एस्टनभिल्लाको पोष्टमा चेल्सीको ८ गोल :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

एस्टनभिल्लाको पोष्टमा चेल्सीको ८ गोल

९ पुस, काठमाडौं । चेल्सी इङ्गिलस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा एस्टनभिल्लालाई ८–० को फराकिलो अन्तरले पराजित गर्दै चेल्सीले प्रिमियर लिगमा ठूलो अन्तरको जित हात पारेको हो ।

यसअघि सन् २०१० मे ९ मा चेल्सीले नै विगानलाई ८–० ले परानित गरेको थियो । यस्तै सन् २००९ मा टोटनह्यामले विगानलाई ९–१ ले पराजित गरेको थियो ।

जितपछि चेल्सी १७ खेलबाट ३२ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको म्यानचेष्टर युनाइटेडको १८ खेलबाट ४३ र दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीको ३९ अंक छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले तेस्रो मिनेटमा नै फर्नाडो टोरेसको गोलबाट अग्रता लिएको थियो । त्यसपछि २९ औं मिनेटमा डेभिड लुईस र ३४ औं मिनेटमा इभानोभिचले गोल गरे । पहिलो हापमा ३–० ले अघि रहेको चेल्सीले दोस्रो हापमा ५ गोल थपेको थियो ।

रामिरेजले २ तथा लाम्पार्ड, ओस्का र हेजार्डले समान १–१ गोल गरे । एकै खेलमा एकै टिमका ७ खेलाडीले गोल गरेको पहिलो पटक हो ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु