७ पुस, काठमाडौं । आर्सनल इङ्ग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।
शनिबार भएको खेलमा विगानलाई १-० गोल अन्तरले पराजित गर्दै आर्सनल कम्तिमा केही घण्टाका लागि तेस्रो स्थानमा उक्लिएको हो । जितपछि आर्सनलको १८ खेलबाट ३० अंक भएको छ । २९ अंकका साथ पाँचौ स्थानमा रहेको टोटनहृयामले स्टकसँग खेल्दैछ ।
निकै प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोल गर्ने केही राम्रा मौका गुमाएका थिए । खेलको ६० औं मिनेटमा पाएको पेनाल्टीमा आर्सनलको मिकेल अर्टेटाले गोल गरे ।