७ पुस, सप्तरी । विद्यालयमा बालबालिकालाई कुनै किसिमको यातना दिन नपाउने आवाज विभिन्न पक्षबाट उठिरहेका बेला सदरमुकाम राजविराजस्थित एक विद्यालयका प्रधानाध्यापकले विद्यालयभित्रै एक छात्रलाई रुखमा बाँधेर निर्घात कुटपिट गरेका छन् ।
विद्यालयले दिएको गृहकार्य सक्याएर नल्याएको भन्दै राजविराजस्थित प्राइम होलिक्स बोर्डिङ स्कुलका प्रधानाध्यापक सञ्जयकुमार शर्माले कक्षा ६ मा अध्ययन गर्ने १२ वषर्ीय सन्दिपकुमार मण्डललाई विद्यालय हाताभित्रै रहेको रुखमा बाँधेर निर्घात कुटपिट गरेको पीडितका परिवारजनले बताएका छन् ।
प्रअको कुटाइबाट सन्दिपको जिउभरि नीलडाम परेको छ । प्रधानाध्यापकलाई आफूले गृहकार्य बुझाउन नसकेको भन्दाभन्दै पनि आफूलाई रुखमा हातखुट्टा बाँधेर कुटपिट गरेको पीडित बालकले बताएका छन् ।
आफ्ना छोरालाई चिसो मौसममा रुखमा बाँधेर निर्धात कुटपिट गर्ने प्रधानाध्यापक शर्मामाथि कारबाही गर्न सप्तरीको नर्घाे गाविस घर भई राजविराजमा डेरा गरी बस्ने हरि मण्डलले माग गर्नुभएको छ । स्थानीय शान्ति समिति सप्तरीका संयोजक मण्डलले बालबालिकालाई विद्यालयमा कुनै किसिमको यातना दिन नहुने व्यवस्था विपरीत आफ्ना छोरालाई मरणासन्न हुने गरी कुटपिट गर्ने शिक्षकमाथि कारबाहीको माग गर्नुभयो । रासस
Nepali type
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
yo sar lai pani tyasari nai badhnu parne ani thaha hola?
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
rukh ma badhera haina aaba rasile jhundyayera padaye ali ramro sanga bujthhe ki students le teacher pani kasta kasta kun jamanaka rahe6an kunni kasari padauda students le buj6an bhanne thaha chaina ki kya ho pahile pahile jasto sisnu pani lagayera, murga basna lagayera, kutera hune ho ra be carefull all nepali teacher….
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
It is better to punish 4 study but we should think about health also.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
khai k khai k kasto kasto manxele janma linxn sansar ma
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Ghar ko budhi ko ris pokhe ko hola, marsap le..
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
yesto master harulai majale pite ni hune ni student haru le ni k herera basira6n hau
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Yasto kutta lai ta jutako mala kalo moso dalera hidaunu par6
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]