लोडसेडिङ फेरि बढ्यो, औपचारिक घोषणा गर्न बाँकी :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

लोडसेडिङ फेरि बढ्यो, औपचारिक घोषणा गर्न बाँकी

८ पुस, काठमाडौं । तीन दिनजति भयो, बत्ति आएको दुइ-तीन घण्टा नबित्दै झ्याप्पै निभ्न थालेको । तालिकामा उल्लेखित समयभन्दा एक घण्टाअघि नै बत्ति जान थाले पनि विद्युत्त प्राधीकरणले लोडसेडिङ बढ्यो चाहिँ भनिसकेको छैन ।

‘लोडसेडिङको तालिका निकाल्ने बेलामा एकघण्टा अघि-पछि बत्ती जान सक्ने भनिएको छ, त्यहीअनुसार अहिले गएको हुनुपर्छ’ प्राधिकरणको प्रणाली सञ्चालन विभागका प्रमुख भुवनकुमार क्षेत्रीले भन्नुभयो । लोडसेडिङको तालिका निकाल्दा प्राधिकरणले आवश्यकताअनुसार एकघण्टा थपघट हुन सक्ने उल्लेख गर्ने गरेको छ । तर घट कहिल्यै हुन्न, थप मात्रै भैरहेको छ ।

प्राधिकरणले गएको मंसिर २३ गते निकालेको लोडसेडिङ तालिकामा दिनमा १० घण्टा मात्र बत्ति जाने उल्लेख छ । तर अहिले दिनमा १२ घण्टा बत्ति जान थालिसकेको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो हिउँदमा लोडसेडिङ १२ घण्टामा सीमित गर्न निर्देशन दिएपनि उपाय केही छैन । थर्मल प्लान्टको गफ र भारतबाट आयात गर्ने योजना सफल हुन नसकेपछि लोडसेडिङ बढाउनुको विकल्प छैन ।

तर, प्रधानमन्त्रीले कुनै हालतमा १२ घण्टाभन्दा नबढाउन भनिरहनुभएको छ । त्यसैले पनि अहिल्यै नै लोडसेडिङ १२ घण्टा पुग्यो भनेर प्राधिकरणले औपचारिक घोषणा गर्न नसकेको हो । प्राधिकरणले आवश्यक छलफल गरेर लोडसेडिङको नयाँ तालिका सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

13 Comments on “लोडसेडिङ फेरि बढ्यो, औपचारिक घोषणा गर्न बाँकी”
  • rajum wrote on 23 December, 2012, 8:22

    लोडसेदिंग एउटा हटाएको भए माओबादीलाई मन पराउनेको संख्या बढ्ने थियो / सबै प्रधानमंत्रीहरु खोक्ने बाहेक अरु केही काम गर्न सकेन / धिक्कार छ हाम्रो अन्धकारमय जिन्दगीलाई /

    Like or Dislike: Thumb up 22 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • ujjwal kafle wrote on 23 December, 2012, 12:43

    baru light nai na diye ta hunthyo ni…hami janta harule gartheu aafno bebastha…pahele tuki batti balda ni hamlai vakai thyo ta..aaba feri tei garamla ni

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    shiva Reply:

    bro light nadiye pani sabik bill ta ai halcha ni.batti nadiyera matra yo hamro desh ko sarkar le janta lai chusna kaha chodcha ra.hamro nepal ma jun jogi ayepani kaanai chireka chan.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • सुनयना wrote on 23 December, 2012, 15:33

    हो हो आज देखि शेड्यूल बदलेको जस्तो छ.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • krishna khadka wrote on 23 December, 2012, 16:00

    Key bor

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • krishna khadka wrote on 23 December, 2012, 16:02

    Yestai rahexa yahako chalan

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • SR Shakya wrote on 24 December, 2012, 5:36

    जनताको आधारभूत आबस्यकता त पूरा गर्न नस्यक्ने सरकारले बाटो बिकाश गरे भनरे गर्ब गरेर के गर्ने जनता आध्यारो र पानी को प्याश्मा छटपटी राखेको छ . त्यसमा कहिले ध्यान ज्याला खाई .

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • JANAk wrote on 24 December, 2012, 6:01

    Loadseading sabda nai paribartan garnu par6
    arko sabda rakha tha ta hudaina.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • dinesh shrestha wrote on 24 December, 2012, 9:19

    कस्तो रमाइलो जल श्रोत को दोश्रो धनि देस भयर पनि दिनमा 12 घंटा लोडसेडिंग खेपनु परेको /

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • सुनिता wrote on 24 December, 2012, 10:06

    तालिका बाहेकको समयमा पनि लोड सेडिङ गरेर प्राधिकरणले के गर्न खोज्दैछ?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Ganesh Lamichhane wrote on 25 December, 2012, 5:19

    Yesto pani desh…dhrrruuutt…kya avagi…Hana hau yo desh kasaripo chaleko cha hau…acchhamma cha…yesto mahangi…power shortage…aamdani chaina…kharcha ko chai sagarmatha…Pashupatinath le nai tikayeka hun ta…!!!

    Kasari garikhane yo desh ma…kaam garna lai pani batti ko scheudule heri heri…aafnu pani schedule set garna parne…Dhikkar cha…nepali netaharu…timiharu mahan hau…desh ra janata khokna nochodne…desh ra janata lai chalna pani nochodne…ke ho ke ho…!!!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • akash wrote on 25 December, 2012, 5:51

    kharane banayo load shedding le

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • prew wrote on 9 January, 2013, 5:42

    1 year ko pradhanmantri kal ma k nai garna sakxan ra baburam le !!! yauta ayojana bnna 5/6 year lagxa !! atleast paschim seti jasto ayojana agi badayeka xan, ani loadstng ko kuro ma chaso dieko xan !!! baru congress ko sasan kal ma desh le sanchar bahek kesaiko bikas garna sakena!! tesaiko havigat ho yo !!! jaba sama susil, deuba ra ramchandre haru jiudai xan yini harule na ta bikas garxan afule na ta arulai dinxan !!!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु