sabai kam party lai sumpieko ho, baburam aphu party ko agenda bata nahatne tara party sabai le aphna agenda chhodema aphu le agenda chhodeko dosh naline naiho, yahasammako lachakta ma aru sathiharu le birodh garna ko kunai sahi adhar nabhera manko kuntha matrai bujhinchha, prachanda le pm samahlera susil lai hastantaran garun nata natra kina baburam lai party agenda biparit chalna ma dabab didai gaeko ?

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Tika Bajgai wrote on 22 December, 2012, 13:07

    Baburam Mai sahamati garnu parcha ra yahi sarkar Lai rastiya sarkar banaunu ramro huncha ahile ko lagi

    Like or Dislike: Thumb up 3 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • Yaduman Khadka wrote on 22 December, 2012, 13:31

    सुसिल कोईरलालाई प्रधानमन्त्री बनाउने हो भने, बाबुराम भट्टराईलाई नै सुसिल कोईरलाको माकुंदो लगाई दिऊ न सर्प मर्ने न लाठी भाचिने सबैको समस्या सुल्जिन्थ्यो कि ?

    Like or Dislike: Thumb up 6 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • Bhim lamichhane wrote on 22 December, 2012, 13:55

    Prachanda pagal vaya6. Afnai partyko nirnaya lai latyaera k garna khojdai6n. Vattrai rastraghati ani susil rastrapremi,krantikari ? Susilko udharo sahamati ma chunab vayana vane jawafdehi ko hune ? Partyko adan 6adera,dr vattrai lai rastraghati vanera tapai lai jantale manne kuro hudaina. Party ko adan anusar pm vattrai sanga milera baisakh ma chunab hune gari susil lai kursi dida jantale tapailai manne6n.

    Like or Dislike: Thumb up 0 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

    Raj Reply:

    go to hell
    party ko lagi sochne hain desh ko lagi sochne…….!!!!!!

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • devendra wrote on 22 December, 2012, 14:12

    yo ta noutangi bhayenra?

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Govinda wrote on 22 December, 2012, 14:28

    Yo Krishna Bahadur Mahara ra uska wariparika byaktiharu sarai Badmaas chhan. Yin lai nagyaunu parchha

    Like or Dislike: Thumb up 4 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • सूर्य लम्साल wrote on 22 December, 2012, 14:44

    यस्तो भद्रगोल हुने थाहा पाएकोभए हिजो को लाग्थे मावोबादिमा

    Like or Dislike: Thumb up 14 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • तिलक दानी wrote on 22 December, 2012, 16:04

    जस्को सिदा खान्छन् उसैको टपरो उठाउ छन्,यो नैतिकताकै कुराहो । अत:हामिले अरुको सिदा नखाएको नेतालाई प्रधानमन्त्री बनायौ भने मात्रै देसले राहत पाउछ,सिधाखाने नेताहरुबाट देश र जनताले सुख पाउदैनन् ।

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • रिवाज शर्मा wrote on 22 December, 2012, 17:13

    हास्यकलाकार प्रचण्ड र उनका हनुमानहरू

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • magar wrote on 22 December, 2012, 17:55

    NETA HARULAI 5 SAL SAMM PANI SAMAY PUGEN AABA MUKHAMA PATI BADER AAFANO AAFANO PARTI KARYALAY MA TALA LAGAYAR THUNNUPARCHHA SABAI JANTA MILER AABA JANTA YAK JUT HUNUPARCHHA ?????????

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • अर्जुन बस्नेत wrote on 22 December, 2012, 23:54

    नेपालको परीवेशमा आज एक कुशल शासकको जरुरत छ । बिगतका ४ बर्षमा धेरै प्रधानमन्त्री आए जनताले के पाए ? जसो तसो नहुनु भन्दा हुनु राम्रो भने झै बाबुराम सरकारले जे गर्दै छ आजको समयमा नेपालको माग हो यहाँ बहुदलिय भन्दा एक दलिय शान प्रणाली हुन जरुरी छ । त्यसैले बाबुराम जि जसरी हुन्छ २०-३० बर्षा शासन चलाएर नेपाललाई सम्रिद बनाउने तिर लग्नुस बरु यसको निम्ती कहिले मधेसबादिहरु सग कहिले बैध्य सग कहिले एमाले सग कहिले प्रजातन्त्र सग जरुरत परे ज्ञानेन्द्र सग शहकार्य गरेर पनि शासन नछोड राम्रो काम गर्दै जाउ राजनीतिमा पनि फस्ट नै हुने छौ

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Nabin pun wrote on 23 December, 2012, 1:17

    Dr.baburam kashsri rasta ghati kashari bhaye?kunai maikalalle sabut prman sahit bhanna saxa kukur haru arop lagauna paye bhandaema je pani bhanne?baburam bhanda sushil kashari krantikari bhaye unma jaduko chadi chara sabai kura samadhan bhai halne ? Yo sab mb ko rastiya mahadhibesanma dr.baburamlai shiddhaune khel matra ho rastako mul agendama sahamati bhaye pachi pm jo bhaye pani huncha

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    Kiran Gurung, Bhaktapur Reply:

    Mr. Pun ji, hami sojhasidha jantale dekheko ra suneko Baburam rastraghati esari hun, BIPA sandhi, TIA sandhi, Madhes sandhi, 15-20 hajar sojha sidha janta marnu, deshlai napunsak banaunu, deshma asanti banai rahanu, Nepali jantako isarama sarkar na chalayara India ka isarama sarkar chalaunu.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    Raj Reply:

    krantikaari hudain maa desh ko bhalo hudain….tyo thau maa pugn 15-20 hajar man6e mareko chh baburam le….baburam le deupa laai diyeko maag haru ahile aafu PM huda aafai pura garn sakdain…..k baburam ko nautanki ko pa6i lageko…yati kura bujhdai vaihal6 ni…..!!!!!!

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु