८ पुस, काठमाडौं । गत साउन अन्तिममा २० वटा राजनीतिक दल एवं एकजना स्वतन्त्र व्यक्तिलाई मिलाएर एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन गरिएको २१ दलीय सत्तारुढ ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ यतिबेला स्वयं एमाओवादी अध्यक्ष प्रचण्डका लागि गलपासो बन्न पुगेको छ ।
गठबन्धन निर्माण गर्दा प्रचण्डले यसलाई दीर्घकालीन बनाउनुपर्ने र चुनावमा पनि सँगै गएर दुईतिहाइ बहुमत ल्याउनुपर्ने बताउनुभएको थियो । उहाँले यो गठबन्धनलाई संघीयता र अग्रगमनका पक्षधरहरुको मोर्चा बताउँदै यसैमार्फत दुई तिहाइ ल्याई आफू मुलुकको कार्यकारी प्रमुख बन्ने सपना पनि देख्नुभएको थियो । तर, प्रचण्डको सपना ६ महिना नपुग्दै यतिबेला तासको घरजसरी ढल्ने अवस्थामा आइपुगेको छ ।
अबस्था कस्तो भइदिएको छ भने काँग्रेस एमालेको वैठकमा पुगेर उहाँ सुशीललाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुहुन्छ तर आफैले नेतृत्व गरेको गठवन्धन वैठकमा पुगेर त्यही कुरा खुलस्त राख्न सक्नुहुन्न । प्रचण्डले ‘निकासका लागि सरकार छाड्न तयार हुनुपर्ने’ भन्दा गठवन्धनका सहकर्मीहरुले ‘धोकेबाज’ र ‘सुशीलको कार्यकर्ता’सम्म भनेर र्याखर्याख पार्ने गरेका छन् । पछिल्लोपटक आइतबार साँझ बालुवाटारको बैठकमा पनि सुशीललाई समर्थन गर्न प्रचण्डले राखेको प्रस्ताव गठबन्धनले अस्वीकार गरिदिएपछि प्रचण्ड थप अप्ठ्यारोमा पर्नुभएको छ । बैठकमा केही दलका नेताले प्रचण्डलाई संघीयताको एजेन्डा छाडेर सुशीलसँग नजिकिएको र खुट्टा कमाएको भन्दै गठबन्धन छाडेर संघर्षमा उत्रनेसम्मको धम्की दिए । प्रचण्डलाई राष्ट्रपति बनाउन आफुहरु तयारै रहेको भएपनि कांग्रेस-एमालेले के दिएका कारण उनी एकाएक गठवन्धनलाई लात मार्ने अबस्थामा पुगे भन्दै गठवन्धनका नेताहरुले आक्रोश पोखेका छन् ।
बाबुरामको टेको
सत्तारुढ गठबन्धनले यतिबेला बाबुरामकै नेतृत्वलाई निरन्तरता वा सत्तारुढक गठबन्धनभित्रैबाट सहमति खोजनुपर्ने बताएर डा. बाबुराम भट्टराईको लाइनलाई समर्थन गर्न पुगेपछि कांग्रेस, एमालेसँग सहमति गर्न खोजिरहनुभएका प्रचण्डलाई यसबाट अप्ठ्यारो परेको छ । सत्तारुढ गठबन्धन बाबुराम भट्टराईका लागि तागत बन्न पुगेको छ भने प्रचण्डका लागि पासो ।
गठबन्धनका संयोजक प्रचण्डले अब गठबन्धनलाई दीर्घकालीन रुपमा जोगाउने हो भने सुशील कोइरालाको साटो मधेसी दलका नेतालाई प्रधानमन्त्री दिने अडानमा र्फकनुपर्ने हुन्छ । तर, कांग्रेस सभापति कोइरालालाई समर्थन गर्न प्रचण्डले हिम्मत बटुल्ने हो भने गत साउनमा गठन भएको ‘दीर्घकालीन गठबन्धन’ सुशीललाई समर्थन जनाएकै दिनदेखि भत्कने निश्चित भएको आजको बालुवाटार बैठकले स्पष्टै देखाएको छ ।
सहकर्मीले सोधे-किन खुट्टा कमाएको ?
गठवन्धनका नेताहरुले आइतबार साँझ गठवन्धनको निर्णयमा नअडिएको भन्दै प्रचण्डको चर्को आलोचना गरेका छन् । नेताहरुले गठवन्धनको निर्णयमा नअडिएको र कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार गठन गर्न खोजेको भन्दै प्रचण्डको चर्को आलोचना गरे ।
सत्तारुढ नेताहरुले आगामी चुनावसम्म सहकार्य गर्ने गरी गठवन्धन बनाएर वीचमा आएपछि छाड्न खोजेको भन्दै किन खुट्टा कमाएको भनी प्रश्न गरेका छन् । मधेसी मोर्चाका नेता विजयकुमार गच्छदारले तीन दलले मात्र सहमति गरे स्वीकार नगर्ने चेतावनी दिनुभयो ।
बैठकमा अध्यक्ष प्रचण्डले भने गठवन्धन बाहिर गएर भए पनि सहमतिको सरकार गठन गर्नुपर्ने बताउनुभयो । कांग्रेस-एमालेले बाबुराम भट्टराई नेतृत्व अस्वीकार गरे पनि आफूहरुले भने विकल्प खुला राख्नु पर्ने उहाँको भनाइ छ । ठूलो गठवन्धन र दलहरुको समर्थनका आधारमा आफूहरुको दावी स्वभाविक भए पनि मुलुकलाई निकास दिन गठवन्धन लचिलो हुनुपर्ने प्रचण्डले बताउनुभयो ।
संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनमा सहभागी दलहरु
१. एनेकपा माओवादी,
२. मधेशी जनअधिकार फोरम ९लोकतान्त्रिक०,
३. मधेशी जनअधिकार फोरम ९गणतान्त्रिक०,
४. तराई-मधेश लोकतान्त्रिक पार्टी,
५. तराई मधेश तोकतान्त्रिक पार्टी नेपाल,
६. चुरेभावर राष्ट्रिय एकता पार्टी,
७. नेपाः राष्ट्रिय पार्टी,
८. राष्ट्रिय जनमुक्ति पार्टी,
९. सङ्घीय सद्भावना पार्टी,
१०. दलित जनजाति पार्टी,
११. नेपाल परिवार दल,
१२. नेपाल लोकतान्त्रिक प्रजातान्त्रिक समाजवादी दल,
१४. नवनेपाल निर्माण पार्टी,
१५. सद्भावना पार्टी,
१६. नेकपा माले समाजवादी,
१७. सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट,
१८. समाजवादी जनता पार्टी,
१९. जनता दल युनाइटेड,
२०. नेपाल सद्भावना पार्टी,
२१. नेपाली जनता दल
२२. स्वतन्त्र पूर्वसभासद् सदरुल मियाँ हक
मधेसी मोर्चालाई यु.एन. एजेंसीहरुले ह्यांडल गरी रहेको छ.
Well-loved. Like or Dislike:
65
8
[जवाफ फर्काउनुहोस्]
Alok Reply: December 23rd, 2012 at 9:22 am
ho ra radheji! tyaso bhaye pahade morcha lai jadrakshi le handle gare jasto chha!
Like or Dislike:
9
28
[जवाफ फर्काउनुहोस्]
prem Reply: December 23rd, 2012 at 2:54 pm
बिना आधार पुर्बग्राही बनेर आरोप प्रत्यारोप गर्नु राम्रो हैन है साथी हो, एसले युद्द निम्त्यौछ !!!
Like or Dislike:
14
5
[जवाफ फर्काउनुहोस्]
खासमा संघियता बिरोधि भनेको मदेशबादी दल र मावोबादी नै हुन्……नत्र यस्तो नौटंकी हुने नै थिएन…….देश नै सकिने गरेर संघियता कसरी हुनसक्छ……देश को लागि अनि सबै जनताहरुको सामर्थ्य हेर्नु पर्यो…..एउटालाई नाङ्गो बनाउने अर्को लाइ सबै दिने संघियताले भोलि नेपॉलको के हालत बनाउछ त्यो चाही कोइ पनि नसोच्ने !!!!!!
मदेशका भनाउदाहरु त ब्यापारी धेरै नेता कम लाग्छन ….जहिले नि बाझो मात्र हाल्ने ….शर्त मात्र राख्ने …….फेरी देशको लागि भए त हुने नि…आफ्नो घरको लागि मात्र ……?????
Well-loved. Like or Dislike:
77
16
[जवाफ फर्काउनुहोस्]
prem Reply: December 23rd, 2012 at 3:02 pm
जब सम्म कांग्रेस र एमाले नि प्रचण्ड ले संघियता लै स्विकर्दैना, समस्या येस्तै हो! नत्र भूमिगत भएर किन गोप्य बैठक गर्दै हिड्ने नि ?? कुरा लुकाउन किन जरुरि थियो र राष्ट्रिय सरकार बनाउने जस्तो कुरामा?? प्रचण्ड ले पनि येही निर गल्ति गरे नि !!!
प्रचण्ड जिउ , बाहिर बाहिर संघियाबादी अनि फेरि भित्र भित्र संघिय बिरोधि हरु संग गोप्य गोप्य वैठक ??मुख ले राम राम बगली मा छुरा गर्न पाईयेना नि साठी, इमान्दारी हुनु पर्यो नि !
Like or Dislike:
7
22
[जवाफ फर्काउनुहोस्]
Raj Reply: December 23rd, 2012 at 4:19 pm
कांग्रेस र एमालेले त्यस्तो संघियता चाहेको हैन जसले देश नै टुक्रा टुक्रा होस ……अब जाती जाती नाममा राज्य बनाउने, मदेसमा एउटा मात्र प्रदेश बनाउने, अनि सबै राज्यहरु स्वयत्त हुने …मान्छेहरुले राम्ररी खाना खान न पाईरहेको देशमा यस्तो कसरी हुन्छ ..यो गरेर संघियतामा जानू भन्दा त बरु संघियता चाहिदैन कहिले पनी ……जाती जातीहरुको सोचने दिन गैसके देशको हालत कस्तो छ त्यों पनी भानि राख्नु पर्छ ….देशको बिकाश भनेको सबै को बिकाश हुनु हो…..!!!!!!!!!!
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
Yahi sarkar lai sastriya sworup dinu par6. Prachanda ra baburam milnuko bilalpa 6aina. Prachanda le party ko adan mannu par6.
Like or Dislike:
13
33
[जवाफ फर्काउनुहोस्]
faaand Reply: December 23rd, 2012 at 3:55 pm
shut ur mouth…
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
Raj Reply: December 24th, 2012 at 10:43 am
baburam ko andho bhakt yeuta yo 6…..!!!!!!
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
yo parale aba kunai partyko pm huna muskil6,tehi vayara aba nayak RAJESH HAMAL dailai pm banaunu par6,
krishna sapkota
Bangkok.
Like or Dislike:
6
6
[जवाफ फर्काउनुहोस्]
best desigen.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
अब बोली बिक्न छोड्यो । यूरोपियन पाँदरिको पैसामा र बिदेशी प्रभूको दाल-चामलमा बिक्री भए पछी यस्तै हुन्छ ।
Well-loved. Like or Dislike:
35
0
[जवाफ फर्काउनुहोस्]
Mr. Prachanda ji, jasari bhaya pa ni Nepali Congress ra UML lai milayara chado bhanda chado naya sarkar garnu ramro hunchha. Ahile deshko isthiti bhayabahak chh, eslai samayamanai khyal garnu hola.Tapai ek jimmedar neta bhayakale pa ni yo kaam pura garne tapaiko kadhma aayako chha.
Well-loved. Like or Dislike:
21
1
[जवाफ फर्काउनुहोस्]
mane…………..yo hamro yek prakarko sangharsa ho bhanne thammyai ho. yeta sap pani namarne lauro pani namarne ghari hamro patiko netrityo pantile gareko kutnitik chalbaji ho bhanne hamlai lairako chha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
sattaka loviharu.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
प्रचण्ड अब नेता रहेनन्, प्रचण्ड ब्यापारी भैसके !
लुम्बिनी विकास को ठेकेदार, पार्टी को नाम मा अनेक राष्ट्रिय योजना झ्वाम, 5 तारे होटेल हरु मा आफ्नै कार्यकर्ता, अस्पताल आफ्नै ————येस्ता को के आश गर्नु ??
साथी दछिन एशिया कै धनि नेता मा पर्न थाली सके अनि !
Like or Dislike:
14
6
[जवाफ फर्काउनुहोस्]
ल है साथी हो , राष्ट्रपतिले सबै दल लाई बैठक मा बोलाए रे ! एक जना मान्छे मात्र भाको पार्टी पनि हुनु पर्यो नि त्यो बैठक मा हैन र ??
यो भन्दा त संबिधान सभा पुनर्स्थापना नै ठिक छ नि, तर एमाले र कांग्रेस संघियत को अगुलठोले लगेर तर्सिहलेका छन् मान्दै मान्दैनन त ! अनि समस्या नभएर के हुन्छः त नि ?
Like or Dislike:
4
7
[जवाफ फर्काउनुहोस्]
Baburam Bhatarai Janatako bichbata pattasaap vaisaknuvayo ra arko pali pradhanmantri ko samvaabana waha aafaile nadekhnu vayako hunale aile ko pradhanmantri pad lambyaune kasarat ma hunuhun6.
Like or Dislike:
5
3
[जवाफ फर्काउनुहोस्]
Jaatiya Aadhar Ma Sangiyata Haami Nepali lai chahidaina…. Hunchha vane bhaugolik aadhar ma deu..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Baburam bhanda sachcham kusal neta ra pm yo nepalma chada pani chaina ra janmana pani sakdaina bahira lagaiyaka aropharu baburamlai shiddhaun gariyako ku parchar matra ho dhaleko sinko thado garna nasakne kukur haruko ku parchar matra ho baburam agadi bada timro pachadi bahumat jantaharu chan 2/4 jana kukur haru matra timro biruddama bhukeka hun khi farak pardaina
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]