७ पुस, बागलुङ । बागलुङमा मासिक रु ५० करोड रेमिटयान्स भित्रिने गरेको छ । देशभरका जिल्लामध्ये रेमिटयान्स बढी भित्रिने जिल्लामा बागलुङ पहिलो रहेको नेपाल राष्ट्र बैंकले केही महिनाअघि सार्वजनिक गरेको तथ्याङ्कले देखाएको थियो ।
नेपाल बैंक लिमिटेड बागलुङका प्र्रबन्धक विष्णु सुवेदीका अनुसार बागलुङमा १५ वित्तीय संस्थाले रेमिटयान्सको कारोबार गरिरहेका छन् । प्रत्येक वित्तीय संस्थाले मासिकरूपमा रु एक करोडभन्दा बढीको कारोबार गर्ने गरेका छन् । कहिलेकाहीँ एकैदिनमा करोडौँको रेमिटयान्स कारोबार हुने गरेको सयपत्री मनी ट्रान्सफरका प्रबन्धक हीरा पौडेलले बताउनुभयो ।
विदेशमा रहेका नेपालीले बढीजसो आइएमईमार्फत् पैसा स्वदेश पठाउने गरेको पौडेलको भनाइ छ । रोजगारीका लागि विदेश पुगेका नेपालीको कमाई देश भित्रिए पनि त्यसको सही सदुपयोग हुन नसकेको नेपाल बैंकका प्रबन्धक सुवेदीले बताउनुभयो ।
“घरायसी खर्चमै पैसा खर्च गर्ने गरेको बढी पाइन्छ”- सुवेदीले भन्नुभयो, “यति धेरै रेमिटयान्स भित्रिँदा पनि उत्पादनमुखी काममा प्रयोग हुन सकेको छैन ।” एक अध्ययनका अनुसार रेमिटयान्सबाट प्राप्त हुने रकमको कुल ८० प्रतिशत विलासिताको क्षेत्रमा खर्च हुने गरेको पाइएको सुवेदीले जानकारी दिनुभयो । चाडबाड तथा नयाँ वर्ष सुरु हुने समयमा रेमिटयान्स धेरै मात्रा भित्रिने गरेको छ ।
चाडबाडको समयमा रु चार करोडभन्दा बढी रेमिटयान्स नेपाल बैंकमार्फत भित्रिने गरेको बैंकले जनाएको छ । त्यस्तै हुण्डीमार्फत् पनि जिल्लामा महिनामा लाखौँ रुपैयाँ भित्रिने गरेको छ ।
मानव विकास सूचकांक २०११ को प्रतिवेदनमा बागलुङ जिल्लालाई रेमिटयान्स भित्रिने जिल्लामा पहिलो र अतिकम मानव विकास सूचकांक भएका जिल्लामध्ये ४५ औँ स्थानमा रहेको उल्लेख गरिएको छ ।
रेमिटयान्सकै कारण जिल्लामा घरजग्गाको मूल्य अत्यधिक वृद्धि भएको छ । जिल्लामा लगानीका लागि प्रशस्त सम्भावना भए पनि गैरआवासीय नेपालीहरू र आश्रति परिवार विलासितामा सीमित भएकाले रेमिटयान्स उत्पादनमुखी नभएको हो ।
रेमिटयान्स धेरै भित्रिन थालेपछि बागलुङ उद्योग वाणिज्य सङ्घले रेमिटयान्सलाई उत्पादनमुखी बनाउने योजना बनाएको अध्यक्ष वसन्तकुमार श्रेष्ठले बताउनुभयो । सङ्घले रेमिटयान्सलाई पर्यटन, कृषि र जलविद्युत्मा प्रयोग गर्नका लागि कार्ययोजना बनाएर काम सुरु गरेको छ । रासस
in my opinion, they should invest in hydro power project.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
hydro jati bharitayalai bechisake,jnu drle.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]