८ पुस, काठमाडौं । इङ्गलिस पि्रमियर लिग फुटबलमा लिड लिडर म्यानचेष्टर युनाइटेड स्वान्सीसँग बराबरीमा रोकिएको छ ।
आइतबार घरेलु मैदानमा भएको खेलमा स्वान्सीले युनाइटेडलाई १-१ गोलको बराबरीमा रोक्दै अंक खोसेको हो । यसको प्रत्यक्ष फइदा दोस्रो स्थानमा रहेको डिफेण्डिङ च्याम्पियन म्यानचेष्टर सिटीलाई पुगेको छ । बराबरीपछि युनाइटेडको १८ खेलबाट ४३ अंक भएको छ र उ दोस्रो स्थान रहेको सिटीसँग ४ अंक अघि छ ।
खेलमा म्यानचेष्टर युनाइटेडले १६ औं मिनेटमा इभ्राको गोलबाट अग्रता लिएको थियो । तर, २९ औं मिनेटमा स्वान्सीका मिस्युले बराबरी गोल फर्काए । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही गोल गर्ने मौका गुमाएका थिए ।
Nepalimanai type garna paema sara nepali khusi hunethie +eta hamro pahichan pani hunethiyo.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]