८ पुस, काठमाडौं । धमाधम मर्मत सम्भार भैरहेको एमाओवादी पार्टी कार्यालय पेरिसडाँडामा दिनहुँजसो धर्ना र नाराबाजी गरिरहेका बहिर्गमित पूर्वलडाकूहरु वैद्य पक्षका हुन् कि प्रचण्ड-बाबुराम पक्षका ? यदि उनीहरु एमाओवादीकै लडाकू हुन् भने किन यसरी आफ्नै पार्टीविरुद्ध आन्दोलनमा उत्रिएका होलान् ?
वैद्यपक्षीय नेकपा-माओवादीका एक पूर्वकमाण्डर भन्छन्- ‘बहिर्गमित साथीहरुले गरिरहेको आन्दोलन स्वतःस्फूर्त हो । तर, त्यसमा हाम्रो नैतिक समर्थन छ ।’ यद्यपि पूर्वलडाकूको यो आन्दोलनलाई हरेक तत्वहरुले उपयोग गर्न खोजिरहेको ती कमान्डर बताउँछन्,-’नेपालमा भएका सबैखाले पावर सेन्टरहरुले यो आन्दोलनलाई आफ्नो पक्षमा प्रयोग गर्न खोजिरहेका छन् ।’
मामिला ६/७ हजारको
वैद्यपक्षका कमान्डर भन्छन् – ‘आन्दोलनरत् बहिर्गमित लडाकूहरुको समूहमा अनमिनले प्रमाणित गरेका ४ हजार ८ जना र विदाइ प्रक्रियाबाट बाहिरिएका थप २५ सयजति गरी ७ हजारभन्दा बढी साथीहरु हुनुहुन्छ । उहाँहरुले जनयुद्धका बेला सबैभन्दा बढी पीडा खेप्नुभएको छ । अहिले पार्टीबाट सबैभन्दा बढी अन्यायमा उहाँहरु नै पर्नुभएको छ । पैसा पाउनेहरु तस्करी र ठेकदारीमा लागेका छन्, तर उहाँहरुले केही पाउनुभएको छैन ।’
जनयुद्ध लडेका र हतियार चलाउन जान्ने ७ हजारको संख्या चानचुने शक्ति होइन । तर, यतिबेला यो शक्तिलाई कसले आफ्नो पक्षमा पार्ने भन्ने प्रतिश्पर्धा एमाओवादी र वैद्यपक्षवीच चलिरहेको छ । पेरिसडाँडा घेराऊ कार्यक्रम गरिरहेका बहिर्गमित लडाकूको आन्दोलनलाई नैतिक समर्थन गरेर वैद्य पक्षले उनीहरुलाई आफ्नो पक्षमा तान्ने र प्रचण्ड पक्षको विरोधमा उतार्ने रणनीति अवलम्बन गरेको छ । उता, संस्थापन पक्षले चाँहि उनीहरुलाई सरकारी कोषबाट राहत उपलब्ध गराएर आफ्नो पक्षमा पार्न खोजिरहेको छ । शान्तिमन्त्री टोपबहादुर रायमाझीले आन्दोलनरत् लडाकूसित पटक-पटक वार्ता पनि गरिसकेका छन् । तर, सरकारले दिन लागेको १ लाखसम्मको राहतलाई सर्वाेच्च अदालतले वीचैमा रोकिदिएपछि बहिर्गमितलाई सरकारले राहत वितरण हुन सकेको छैन, जसको प्रत्यक्ष फाइदा वैद्य पक्षले उठाइरहेको छ ।
दुईवटा माओवादी पार्टीमध्ये जसले ६/७ हजार पूर्वलडाकूलाई आफ्नो पक्षमा तान्न सफल हुन्छ, भावी चुनावमा उसैको पल्ला भारी हुन सक्छ । यो स्थितिलाई आँकलन गरेरै हुनुपर्छ, बहिर्गमित लडाकूहरुलाई फकाउने रणनीतिमा यतिबेला एमाओवादी र माओवादी दुबैले प्रयास गरिरहेका छन् । पूर्वलडाकूलाई समेट्नका लागि एमाओवादीले पासाङको नेतृत्वमा पूर्वलडाकूहरुको कमिटी बनाएको छ भने वैद्य पक्षले पनि पूर्वकमाण्डर उदयबहादुर चलाउनेको नेतृत्वमा राष्ट्रिय स्यंवसेवक दस्ता बनाएको छ । पूर्व लडाकूमध्ये धेरैलाई कसले आफूतिर आकषिर्त गर्ने भन्नेमा एमाओवादी र माओवादीवीच रस्साकस्सी चलिरहेको छ ।
एमाओवादीमा विभाजन आइसकेपछि त्यहाँ रहेका १९ हजार लडाकूहरुमध्ये कति वैद्य पक्षमा लागे र कति संस्थापन पक्षमा अडिए ? यसबारे अनलाइनखबरको जिज्ञासामा वैद्य पक्षका कमाण्डरको दाबी छ – ‘पार्टी फुटेपछि ४० प्रतिशत साथीहरु निश्त्रिmय एवं स्वतन्त्र बसेका छन् । ४० प्रतिशत हामीसँग छन् र २० प्रतिशतमात्रै प्रचण्ड-बाबुरामतिर छन् ।’
८० प्रतिशत लडाकू हामीसँग छन्- बलदेव
वैद्य पक्षका नेताहरुले प्रचण्ड-बाबुराम १५/२० प्रतिशतमात्रै लडाकू रहेको दाबी गरे पनि पूर्व पीएलए संघका प्रवक्ता चन्द्रप्रकाश खनाल (बलदेव) यसलाई गलत दाबी बताउँछन् । ‘यो लगत दाबी हो । स्वेच्छिक अवकाश रोजेका करिब १५ हजार साथीहरुमध्ये ८० प्रतिशत यता -एमाओवादी) तिर छन् । हामीले पासाङजीको अध्यक्षतामा पूर्व पीएलए संघ बनाएका छौं । म त्यसको प्रवक्ता छु । सबैठाउँ पूर्व पीएलए संघको कार्यालय स्थापना भैरहेका छन् । हाम्रो १ सय ५५ जनाको केन्द्रीय समिति छ ।’- पूर्वडेपुटी कमाण्डरसमेत रहेका बलदेवको दाबी छ ।
पछि भर्ना भएका वा उमेर हदका कारण बहिर्गमनमा परेका ४ हजार ८ लडाकूहरुले संयुक्त रुपमा आन्दोलन गरिरहेको खनालको स्वीकारोक्ति छ । आन्दोलनरत् साथीहरुले सरकारबाट सहयोग पाउनुपर्ने उनको तर्क छ । तर, बहिर्गमितमध्ये कतिपय लडाकूहरु शिव सेनासँग पनि जोडिएको र अन्यत्रबाट परिचालित भएको खनाल बताउँछन् ।
आधा माओवादी-आधा एमाओवादी
आन्दोलनरत् बहिर्गमित लडाकूका केन्द्रीय अध्यक्ष सागर लिम्बू प्रचण्ड र वैद्य दुबै पक्षका साथीहरु अहिलेसम्म एउटै छातामुनि रहेको बताउँछन् । संघर्ष समितिका संयोजक लिम्बू आफूहरुको आन्दोलन वैद्य पक्ष वा प्रचण्ड पक्षको नभएर दुईवटै पार्टीको संयुक्त रहेको दाबी गर्छन् । ‘आन्दोलनमा लागेका ६० प्रतिशत जति साथीहरु स्वतन्त्र हुनुहुन्छ, १५/२० प्रतिशत साथीहरु एमाओवादीमा र त्यति नै साथी माओवादीमा आवद्ध हुनुहुन्छ ।’- लिम्बूले अनलाइनखबरलाई भने । आफूहरुलाई माओवादी नेता विप्लबले केही ठाउँमा भनिदिएर ब्ल्याङ्केट र कम्मल उपलब्ध गराइदिएको लिम्बूले खुलासा गरेका छन् ।
एमाओवादीलाई आफ्नै लडाकूको दबाव
वैद्य पक्ष अलग भैसकेपछि गत भदौमा काठमाडौंको भृकुटीमण्डपमा भएको एमाओवादीको विस्तारित बैठकमा पूर्वलडाकूहरुले शिबिरमा भएको आर्थिक हिनामिनाविरुद्ध आवाज उठाएपछि यही विषयलाई लिएर प्रचण्डमाथि कुर्सी हान्ने प्रयास भयो । यो घटनापछि तत्कालै केही डेपुटी कमाण्डरलाई निलम्बन गरी आर्थिक अनियमितताबारे छानविन गर्ने भनियो र झगडालाई तत्कालका लागि साम्य पारियो । तर, अहिलेसम्म एमाओवादीले शिविरको भ्रष्टाचारबारे कुनै ठोस कारवाही अगाडि बढाएको छैन, जसले गर्दा एमाओवादीलाई समर्थन गर्ने पूर्वलडाकूभित्रै अन्तरविरोध र असन्तुष्टि देखिन थालेको छ ।
‘अब माघ २० गते एमाओवादीको महाधिवेन भयो भने त्यहाँ भृकुटीमण्डपमा भन्दा ठूलो कुटाकुट हुनेवाला छ ।’, वैद्य पक्षका लडाकू कमाण्डरको दाबी छ, ‘शिविरको आर्थिक अनियमिततामा प्रचण्ड, पासाङ, अनन्त, प्रभाकर र बलदेवलगायत प्रायः सबै ठूला कमान्डरहरुको प्रत्यक्ष संलग्नता रहेकाले यसबारे निश्पक्ष छानविन हुने र कसैमाथि कारवाही भइहाल्ने सम्भावना छैन । तर, तल्लो तहका जनसेनाका साथीहरुले यत्तिकै छाड्नेवाला पनि छैनन् । यो अवस्थामा महाधिवेशनमा थप पदम कुँवर, सरल र शरदहरु जन्मन सक्छन् ।’
वैद्य पक्ष अलग भैसकेपछि उसले सेना समायोजन सम्मानजनक नभएको र जनमुक्ति सेनाहरु अपमानित रहेको भन्दै लडाकूको सहानुभूति आफूतिर तान्ने प्रयास गरिरहेको र शिबिरहरुमा भएको आर्थिक अनियमिततामा संलग्न भनिएका डेपुटीहरु प्रचण्ड पक्षमा रहेकाले लडाकूको समर्थन आफ्नो पक्षमा पार्नु एमाओवादीलाई निकै चुनौतीपूर्ण देखिन्छ । तर, लडाकूको मनोविज्ञान र भौतिक तागत आफूतिर नतानेसम्म एमाओवादीले आफूलाई तागतिलो बनाउन निकै मुस्किल पर्ने देखिन्छ ।
वैद्यलाई पनि घाँडो हुन सक्छन् लडाकू
एमाओवादीको आलोचना गर्दै र शिबिरको पैसाको कुरो उठाएर हजारौं लडाकूलाई आफ्नो पक्षमा तान्न त वैद्य पक्षलाई सजिलै होला, तर ती हजारौं लडाकूलाई के योजना दिने र कसरी व्यवस्थापना गर्ने भन्ने अभिभावकीय जिम्मेवारी पनि वैद्य पक्षकै थाप्लोमा जाने निश्चित छ । आफूसँग आएका लडाकूलाई कुनै योजना दिने, युद्धमा होम्ने वा कुनै आर्थिक व्यवस्थापन गर्ने कार्यमा वैद्य पक्षले ध्यान दिएन भने ‘वैद्यपक्ष पनि उही ड्याङ्गको मुला त रहेछ नि’ भन्दै लडाकूहरु निराश हुने सम्भावना पनि उत्तिकै बलियो छ ।
तपैले पनी पहेला पात को उपचार गर्ने तीर बड़ी जोड़ दियको देखियो नि !!!
Like or Dislike:
5
2
[जवाफ फर्काउनुहोस्]
यो सबै पश्चिमा मुलुकहरुको चाल हो. नेपाललाई आफ्नो नियंत्रणमा लिएर भारत र चीनलाई पेलने उद्देश्य लिएर नेपालमा पश्चिमा मुलुकहरुले षडयंत्र गरी रहेका छन. हामी सचेत हुनु पर्छ.
Like or Dislike:
6
19
[जवाफ फर्काउनुहोस्]
बेलैमा चिन्नुस क्रान्तिकारी योद्धाहरु, बैद्य पक्छ्य को नीति,सिधान्त र आदर्श “बैद्य बा लाइ अधक्छ्य र राम बहादुर थापाजी लाइ प्रधानमन्त्री” बस येत्तिमै सिमित छ.
Well-loved. Like or Dislike:
27
7
[जवाफ फर्काउनुहोस्]
akle arkolai sidhyauni nihuma pa6i aafai siddiyako thaha hudaina,ajha jhan baidhya baje ta lastai krantikari rahechhan
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Mantralaya ra pad ko lov ma party futaune haruko kura sunnai hudaina.
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
तिमीहरू अजै पनि माओबादीमा लागेर हिडेउ भने पुरा जिन्दगी बर्बाद हुन्छ । अब आफ्नो आफ्नो काम मा लाग । बरू कतार जाउ । पर्चन्डे र बाबुराम बैदे ले थांग्नामा सुताउलान ।
Well-loved. Like or Dislike:
26
3
[जवाफ फर्काउनुहोस्]
ladaku bhai ho timi haru ko monthly pay sale prachande ani baburam sale le khaye ko abo sale haru ko ankha phutai dinu khutta vachi dinu bhai ho?
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
paap ko sajaya sabaile bhognai par6….. mb,emb sable
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]