परदेशमा नसा लागेपछि यस्तो पनि भयो….. :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

परदेशमा नसा लागेपछि यस्तो पनि भयो…..

रामचन्द्र नेपाल

७ पुस, क्वालालम्पुर । नसाको तालमा के मात्र हुँदैन ? भनिन्छ, नसा लागेपछि मनको कुरा खोलिन्छ, हिम्मत आउँछ, तनाव कम हुन्छ । नशा अर्थात दारुपानीमा अम्बलीहरु यस्तै-यस्तै भन्छन । तर मलेसियामा भने नसाको तालमा झगडा गरेपछि तीन जना नेपाली श्रमिक प्रहरीको चिसो खोरमा वस्नु परेको छ ।

घटना क्वालालम्पुरवाट करीव चार घण्टा टाढा रहेको जोहोरवारु राज्यको पेकननासको हो । त्यहाँ दुई छुटटा-छुटटै कम्पनीमा काम गर्ने नेपाली श्रमिकहरु काम सकेर सधैँ जसो भेटघाट हुने गर्थे । दारुपानी खान्थे र रमाइलो गर्थे । नसाको तालमा एक दिन साथी भाईकै झगडा भयो र कुटाकुटसम्मको अवस्था आयो । आफुसंगै गएको साथीले कुटाई खाएको देखेपछि कुटाई खाने पक्षले प्रहरीलाई खवर गर्‍यो । तत्काल आएको प्रहरीले कुट्ने समुहका तीन जनालाई नियन्त्रणमा लिएर प्रहरी चौकीमा लगे । प्रहरी चौकिमा आफ्ना कामदारहरु परेको थाहा पाएपछि कम्पनीले पनि तिनै जनालाई थाहै नदिईकन नेपाल पठाउने तयारी गरिरहेको सहकर्मी छविलाल गिरीले वताएका छन ।

कुटाई खाएका एक नेपाली भने अस्पतालमा उपचार गराईसकेपछि होस्टलमा फर्किएका छन ।

 

One Comment on “परदेशमा नसा लागेपछि यस्तो पनि भयो…..”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु