तथ्यांक बताउँछ : खुसी पाउन पैसा चाहिँदैन :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

तथ्यांक बताउँछ : खुसी पाउन पैसा चाहिँदैन

धेरै पैसा र सुस्वास्थ्यले मात्र जिवनमा खुसीको ग्यारेन्टी गर्दैन । हो, यहीँ सत्यलाई प्रमाणित गरिदिएको हालैको एक अध्ययनले । इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट अर्गनाइजेसनले गरेको अध्ययनले विश्वका धनी देशका मानिसहरु भन्दा विकाशशील देशका मानिसहरु बढि खुसी रहेको देखाउनुले यो तथ्य प्रमाणित भएको हो ।

विश्वका विभिन्न १४८ देशमा गरिएको अध्ययनले पनामा र पाराग्वेका जनता विश्वमा सबैभन्दा खुसी जनता हुन् । अध्ययन अनुसार विश्वमा सबैभन्दा खुसी जनता भएका दश देशमध्ये ७ दक्षिण अमेरिकी देश नै छन् । अध्ययनले पाराग्वे र पनामाका जनता विश्वमा सबैभन्दा खुसी र सुखी जनताको रुपमा रहेको र उनीहरु जिवनप्रति सबैभन्दा बढि सकारात्मक रहेको देखाएको छ ।

विश्वमा प्रतिव्यक्ति आयको हिसाबले कतार सबैभन्दा धनी देशको रुपमा रहेको छ भने औषत आयुको दृष्टिले जापान एक नम्बरमा छ । तर यी देशका जनता भने विश्वका सुखी जनताको दशौँ नम्बरभित्र पर्न सकेका छैनन् ।

विश्वमा सुखी जनताभएका देशमा पाराग्वे र पनामापछि साल्भाडोर परेको छ । त्यसपछि भेनेजुयला, टि्रनिडाड एण्ड टोबागो, थाइल्याण्ड र ग्वाटेमाला जनता सुखी भएका देशमा परेका छन् ।

अध्ययनले सिंगापूरेहरु सबैभन्दा नकारात्मक मानसिकता भएका जनता हुन् । नकारात्मक मानसिकता भएका मानिसहरुमा सिंगापूरेले इराकी र आर्मेनियालीलाई पनि जितेका छन् ।

जनता सुखी भएका देशमा फिलिपिन्स सातौँ, इक्वेडर आठौँ, कोस्टारिका नबौँ स्थानमा छन् । अमेरिका ३५ औँ स्थानमा छ भने क्यानडा ११ औँ स्थानमा रहेको छ ।

5 Comments on “तथ्यांक बताउँछ : खुसी पाउन पैसा चाहिँदैन”
  • Anu wrote on 23 December, 2012, 13:53

    Ani hamro nepal kati number maxa ta????

    Like or Dislike: Thumb up 13 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Iishor wrote on 24 December, 2012, 2:48

    Hami Nepali chahi 25 ma parchau hola

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • N.R. Adhikari wrote on 24 December, 2012, 4:34

    Nepal lai world ma kasle vau din6a ra yar

    Like or Dislike: Thumb up 3 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • KHALID ANSARI wrote on 24 December, 2012, 15:47

    tara ma ta khusi chaina , sabai le paisa mangchhan…kamauna kati garo chha pardesh ma chhu…tyo research jhut ho

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Dipak Nepali wrote on 25 December, 2012, 8:09

    yes……..Many people have lots of money but they are very poor, because people with happiness ,integrity and the right values are not for sale .Money will buy :-
    # Amusements ,but not happiness.
    # A bed ,but not sleep.
    # A clock,but not more time .
    # Companions , but not friends.
    #Finery ,but not beauty.
    # Food, but not appetite.
    # A house ,but not a home .
    # Medicine , but not health.
    # A ring , but not a marriage.
    Thanks…………….

    Like or Dislike: Thumb up 9 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु