के छापियो आइतवारका दैनिक पत्रिकामा ? :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

के छापियो आइतवारका दैनिक पत्रिकामा ?

आज मिति २०६९ साल पुस ८ गते आइतवार । काठमाण्डौबाट प्रकाशित सवैजसो दैनिक पत्रिकाले राष्ट्रपतिलाई राजनीतिक निकाश नदिई भारत भ्रमणमा नजान दबाब बढेको, ११ बर्षदेखिको एसएलसी परिक्षाको नतिजा वेबसाइटमा राख्न लागिएको लगायतका खवरलाई प्राथमिकताका साथ छापेका छन् । राष्ट्रपति बनारस हिन्दु बिश्वबिद्यालयको दिक्षान्तमा सहभागी हुन सोमबार भारत जान लाग्नुभएको छ ।

आफ्ना सर्त माने नेपाली कांग्रेसलाई सरकारको नेतृत्व दिन तयार रहेको एमाओवादीले निर्णय गरेको कान्तिपुर दैनिकले छापेको छ । संघीयता र चुनावबाट पछि नहट्ने सुशील कोइरालाले प्रतिबद्धता जनाएको र माघसम्म १८ बर्ष उमेर पुगेकालाई आगामी चुनावमा मत हाल्न दिने तयारी निर्वाचन आयोगले गरेको खवरलाई कान्तिपुरले छापेको छ ।

 

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु