म्याद थपेर राष्ट्रपति भारत जाने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

म्याद थपेर राष्ट्रपति भारत जाने

चारदलीय घेरा तोड्दै सोमबार सर्बदलीय बैठक

८ पुस, काठमाडौं । आइतवार राष्ट्रपतिलाई भेटेर बाहिरिदै गर्दा एमाले अध्यक्ष झलनाथ खनालले सोमबार सहमतीय प्रधानमन्त्री तोकिने दावी गरे पनि अन्ततः राष्ट्रपतिले अर्को म्याद थप्नुपर्ने भएको छ ।

सुशीललाई प्रधानमन्त्री बनाउने प्रस्तावमा माओवादी अध्यक्ष प्रचण्डले आफ्नै गठवन्धनलाई सहमत बनाउन नसकेपछि भोली सुशीललाई सहमतिको प्रधानमन्त्री प्रस्ताव गर्ने सम्भावना लगभग टरेको नेताहरुले बताएका छन् । सोमबार सर्वदलीय वैठक बोलाएका राष्ट्रपतिले पुनः म्याद थपेर भारत भ्रमणमा जाने राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताउनुभयो । भारत भ्रमणबाट फर्किएपछि जुनसुकै कदम चाले पनि ‘भारतको इसारामा’ भन्ने सन्देश जाने भएकाले राष्ट्रपतिले त्यसअघि नै सहमतिका लागि आग्रह गर्नुभएको थियो ।

सोमबार सर्वदलीय वैठक

पाँचपटक गरी दिएकोएक महिने समयमा पनि दलहरुबीच सहमतिको सरकार गठनबारे सहमति जुट्न नसकेपछि राष्ट्रपति डा. राववरण यादवले सोमबार सर्वदलीय बैठक बोलाउनुभएको छ ।

यसअघि चार दललाई शितल निवास बोलाउँदै उनीहरुकै आग्रहका आधारमा म्याद थप्ने गर्नुभएका राष्ट्रपतिले चारदलीय घेरा तोड्दै विघठित संविधानसभामा रहेका सबै दललाई बोलाउनुभएको हो । भारत भ्रमणअघि बिहान ९ बजे शीतल निवासमा विघटित संविधानसभामा रहेका दलहरुलाई बोलाइएको राष्ट्रपतिको कार्यालयद्धारा जारी सूचनामा उल्लेख छ ।

भित्र एउटा, बाहिर अर्कै बोले नेताहरु

सर्वदलीय बैठक बोलाएलगतै राष्ट्रपति डा. यादवले प्रमुख चारदलका शीर्ष नेताहरुलाई शीतल निवास बोलाएर सहमतिको प्रयासबारे जानकारी लिनुभएको छ । भेटमा नेताहरुले भने आफूहरु सहमति नजिक भएको भन्दै भोलिको सर्बदलीय बैठकअघि नै सहमतिको प्रयास गर्ने बताएका छन् ।

‘दलहरुले अन्तरिम संविधानको धारा ३८ को उपधारा १ को प्रक्रिया जारी राख्नुपर्छ । हामी सहमतिको प्रयासमा छौं भनेका छन’ राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले अनलाइनखबरसँग भन्नुभयो-’भोलि सर्वदलीय बैठकमा पनि ३८ को १ अनुसार नै सहमति गर्न आग्रह गर्नु हुनेछ ।’ दाहालका अनुसार दलहरुको आग्रह अनुसार राष्ट्रपतिले फेरि समय थप गरेर भारत जानु हुनेछ । उहाँले भन्नुभयो-’राष्ट्रपतिले आफू भोलि भारत जाने जानकारी गराउँदै सहमतिको प्रयास निरन्तर जारी राख्न आग्रह गर्नु भएको छ ।’

राष्ट्रपतिलाई भेटेपछि कांग्रेस-एमाले नेताहरुले भने भोलिको सर्बदलीय बैठकमा सहमतीय प्रधानमन्त्री सिफारिस गर्ने गरी सहमतिको प्रयास हुने बताएका छन् । ‘भोलिसम्ममा साझा प्रधानमन्त्री आउने सम्भावना छ’ भेटपछि एमाले अध्यक्ष झलनाथ खनालले भन्नुभयो-’मुलुकले अब साझा प्रधानमन्त्री पाउँछ । सकेसम्म भोलि नै ।’ दलहरुबीच विवादित विषय साघुरिँदै गएको भन्दै खनालले भोलि बिहानसम्म सहमतिमा पुग्ने प्रयास गरिने बताउनु भयो । कांग्रेस महामन्त्री सिटौलाले पनि सर्बदलीय बैठकमा सहमतीय प्रधानमन्त्री सिफारिस हुन सक्ने बताउनु भयो । एमाओवादी र मधेसी मोर्चाका नेताहरुले भने सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिन मानेनन् ।

वैशाखमा चुनाव गर्ने गरी सहमतीय सरकार गठन गर्न दलहरु सहमत छन् । एमाओवादी अध्यक्ष प्रचण्ड कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार गठन गर्न सकारात्मक देखिए पनि प्रधानमन्त्री डा. बाबुराम भट्टराई र मधेसी मोर्चाले प्याकेजमा सहमति हुनुपर्ने अडान लिएका छन् ।

राष्ट्रपति यादव भोलि सोमबार ५ दिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँ छोरा, बुहारी, छोरी, नातीसहितको टोली लिएर अपराहृन ३ बजे नयाँदिल्ली जाने कार्यक्रम छ ।

20 Comments on “म्याद थपेर राष्ट्रपति भारत जाने”
  • shailesh kc dahal wrote on 23 December, 2012, 5:32

    rastrapati pani uhi dyang ka mula ta hun ni desh hakna ta himmat chahiyo ni aafno khuttama tekna sakne capacity bhaya ko bhaya ta nikash niski halthyo ni mulla.

    Like or Dislike: Thumb up 23 Thumb down 21

    [जवाफ फर्काउनुहोस्]

  • sher wrote on 23 December, 2012, 7:14

    बिचरा राष्ट्रपति ले के गर्न सक्थे र उनि पनी त रिमोट कन्ट्रोल बाट चलेका न हुन
    उनको पनी येत्ति ठुलो मान-सम्मान धरापमा पर्ने डर… अहिले पछुताइरहेका होलान “ब्येर्थामा किन समय सिमा तोके होला” भनेर…. अझ लोकतान्त्रिक पद्दति फलाक्दै हिड्छन्….

    Well-loved. Like or Dislike: Thumb up 57 Thumb down 36

    [जवाफ फर्काउनुहोस्]

    s shrestha Reply:

    sarva daliya baithakbat aba naya partiko netritwama chunavi sarkar gathan garnu parchha.

    Like or Dislike: Thumb up 8 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • ran wrote on 23 December, 2012, 9:44

    abo ko chunab ma matuwali matri banaunu parx tra ko uthx chunabma kasaiko x himat parthmmai kasko hola ra afai pani limbu wan ho bhanna xodaina limbu rai lai chaiyako pahile ko sata ho purkhale gareko jasto garna pau vandai hidx baun harule desh bechera khanna aatya ki kaso??

    Like or Dislike: Thumb up 1 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • keshavraj gajurel wrote on 23 December, 2012, 9:52

    aba sital niwasma sabai dal lai bartako table upalabdha garaer time dinus sahamati nagare ma step chal6u bhanera bhannus bharat bhraman roknus.nirnaya garnus/

    Like or Dislike: Thumb up 5 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sarbahara wrote on 23 December, 2012, 10:03

    बन्दुके डाँका हरुले त केही गरेनन अब यि पकेट्मार र पटके चोरहरुलाइ सामेल सामेल गरेर के हुन्छ र ?

    Well-loved. Like or Dislike: Thumb up 31 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Simrina wrote on 23 December, 2012, 10:06

    Its better if the leadership is not given to Nepali Congress.
    It is too much harmful for other political parties of Nepal.

    Like or Dislike: Thumb up 9 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • deepak stha wrote on 23 December, 2012, 10:17

    daka fatha haru kha nepal sabai chor ree chor

    Like or Dislike: Thumb up 1 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • bhawan singh kunwar wrote on 23 December, 2012, 11:25

    sahami nagari bharat janu galat ho.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • nulo wrote on 23 December, 2012, 11:42

    यो जतिपनि पाटीको नेता हरु सबै लाई मुखमा टेप लगाएर कोर्राले हान्नु अनि पानीमा टाउको चोब्ल्दाई गर्नु पर्छ अनि मात्रै यिनी हरु लाई थाहा हुन्छकी नत्र त जस्ताको तस्तै हो ।

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sanu rai wrote on 23 December, 2012, 12:09

    राष्ट्रपतिले कि त यहि सरकार लाई निर्बाचन गर्ने आदेश दिनु पर्छ कित 1 दिन को लागि संसद पुनर्स्थापना गरेर प्रधान मन्त्रि चयन गर्नु पर्छ यो भन्दा अरु बाटो कुनै पनि लोकतान्त्रिक होइन अहिले को परिस्थिति मा रस्त्रपतिले यहि सरकार लाई चुनाब गराउने निर्देसन दिनु पर्ने थियो तर रास्ट्रपति नै कांग्रेस भय पछि के को लोकतन्त्र ? जसरि नि कंग्रेस्स्लाई नै प्रधान मन्त्रि बनाउने दाउ मा छन रास्ट्रपति र यो विघटित संबिधान सभा को दल लाई बोलाउनु को के अर्थ छ र? यदि बोलाउने हो भने सबै निर्बाचन आयोग मा दर्ता भयको दल लै बोलाउनु पर्छ किनकि यो बेला सबै प्रधिस्पर्धि हो लोकतन्त्र को/

    Like or Dislike: Thumb up 5 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • arjun khadka wrote on 23 December, 2012, 12:11

    कुर्शी कै लागि मात्र कांग्रेस र एमाले लगाएत का केहि समूह हरुको लडाई हो भन्ने कुरा स्पस्ट हुदा हुदैपनि हामी भ्रम मा परिरहनु पर्ने अबस्था किन आउछ?कांग्रेश को कुर्शी मोह अनि एमाले को कुर्शी मोह हो कि बाबुराम को कुर्शी मोह हो?त्यो नेपालको राजनीतिक घटना क्रम बाट थाहा हुन्छ।आम नेपाली ले गहिरो गरि सोच्ने हो र र सत्य अनि निस्पक्ष धारणा राख्ने हो भने तेही निचोड निस्कन्छ।अर्थात् कांग्रेस र एमाले लगाएत केहि समूह हरुले गरेको संघर्ष र त्यसको लक्ष भनेको दलगत स्वार्थ ,व्यक्तिगत स्वार्थ अनि प्रधानमन्त्री को कुर्शी प्राप्ति गर्नु भन्दा अरु केहि नरहेको स्पस्ट नै छ।यदी तेस्तो थिएन र देस अनि जनता को माया अनि परिबर्तन को चाहना थियो भने बाबुराम भट्टराई को नेत्रितो मा बनेको सरकार मा सहभागी हुदा पनित अनर्थ हुने केहि थिएन।कि बाबुराम भट्टराई अछुत हुन्?कि भटराई लाइ भ्रस्ट चार गरेको मुद्दा लागेको छ?अथवा कुनै अपराध गरेको मुद्दा लागेको छ? हैन भने खाली बाबुराम लाइ गलाएर कुर्सि हत्याउने सोचभन्दा अरु के हुनसक्छ?हामी आम नागरिक जो निस्पक्ष र इमान्दार छौ अनि गहन रुप मा सोचेर सत्य कुरा गर्ने हो भने बाबुराम भट्टराई ऐले को नेता हरु बाट सबैभन्दा स्वच्छ छबि र इमान्दार छन्।अर्को कुरा उनि बहुमत बाट निर्बाचित प्रधान मन्त्रि हुन्।अर्को निर्बाचन सम्म उनैले सरकारको नेत्रित्तो गर्ने कुरा अरु देसको अनुभब ले पनि बताउछ।बाबुराम को सरकार लाइ चाइ निशेध जस्तै गर्ने हुदै हुन्न भन्ने अनि मलाइ समर्थन गर्नुपर्यो भनेर भन्ने भनेको आफैमा हास उठ्ने खालको कुरा हो।अब बाबुराम भट्टराई ले प्रधान मन्त्रि छोड्ने हो भने पनि के भनेर छोड्ने? मैले गल्ति नै गरेको रहेछु मैले छोडे हजुर राम्रो मान्छे हजुरको नेत्रित्तो ठिक हुन्छ ल मैले समर्थन गर्छु हजुरलाई भनेर भन्ने?अर्को कुरा प्रचण्ड जी ले बनाउन चाहनुभएको समहती के हो?प्रचण्ड जी को खेल के हो?कि हाम्रो ए माओबादि पार्टी ले राम्रो निर्णय गर्नसकेको रहेनछ हाम्रो पार्टी ले नेत्रित्तो गर्न सक्दैन हजुर हामीलाई माफि दिनु हजुर सरकार को नेत्रित्तो गर्नु भन्न खोजेको कि?हैन भने कांग्रेस र एमाले लगाएत का दल हरुले राखेको माग स्पस्ट संग जनता सामु लान सक्नुपर्छ।जनतालाई यो कुरा बुजाउन सक्नुपर्छ कि कांग्रेस ले प्रधानमन्त्री को कुर्शिका लागि देशलाई जस्तोसुकै हालत मा गुजार्न पनि तयार भयो कम्तिमा समहतिको लागि मात्रै नेत्रित्तो कांग्रेस लाइ दिनुपर्ने भयो भनेर स्पस्ट गराउन सक्नु पर्छ।अर्को कुरा कांग्रेस सरकार को नेत्रित्तो मा गएपछि देस लाइ कसरि निकास दिने?अनि निर्बचान हुने ग्यारेन्टी के हो?कांग्रेस ले सरकार को नेत्रित्तो गरेर मात्रै त देस को निकास मान्न सकिदैन होला!ऐले को यो संक्रमण काल मा बाबुराम लाइ समर्थन गर्न नहुने र सरकार परिबर्तन गर्नुपर्ने कारण त कम्तिमा हामी जनता ले बुझ्न पाउनु पर्यो नि!सरकार परिबर्तन गरेर मात्रै देसको बिकास हुन्छ?सरकार को नेत्रित्तो परिबर्तन गरेर देसले निकास पाउने हो?समहतिको लागि नेत्रित्तो परिबर्तन किन?यो त हामीलाई स्पस्ट हुनुपर्यो नि!

    Like or Dislike: Thumb up 5 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    SK Reply:

    ahile ko situation ma baburam bhattrai bhanda ramro aru kunai bikalpa chaina… maile bhayeko bhaye baburam lai nai rastrapati banayera sabai shakti sampanna garaidinthe.. ani sachikai baburam le desh lai ramrari hakhthe.. yo daka mora congressya ra yemale chor haroo le desh lai khattam paryo kursi ko lobh ra baburam ko dah le marne bhaye

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    SK Reply:

    arjun ji le sarhai chitta bujne kura leknu bhayeko cha

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • जीना मगर wrote on 23 December, 2012, 12:28

    चोर नेताहरु लाई देश र जनताको चिन्ता छैन मात्र जसरी हुन्छ आ-आफ्नो स्वार्थ पूरा गर्न मरिहत्य छन खास गरि बाबुराम @ प्रचण्ड सत्ता कब्जा गर्न हरेक नाटक गरेका छन खै भोली पनि जनतालाई निरास नै गर्छन होला!! यदी हल्का भए पनि लाज श्रम भएको भए ५ पटक सम्म म्याद थप्नु आब्सेक नै थिएँ

    Like or Dislike: Thumb up 4 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • purna bahadurRokaya wrote on 23 December, 2012, 13:16

    Bholi pani nikas naniske sabaipa
    rti

    ka chhor netalai janatale bandhak
    banayra nikas nikalna baddhya ba
    naunu parchha.
    Hal Malaysia

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • L N Dhakal wrote on 23 December, 2012, 20:33

    सत्तामा पुगेको कम्युनिस्ट पार्टीले सत्ता छोडेर गैर कम्युनिस्टलाई बुझाउने कुरा राजनीतिशास्त्रमा कहीँ कसैले भेटनु भएको छ ? कही नभएको जात्रा नेपालमा भयो भने शास्त्रको कुरा पनि फेल भएको मान्नु पर्ने त होइन ?

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kharbuja wrote on 23 December, 2012, 21:28

    Nepal ko rastra pati ho ki yo thapana matra ho? chor neta le jahile pani hun chha bhandai 5 barsa ma pani kam nagarne ? rastra pati chai ke heri baseko? ke? vatta khanu matra banako rastra pati/ baburam hoina ?? rastra patile kursi chhadnu paryo?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Abiral sharma wrote on 24 December, 2012, 1:33

    Khate chor cangress umale ra prachnda

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bhim lamichhane wrote on 24 December, 2012, 2:10

    Sanu rai ra arjun khadkale vaneko kura akdam jayaj 6. Mero tapai haruko kurama pura samarthan 6. Adi kangres,amale lai chunab garaunu nai 6 vane kina miti tokna mandaina .

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु