खुइलिंदै गरेको सगरमाथा (फोटोफिचर सहित ) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

खुइलिंदै गरेको सगरमाथा (फोटोफिचर सहित )

हिमाल आरोही तथा फिल्म निर्माता डेभिड बि्रसर्स तथा हिमनदीहरुको बारेमा अनुसन्धान गर्ने एक संस्था ग्लेसियर वर्कस्ले विश्वको सर्वोच्च शिखर सगरमाथाको पछिल्लो अवस्थाका विषयमा जानकारी गराउने गरी सगरमाथा क्षेत्रको विस्तृत तस्वीर तयार पार्न सफल भएका छन् ।

विभिन्न कोणबाट खिचिएका ४७७ वटा तस्वीरको संयोजन गरी उनीहरुले २ अर्ब पिक्सेल साइजको सगरमाथाको एउटा तस्वीर तयार पारेका छन् जसबाट जूम गरी-गरी सगरमाथालाई धित मरुन्जेल हेर्न सकिन्छ ।

हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावलाई देखाउन यो तस्वीर पर्याप्त छ । साथै उनीहरुले सन् १९२१ यता सगरमाथा क्षेत्रमा भएको परिवर्तनलाई देखाउन विभिन्न तुलनात्मक तस्वीरहरु समेत राखेका छन् । तस्वीरमा रहेको खुम्बु हिमनदीको तस्वीर फोटोग्राफरले यहीा वर्ष पूमोरी

भ्यू प्वाइन्ट बाट खिचेका हुन् । सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनका विषयमा अझै प्रष्टसाग देखाउनका माइक्रोसफ्ट र रोयल जियोग्राफिकल सोसाइटीसाग मिलेर प्राप्त तस्वीहरुलाई उच्चस्तरीय प्रविधिको सहायतले अझै दर्शनीय बनाउने काम भइरहेको डेभिडले बताएका छन् । उनले हिमाल आरोहणका क्रममा मात्र नभएर सगरमाथा क्षेत्रमा हेलिकप्टरबाट समेत १ लाख २० हजार भन्दा बढि तस्वीर लिएका छन्

केइट्रयाक ग्लासियर सन् १९२१ बायाँ र सन् २००८ मा दायाँ

रोङबुक ग्लासियर सन् १९२१ र सन् २००९ मा

तस्वीरको तुलनात्मक अध्ययनबाट सगरमाथा क्षेत्रमा हिउँ घट्दै गएको प्रष्टै देखिन्छ । विज्ञहरुले पनि उष्णकिरणका कारण हिमालयको हिउँ पग्लिँदै गएको र भविष्यमा हिमालय क्षेत्र काला पहाडमा परिणत हुने खतरा रहेको बताउँछन् ।

सवै तस्विर जोडेर बनाइएको तस्विर हेर्न यहाँ क्लिक गर्नुहोस्

5 Comments on “खुइलिंदै गरेको सगरमाथा (फोटोफिचर सहित )”
  • केशव अधिकारी wrote on 23 December, 2012, 6:15

    पृथ्वी हामी सबै प्राणीको साझा घर हो,यसको संरक्षण हामी सबै मिलेर गर्नुपर्छ । बुद्धिमान ठानिएको मानिसबाट नै यसको बढी दोहन भएको छ । हुने र सक्नेले जे जति गरेपनि हुने हालको परिपाटीलाई अन्त्य गरी आफूलाई नभई नहुने जति मात्र प्राकृतिक स्रोत तथा साधनको उपयोग गर्ने बानी बसालौं । सो कार्यका लागि अरु प्राणीबाट नभई मानिसबाट नै जिम्मेवारी र प्रतिबद्धताका साथ ठोस कार्य हुन जरुरी भै सकेको छ ।

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • राधे बराल wrote on 23 December, 2012, 6:23

    ५० वर्ष अघि काठमांडूबाट मानिसहरु जाडो छल्न तराई जाने गर्द्थ्ये. तर आज मीन पचासमा बीरगंजमा घाम लाग्दैन तर काठमांडू घामले न्यानो नै हुन्छ. गर्मीमा काठमांडू गर्म हुँदै गएको छ. जलवायु परिवर्तन भई रहेको छ. तिब्बत क्षेत्रमा चीनले प्रकृति संग ठुलो बदमासी गरी रहेको छ. त्यसको दूरगामी प्रभाव बारे हाम्रो कुनै एजेंसीले कुनै चासो लिएको छैन. तराईका फांटहरु चिसिँदै छन. अर्को तिर हिमनदी पग्लिँदै छन. तिब्बत क्षेत्रमा नदीहरू संग अप्राकृतिक काम गर्नु अन्तराष्ट्रीय संधिहरुको उल्लंघन हो. सबैलाई चेतना भया.

    Like or Dislike: Thumb up 5 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Prakash Bhandari wrote on 23 December, 2012, 7:22

    dherai ramro rahe6an photo haru jana nasake pani hamro desko yo gaurab lai herna paunu nu nu thulo saubhagya dhanya hos prabhu..

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • laxman basnet wrote on 23 December, 2012, 7:45

    kaha cha ho pohot r

    Like or Dislike: Thumb up 1 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • min wrote on 23 December, 2012, 12:05

    सगरमाथ को बेस्मा फलियेका फोहरको थुपरो येसतो पोलुसन च अणि पग्लिदैना त हीउ येसको बेबस्थापन कसले गर्ने फोटो माँ ता येतिको देखिंचा अझ तेह कतिको छ होल

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु