न्यूयोर्क । नेपाली जन संपर्क समिति अमेरिका भर्जिनिया च्याप्टरको आयोजना कांग्रेसका नेता स्व. भीमबहादुर तामाङको १३ औं पुण्य तिथीको अवसरमा शोक सभा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली दूतावास अमेरिकाका उपनियोग प्रमूख अर्जुनकान्त मैनाली, कांग्रेस महासमिति सदस्य किरण लामा, अमेरिका नेपाल सोसाइटीका सभापति ठाकुर प्रशाद पुडासैनी, समाजसेवी डिगबहादुर तामाङ लगायतले स्व. तामाङको ब्यक्तित्व र संघर्समय जीवनका बिबिध पक्षमाथि प्रकाश पार्नु भएको थियो ।
च्याप्टर का उपसभापती राम शरण हुमागाइको सन्चालन र केशव बरालको सभापतित्वमा सम्पन्न भएको श्रद्धान्जली कार्यक्रममा बिभिन्न सामाजिक संघ संस्थाका पदाधिकारी, संचार माध्यमका प्रतिनिधि तथा उपस्थित सम्पूर्ण महानुभावहरुले तामाङको तस्वीरमा माला फूल र खादा चढाएर श्रद्धान्जली ब्यक्त गर्नु भएको थियो ।