खाडी मुलुकमा जाने घरेलु कामदारबाट मेनपावरले पैसा लिन नपाउने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

खाडी मुलुकमा जाने घरेलु कामदारबाट मेनपावरले पैसा लिन नपाउने

८ पुस, काठमाण्डौं । खाडी मुलुकमा घरेलु कामका लागि जान चाहने कामलाई पनि अव संस्थागत रुपमा पठाइने भएको छ । व्यक्तिगत रुपमा जाँदा बढी समस्यामा पर्ने देखिएपछि संस्थागत रुपमा पठाउन लागिएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बमबहादुर तामाङले बताउनुभयो ।

‘घरेलु काममा जाने कामदारलाई अव निशुल्क वैदेशिक रोजगारीमा पठाइनेछ,’ उनले भने । त्यस्ता कामदार वैदेशिक रोजगारमा जाँदा लाग्ने शुल्क रोजगारदाताबाटै लिइने छ ।’ हाल त्यस्ता कामदार रोजगारीमा जाँदा कामदारले श्रम स्वीकृत लिँदा आवश्यक पर्ने खर्च, हवाई टिकट, भिसावापतको रकम कामदारले नै तिनुपर्ने प्रावधान छ ।

अहिले कामदारले दलाललाई ५० हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्म तिरेर जाने गरेका छन् ।

तामाङका अनुसार घरेलु कामदारलाई संस्थागत रुपमा पठाउनेबारे वैदेशिक रोजगार विभाग र अन्य सरकारी निकायसँग छलफल भइरहेको खबर छ । सरकारी निकायबाट सहमति प्राप्त हुनासाथ रोजगारदाताहरुसँग सहमति गरेर संस्थागत रुपमा पठाउन थालिने व्यवसायीहरुको भनाई रहेको खबर अभियान दैनिकले छापेको छ ।

वैदेशिक रोजगारीमा जाने सवै कामदारलाई संस्थागत रुपमा पठाउन सके अलपत्र पर्नेको संख्यामा कमी आउने सरोकारवालाको भनाई छ ।

4 Comments on “खाडी मुलुकमा जाने घरेलु कामदारबाट मेनपावरले पैसा लिन नपाउने”
  • sakusal wrote on 23 December, 2012, 4:09

    देशमा श्रम सिर्जना गर्न पनि न सक्ने नेपाल सरकार अनि तेती काम त गरी दीनु परो नी, पुरुष कामदार को हक मापनी तेस्ताइ बेवस्ता हुनु पर्ने हो!!

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • shyam kapri wrote on 23 December, 2012, 4:26

    bikul thik ho.ramro khabar.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • tikakhatri wrote on 23 December, 2012, 5:19

    yo prabdhan lai lagu gare
    ma ati ramro.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Hari Paudel wrote on 23 December, 2012, 11:54

    यस्तो कम गरेत राम्रो नै हुने थियो कमसे कम यस्तो घरानाहरु त घट्ने थियन !!!! एयरपोर्टमा लुटिने युवतीले पैसा पाइनन्
    आफन्तको वयान गृहद्वारा अस्वीकार, आशंका जन्मियोः पीडित
    http://www.onlinekhabar.com/2012/12/22869/

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु