सामूहिक बलात्कारको विरोधमा दिल्लीमा प्रदर्शन :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

सामूहिक बलात्कारको विरोधमा दिल्लीमा प्रदर्शन

७ पुस, काठमाडौं । बसमा युवतीको सामूहिक बलात्कारको विरोधमा भारतको राजधानी दिल्लीमा प्रदर्शन भएको छ । विहानैबाट राजपथमा जम्मा भएर युवा युवतीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

त्यसक्रममा प्रहरीले पानी छ्यापेर प्रदर्शनकारी भगाउन खोजेपछि झडप समेत भएको थियो । प्रहरीले असुर ग्यास तथा लाठी चार्ज समेत गरेको छ ।

प्रहरीको अवरोधका बीच ठूलो संख्यामा रहेका प्रदर्शनकारीहरु इण्डिया गेट पुगेका थिए । उनीहरुले केही इन्ट्री प्वाइन्ट समेत बन्द गरेका थिए । प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले लाठीचार्ज गर्दा झडप समेत भएको थियो । झडपमा केही घाइते भएको बताइएको छ ।

सरकारले भने शान्त रहन प्रदर्शनकारीहरुलाई अपिल गरेको छ । प्रधानमन्त्री मनमोहन सिंहले गृहमन्त्री सुशीलकुमार शिन्देलाई दिल्लीमा सुरक्षाको वातावरण बनाउन र बलात्कारको घटना दोहोरिन नदिन निर्देशन दिनु भएको छ । पीटीआईका अनुसार गहृमन्त्री शिन्दे आफैंले यो घटनाको अध्ययन गरिरहनु भएको छ ।

2 Comments on “सामूहिक बलात्कारको विरोधमा दिल्लीमा प्रदर्शन”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु