८ पुस, काठमाण्डौं । विकिलिक्सले आगामी एक बर्ष भित्र विभिन्न १० लाख दस्तावेज सार्वजनिक गर्ने घोषणा गरेको छ । विवादास्पद वेबसाइटका रुपमा रहेको विकिलिक्सका सस्थापक जुलियान असान्जले लन्डनको इक्वेडरको दूतावासबाट आगामी बर्षको योजना सुनाउँदै यस्तो घोषणा गरेका हुन् ।
उक्त दस्तावेजले विश्वभरका हरेक देशलाई प्रभाव पार्ने असान्जको दाबी छ । यद्यपी दस्तावेजका बारेमा विस्तृत जानकारी भने दिएका छैनन् । उनी विगत ६ महिनादेखि दूतावासमा बन्दी बनाइएका छन् । इक्वेडर सरकारले गत भदौमा उनलाई शरण प्रदान गरेको थियो । तर, बेलायती अधिकारीले उनी दूतावास बाहिर निस्केमा पक्राउ गर्ने चेतावनी दिँदै आएका छन् ।
बेलायतका सुरक्षाकर्मीले २४ घन्टा नै पहरा दिइरहेकाले आफु कुनै हालतमा बाहिर निस्कन नसकने भन्दै असान्जले भने ‘म गृष्म ऋतुमा यहाँ आएको हुँ, अहिले शिशिर सुरु भइसक्यो, निस्कने सक्ने अझै आशा नै छैन् ।’ सञ्चार माध्यमले आफु बिरामी भएको भन्ने गलत समाचार सार्वजनिक गरेको भन्दै आपत्ति प्रकट गरेका छन् । इक्वेडर सरकार प्रति आभार प्रकट गर्दै उनले भने ‘यो दूतावास नै मेरो घर हो, सरकारको सैद्दान्तिक अडान र यहाँका जनताप्रति आभारि छु ।’ उनलाई स्वीडेनकी एक महिलालाई यौन दूव्यवहार र बलात्कार गरेको आरोप लागेको छ । असान्जले भने ‘स्वीडेनले यही आरोपमा पक्राउ गर्छ र अमेरिकालाई बुझाउँछ, अनि अमेरिकाले मलाई मृत्युदण्ड सम्मको सजाय दिन्छ ।’ असान्ज र उनका समर्थकले उनीमाथि लागेको अभियोग हटाउन एक न्यायिक निकाय गठन गर्ने तयारीमा लागेका छन् । तर, अमेरिकाले अहिलेसम्म असान्ज विरुद्ध कुनै अभियोग लगाएको छैन् । -एजेन्सीको सहयोगमा
Wikileaks le ramro kaam gareko chha
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]