८ पुस, धादिङ । वरपर अनकन्टार जंगल । छेउवैमा कहालीलाग्दो भीर । भरुको फेदमा ठूलो ढुंगाको कोप्चेरोभित्र साँघुरो ओडार । हो, त्यही ओडारले सुमनसिंह चेपाङको परिवारलाई आश्रय दिँदै आएको छ ।
सुमनको सात बर्ष अघिसम्म गाउँमा एउटा घर र तीन रोपनी पाखोबारी थियो । घरव्यवहार चलाउन छिमेकीसँग लिएको ऋणले साँवाव्याज गरेर ३० हजार रुपैयाँ नाघेपछि साहुले घर र पाखोबारी हडपेका कारण सुमनको परिवार दमारमा रहेको जंगलस्थित ओडारमा जान बाध्य भएको आजको अन्नपूर्ण पोष्ट तथा विभिन्न दैनिक पत्रिकाले खबर छापेका छन् ।
साहुको ऋण तिर्न नसकेर जेथा गुमेपछि विरत्तिएर जंगल छिरेका सुमन र पत्नी चन्द्रकुमारीले जीवन निर्वाहका लागि दाउरा बेच्ने पेसा अँगाल्दै आएका छन् । उनीहरुले दुई दिन लगाएर दाउरा भेला पारी बेच्न मौवाखोलास्थित सडकमा पुग्छन् । ‘दाउरा बेचेर आएको पैसाले साँझ विहान खानेकुराको जोहो गर्छु,’ सुमनले भने ‘दाउरा बेच्न जान नसक्दा धेरै दिन वनमा भेटिने जंगली साग र कन्दमुलले भोक टार्छौ ।’
सुमन र चन्द्रकलाका साथमा तीन छोरी र एक छोरा छन् । १५ बर्ष नाघेका दुई छोरीले भने भर्खरै आफुखुसी विहे गरेका छन् । उनका परिवारका सदस्यहरुमा न एकसरो बाक्लो कपडा छ न ओढ्ने ओछेयाउने । खाना पकाउने एउटा पुरानो कालो कसौंडी र खाना खानका लागि चारवटा स्टिलका थाल छन् ।
साथमा रहेका १३ वर्षकी ठूली कान्छी छोरी, १२ बर्षकी काँइली, तीन बर्षकी पविता र ६ बर्षको छोराले विद्यालय देखेका छैनन् ।
सरकारले तत्काल पुनर्बासको ब्यवश्था गर्नु पर्छ ।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
जनता को दुख – पिडा सुन्दै हिड्ने प्र. म. जी को ध्यान यता तिर गयर तिनीहरुको उद्दार गरेदेखि बल्ल यो सरकार गरिब जनता को सरकार हुने थियो कि जस्तो मलाई लागो है !!!!!!!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]