साइपाल र रुपिज फाइनलमा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

साइपाल र रुपिज फाइनलमा

७ पुस, काठमाडौं । साइपाल एकेडेमी र रुपिज इन्टरनेसनल तेश्रो टि्रनिटी ए लेभल अन्तरकलेज थ्री अन थ्री बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ शनिबार फाइनलमा प्रवेश गरेका छन् ।

५ टिम सम्मिलित गल्र्सको राउन्ड रविन लिगमा साइपालले सबै चार खेल जित्दै विजेताका रुपमा फाइनलमा स्थान पक्का गर्‍यो । साइपालले रुपिजलाई ५-२, ओरियन्टलाई १०-५, आयोजक टि्रनिटीको ‘ए’ टिमलाई ९-४ तथा टि्रनिटी ‘बी’ लाई १०-५ ले पराजित गर्‍यो । उपविजेता हुँदै फाइनल पुगेको रुपिजले टि्रनिटी ‘बी’ र ओरियन्टलाई समान २-१ को नतिजामा हरायो ।

ब्वाइजतर्फ रुपिज र टि्रनिटी ‘ए’ फाइनलमा प्रवेश गरे । डिल्लीबजारस्थित आयोजकको कोर्टमा भएको सेमिफाइनलमा रुपिजले ओरियन्टलाई १६-१३ तथा टि्रनिटी ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ११-५ ले पन्छाए ।

नेसनलको विजयी सुरुआत

नेसनल क्याम्पसले शहीद बेनोज स्मृति पाँचौं अन्तरकलेज -प्लस २) छात्र बास्केटबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा नेसनलले काठमाडौं भ्यालीलाई ४६-६ ले पराजित गर्‍यो । अनेरास्ववियु -क्रान्तिकारी), जिल्ला समिति काठमाडौंद्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा एडमार्कले बीएसटीलाई ३१-३०, सेन्ट लरेन्सले सिद्धार्थ कलेजलाई ३३-१३, पेन्टागनले सेन्ट जेभियर्सलाई २०-१८ तथा एलआरआईले ग्रमिण कलेजलाई ४२-९ ले पाखा लगाए ।

 टीआईए बास्केटबल भोलिदेखि

ठुङराम इन्टरनेसनल एकेडेमी -टीआईए) को आयोजनामा दसौं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ब्वाइजतर्फ २० र गल्र्समा १२ टिमको सहभागिता रहने शनिबार आयोजित पत्रकार सम्मेलनमा टीआईएकी प्राचार्य नीरा प्रधानले जानकारी गराइन् । दुवै समूहमा सहभागी टिमलाई चार/चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । हात्तीगौडास्थित आयोजककै कोर्टमा हुने प्रतियोगिताको फाइनल पुस १५ मा हुनेछ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु