८ पुस, काठमाण्डौं । शिक्षा मन्त्रालयले विद्यालयमा जंकफुड लैजान प्रतिबन्ध लगाए पनि खाद्य वैज्ञानिकहरुले सबै जंकफुड अस्वस्थकर नहुने तथ्य सार्वजनिक गरेका छन् । मन्त्रालयले चाउचाउ, चिजबल्स, बिस्कुट, चिप्सलगायत जंकफुड अस्वस्थकर भन्दै विद्यालयमा प्रतिबनध लगाएको थियो ।
‘सबै जंकफुड अस्वस्थकर हुँन भन्न मिल्दैन,’ नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघ (नेफोस्टा) का उपाध्यक्ष मानबहादुर श्रेष्ठले भने,’यी मन्द विष हुन् भनेर प्रचारमा आइरहेका छन्, यो गलत हो ।’ जंगफुडले शरीरलाई चाहिने आवश्यक क्यालोरी नदिएपनि मात्रा मिलाएर खाए हानी नगर्ने श्रेष्ठले बताए ।
शिक्षा मन्त्रालयको निर्णयपछि सञ्चारमाध्यममा सबै जंकफुड अस्वस्थकर हन् भन्ने सुन्देशका समाचार प्रकाशनमा आएपछि नेफोस्टाले आधिकारिक धारणा व्यक्त गर्न चार सदस्यीय प्राविधिक समिति गठन गरी अध्ययन गरेको थियो । अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै नेफोस्टाले जंकफुडमा प्रयोग हुने अजिनामोटोले स्वास्थ्यमा नकारात्मक असर नगर्ने हुँदा यो मन्दा विष नभएको बताएको खबर कारोबार दैनिकले छापेको छ ।
जंकफुडमा खानाको मात्रा नपुग्ने देखेर मन्त्रालयले यस्तो निर्णय गरेको हुन सक्छ उपाध्यक्ष श्रेष्ठका्े भनाई छ ।
Please be responsible when reporting. It is only half-news. There are scientific facts, which you can check and can also write your conclusion which makes your report complete.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]