कृष्णप्रसाद भट्टराईको जन्मजयन्ती :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

कृष्णप्रसाद भट्टराईको जन्मजयन्ती

८ पुस, काठमाण्डौं । नेपाली काङग्रेसका संस्थापक मध्येका एक नेता कृष्णप्रसाद भट्टराईको आज ८९ औ जन्मजयन्ती । नेपाली काँग्रेसले आज विभिन्न कार्यक्रम गरी उहाँको सम्झना गरिरहेको छ ।

नेपाली राजनीतिमा निष्ठा र इमान्दारीताको पर्यायका रुपमा रहनु भएका नेता भट्टराईको जन्म सन् १९२४ मा भारतको बनारसमा भएको थियो । पिता संकटाप्रसाद र माता ललीता देवीको कोखबाट जन्मनुभएका उहाँ राणा र पञ्चायतका विरुद्ध अनवरत संघर्षका क्रममा लामो समय जेल जिवन विताउनुभएका भट्टराई २०४६ सालको जनआन्दोलनको जगमा २०४७ साल बैशाख ६ गते गठन गरिएको अन्तरिम सरकारका प्रधानमन्त्रीसमेत हुनुहुन्थ्यो ।

२०४७ सालको संविधान निर्माणका लागी तथा संक्रमण व्यवस्थापनका लागी उहाँको कार्यकाललाई इतिहासमा सफल सरकारका रुपमा आज सम्मपनि चिन्ने गरिन्छ । उहाँको २०६७ साल फागुन २० गते निधन भएको थियो ।

One Comment on “कृष्णप्रसाद भट्टराईको जन्मजयन्ती”
  • BADRIKUMARPAUDEL wrote on 23 December, 2012, 10:11

    TO APPRECIATION AFTER DEATH IS REALLY NOT GOOD. OUR LEADERS HAS LIKE THAT CHARACTERISTIC PERSONALITY.TRY TO APPRECIATE ON LIVE TIME. TRY TO RESPECT AND GIVE OPPORTUNITY TO THEM.IF YOU ARE GOING TO REALLY RESPECT AND APPRECIATE FOR THEM.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु