८ पुस, काठमाण्डौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बिहान ११ बजेपछि पार्टी मुख्यालयमा बल्खुमा सुरु हुने बैठकमा अध्यक्ष खनालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन माथि छलफल हुनेछ ।
उक्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आ आफ्नो धारणा राख्ने सचिव शंकर पोख्रेलले जानकारी दिनुभयो ।
अध्यक्ष खनालले प्रस्तुत गनुभएको प्रतिवेदनमा सहमतिको सम्भावना कम्जोर रहेकोले आन्दोलनबाटै वर्तमान सरकारको बहिर्गमन हुने र सहमतिय सरकार निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । बैठकमा यसअघि रिक्त रहेको केन्द्रीय सदस्यहरुमा पदपूर्ति, मनोनयन र थप कार्यविभाजनका विषयमा पनि छलफल हुने पोख्रेलले जानकारी दिनुभयो ।
only one line “uml” is not a party of the country.
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]