कोइरालालाई प्रधानमन्त्री बनाउन कांग्रेसले आन्दोलन गर्ने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

कोइरालालाई प्रधानमन्त्री बनाउन कांग्रेसले आन्दोलन गर्ने

संविधानसभासँगै स्थानीय निकायको चुनाव गराउन माग

१० पुस, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पदच्युत गरी सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार गठन गर्नर् आन्दोलन गर्ने भएको छ । मंगलबार सम्पन्न कांग्रेस क्षेत्रीय सभापतिहरुको भेलाले पारित गरेको ४ बुँदे थली घोषणा-पत्रमा कोइरालाको नेतृत्वमा सरकार बनाएर आगामी बैशाखभित्र निर्वाचन गर्न सशक्त आन्दोलनको आव्हान गरिएको छ ।

भट्टराई नेतृत्वको सरकार र एमाओवादीको सर्वसत्तावादी सोचका कारण मुलुक राजनीतिक तथा संवैधानिक संकटमा फसेको क्षेत्रीय सभापतिहरुको आरोप छ । भेलाले आगामी बैशाखमा संविधानसभाको निर्वाचन र स्थानीय निर्वाचन सँगसँगै गर्न माग गरेको छ ।

काठमाडौंको थलीमा पौष ७ देखि १० सम्म आयोजित २ सय ४० निर्वाचन क्षेत्रका क्षेत्रीय सभापतिहरुको सहभागितामा सम्पन्न भेलाले ‘लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नेपाली काँग्रेसको प्रतिवद्धता, शान्त र समृद्ध नेपालका लागि सवल र गतिशील काँग्रेस आजको आवश्यकता’ शीर्षकको नारासमेत तय गरेको छ ।

‘कांग्रेसले मात्र निकास दिन सक्छ’

कांग्रेसलाई एमाओवादी कांग्रेस विरुद्धमा प्रस्तुत भएको भन्दै भेलाले काँग्रेसको यो ऐतिहासिक विरासतलाई गिराउन विभिन्न खाले अतिवादी शक्तिहरु निरन्तर सक्रिय रहको ठहर गरेको छ । कांग्रेसमात्र देशको सशक्त, जीवन्त, जिम्मेवार र विचारशील लोकतान्त्रिक पार्टी भएको र हरेक जटिल राजनीतिको निकास दिने क्षमता केवल कांग्रेसमा मात्र रहेको घोषणा पत्रमा उल्लेख छ ।

एमाओवादी कांग्रेसविरुद्ध लागेको निश्कर्ष

एमाओवादी पार्टी नेपाली कांग्रेस विरुद्ध लागेको निश्कर्षसमेत भेलाले निकालेको छ । भेलापछि जारी घोषणापत्रमा भनिएको छ-’नेपाली काँग्रेसले जब आफ्नो उचाइ बढाएर जनताको पक्षमा आफूलाई स्थापित गर्दछ, तब उग्रवामपन्थी तथा दक्षिणपन्थीहरुको मिलोमतोमा काँग्रेसलाई कमजोर बनाउन षडयन्त्रहरु हुने गरेको इतिहास साक्षी छ । आज फेरि त्यही क्रम शुरु भएको छ । काँग्रेसको यो ऐतिहासिक विरासतलाई गिराउन विभिन्नखाले अतिवादी शक्तिहरु निरन्तर सक्रिय रहँदै आएका छन् । एकीकृत नेकपा माओवादी आज नेपाली काँग्रेसको विरुद्धमा प्रस्तुत भएको छ ।’

संविधानसभाका उम्मेदवार क्षेत्रको सिफारिसमा

संविधानसभाको आगामी चुनावका लागि क्षेत्रीय कार्यसमितिले सिफारिस गर्ने ३ जना उम्मेदवारमध्येबाट उम्मेदवारहरूको छनौट गर्ने नीति सभापतिहरुको भेलाले तय गरेको छ । त्यसैगरी भेलाले समसामयिक राजनीतिका साथै पार्टीको आन्तरिक एवं संगठनात्मक विषयमा विभिन्न निर्णयहरु गरेको छ । पार्टी विधानको प्रभावकारी कार्यान्वयन गर्ने, अनुशासन समितिहरु बनाउने एवं क्षेत्रीय सभापतिहरुलाई स्वतः महासमिति सदस्य बन्ने व्यवस्था गरिने लगायतका निर्णयहरु भेलाले गरेको छ ।

वी.पी.उद्यान अभियान चलाउने

क्षेत्रीय सभापतिहरुको भेलाले लक्षित गरी गरिवी न्यूनीकरण, रोजगारीको सिर्जना र सुशासनको प्रत्याभूतिका लागि शसक्त कदम चाल्ने निर्णय गरेको छ । ‘पोषणका लागि खेती स्वास्थ्य समृद्ध जीवनको प्राण, घर घरमा करेसा वारी वी.पी.उद्यान हाम्रो अभियान’ भन्ने नाराका साथ कृषि प्रवर्धनका लागि कार्यक्रम सञ्चालन गर्ने भेलाको निर्णय छ । यस्तै हरेक क्षेत्रको स्रोत र साधनको पहिचान गरी तीनको सदुपयोग गर्ने योजना र कार्यक्रम निर्माण गरी आय-आर्जन र पूर्वाधार निर्माणका कार्यक्रम अगाडि बढाउने प्रस्ताव पारित गरेको छ ।

 

क्षेत्रीय सभापतिहरुको राष्ट्रिय भेलाले जारी गरेको थली घोषणा-पत्रको पूर्णपाठ 

जन नायक वी.पी.कोइरालाको सक्रियतामा जन्मिएको नेपाली काँग्रेस नेपाली जनताको सुख, शान्ति र सम्वृद्धिका लागि निरन्तर संघर्षरत छ । जहानीया राणाशासनको अन्त्यका लागि सशस्त्र आन्दोलनमा उत्रिएको नेपाली काँग्रेस राजनीतिक स्थीरता र लोकतान्त्रिक पद्धतिका लागि २०१४ सालको भद्र अवज्ञा आन्दोलन, संविधान सभाको माग हुँदै २०१५ सालको आम निर्वाचनबाट नेपाल र नेपालीको लोकतान्त्रिक पद्धति अनुरुप सुनौलो भविष्यकोर्न सफल भयो । नेपालको स्वणिर्म भविष्य निर्माणको आधार तयार गर्ने अभियानमा २०१७ सालको घट्नाले आघात पुग्न गयो । नेपाली काँग्रेसका हरेक आन्दोलनमा आम नेपाली जनता सहभागि भएर नै २०३६ साल २०४६ र २०६२/६३ को ऐतिहासिक जनआन्दोलन सफल भएका हुन् । राष्ट्रियता, लोकतन्त्र र समाजवादको पक्षधर नेपाली काँग्रेस सधै नेपाली जनताको पक्षमा रही रहृयो । राष्ट्रिय तथा आन्तराष्ट्रिय तहमा समेत आफ्नो पहिचान स्थापित गर्न सफल सफल रहृयो । संयुक्त महासमितिको बैठकबाट गणतन्त्रको घोषणा गरी नेपालमा राजतन्त्रको अन्त्य गर्ने उद्घोष गरे अनुरुप नै २०६२/६३ को जन आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरी संविधान सभाको निर्वाचनद्वारा राजतन्त्रको अन्त्य गर्न सफल भएको हो ।

नेपाली काँग्रेसले जव आफ्नो उचाई बढाएर जनताको पक्षमा आफूलाई स्थापित गर्दछ तव उग्रवामपन्थी तथा दक्षिणपन्थीहरुको मिलोमतोमा नेपाली काँग्रेसलाई कमजोर बनाउन षडयन्त्रहरु हुने गरेको इतिहास साक्षि छ । आज फेरी त्यही क्रमशुरु भएको छ । नेपाली काँग्रेसको यो ऐतिहासिक विरासतलाई गिराउन विभिन्न खाले अतिवादी शक्तिहरु निरन्तर सक्रिय रहंदै आएका छन् । यसै सन्दर्भमा एकीकृत नेकपामाओवादी आज नेपाली काँग्रेसको विरुद्धमा प्रस्तुत भएको छ ।

नेपाली काँग्रेसको लामो ईतिहाससंगै आफ्ना सांगठनिक आधार र अवयवलाई जीवन्त राख्ने प्रयास स्वरुप संगठन निर्माणका कार्यहरु भई रहेका छन् । यसलेे विधानमा समय सापेक्ष सुधार गरी संगठनलाई सामूहिक नेतृत्वमा लैजाने आधार तय गरेको छ । गाउँ/नगर र क्षेत्रलाई अधिकार सम्पन्न बनाउदै जिल्ला, अञ्चल र केन्द्रको अनुगमन र नीति निर्देशनको आधारलाई समेत विधानमा समेटेर संगठन निर्माणको खाका तय गरी सकेको छ ।

यसै सन्दर्भमा यो नेपाली काँग्रेसका क्षेत्रीय सभापतिहरुको राष्ट्रिय प्रशिक्षण भेला हामी सवैको लागि प्रेरणादायी बनेको छ । संघिय पद्धतिका हिमायती नेपाली काँग्रेसका तमाम नेता कार्यकर्ता आफ्नो चुनावी रणनीतिका लागि क्षेत्रीय कार्य समितिलाई सवल बनाउन उद्धत छन् भन्ने तथ्यलाई यो प्रशिक्षण भेलाले पुष्टी गरेको छ ।

नेपाली काँग्रेसमात्र यो देशको सशक्त, जीवन्त, जिम्मेवार र विचारशील लोकतान्त्रिक पार्टी भएको यथार्थता आम नेपाली जनतामाझ प्रष्ट रहेको छ । हरेक जटिल राजनीतिको निकास दिने क्षमता केवल नेपाली काँग्रेसमा मात्र रहेको धारणा नेपालीको छ । यसै परिप्रेक्षमा आज हामी सम्पूर्ण नेता गण तथा साथीहरुलाई नेपाली काँग्रेसको यो साख र क्षमतालाई जोगाउँदै संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको खाका कोर्न क्रियाशील रहँन अनुरोध गर्दछ ।

२४० निर्वाचन क्षेत्रबाट आउनु भएका क्षेत्रीय सभापतिहरुले आफ्नो गाउँ ठाउँ र क्षेत्रको सांगठनीक गतिविधि, जनजीविकाको सवाल र विकास निर्माण, समसामयीक राजनीति र आगामी संविधान सभा र स्थानीय निर्वाचनका सन्दर्भमा वास्तविक बस्तुस्थितिलाई यहाँ प्रश्तुत गर्नु भएको छ ।

नेपाली जनताको विश्वासलाई समेट्दै लोकतन्त्र र संघिय लोकतान्त्रिक गणतन्त्र प्रति नेपाली काँग्रेसको प्रतिवद्धता, शान्त र समृद्ध नेपालको लागि सवल र गतिशिल काँग्रेस आजको आबस्यकता भन्ने मूलनारा सहित लक्षित उद्देश्य प्राप्तिका लागि नेपाली काँग्रेसका क्षेत्रीय सभापतिहरुको काठमाण्डौ क्षेत्र नं.२ को डाँछी थलीमा सम्पन्न यो राष्ट्रिय प्रशिक्षण भेलामा निम्न विषय बस्तुहरु समेटिएको थली धोषणा-पत्र जारी गर्दछ ।

१. समसामयीक राजनीति

· बाबुराम भट्टराई नेतृत्वको सरकार र एनेकपा माओवादीको सर्वसत्तावादी सोचका कारण मुलुक राजनैनिक तथा संवैधानिक जटिलतामा जकडिएको हालको अबस्थामा वर्तमान सरकारलाई पदच्युत गरी नेपाली काँग्रेसका सभापति सुशील कोइरालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण गरि आगामी बैशाख भित्र निर्वाचन गर्न सशक्त आन्दोलन गर्न आव्हान गर्दछौं ।

२. संगठन

· १२ औं महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम र संशोधित विधानको प्रभावकारी कार्यान्वयनका लागि जिल्ला, क्षेत्र एवं गाउँ/नगर विचको समन्वयमा देखिएका समस्याहरुको तत्काल अन्त्य गर्न प्रत्येक क्षेत्रमा केन्द्रीय प्रतिनिधि पठाई आबश्यक पहल कदमी लिनु पर्ने ।

· क्षेत्रीय समिति अन्तर्गत अनुसाशन समिति गठन गरि पार्टी हित विपरित हुने क्रियाकलापलाई निरुत्साहित गर्न आबस्यक अधिकार प्रदान गर्ने व्यबस्था गर्ने ।

· क्षेत्रीय सभापतिहरुलाई पार्टीको नीतिनिर्माण तहमा सहभागि गराउन स्वत महासमिति सदस्य हुने व्यबस्था गर्नु पर्ने ।

· क्षेत्रीय सभापति पदेन जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधि समेत रहने पार्टी विधानको व्यबस्थालाई हेर्दा क्षेत्रीय सभापति एवं अन्य पार्टी पदाधिकारीहरुको स्पष्ट मर्यादाक्रम निर्धारण गर्नु पर्ने ।

३. जनजीविकाको सवाल र विकास निर्माण

गरिवी वेरोजगारी र सुशासनमा देखिएको समस्याले मुलुकको सम्पूर्ण जनजीवन आक्रान्त रहेको सन्दर्भमा लोकतान्त्रिक मूल्य, मान्यता र पद्धति अनुरुप यूवा, महिला र सिमान्तकृत वर्गलाई लक्षित गरि गरिवी न्यूनीकरण, रोजगारिको सृजना र सुशासनको प्रत्याभूतिका लागि नेपाली काँग्रेसको यो भेला शसक्त कदम चाल्न आबस्यक ठान्दछ ।

· हरेक क्षेत्रको स्रोत र साधनको पहिचान गरि तीनको सदुपयोग गर्ने योजना र कार्यक्रम निर्माणमा पार्टीका सवै निकायलाई सहभागि गराई सोही अनुरुप आय-आर्जन र पुर्वाधार निर्माणका कार्यक्रम अगाडि वढाउने प्रस्ताव पारित गर्दछ ।

· पोषणका लागि खेती स्वास्थ्य समृद्ध जीवनको प्राण, घर घरमा करेसा वारी वी.पी.उद्यान हाम्रो अभियान भन्ने नाराका साथ कृषी प्रबर्धनका लागि कार्यक्रम सञ्चालन गर्ने ।

४. निर्वाचन

· नेपाली काँग्रेसको नेतृत्वामा आगामी बैशाख भित्र स्वतन्त्र, निस्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न तत्काल राष्ट्रिय सहमतिको सरकार नेपाली काँग्रेसको नेतृत्वमा गठन गर्नु पर्ने ।

· आगामी बैशाखमा संविधान सभाको निर्वाचन संगै स्थानीय निर्वाचन सम्पन्न गरि लोकतन्त्रको जग तल्लो तहबाटै मजबुत गर्नु पर्ने ।

संकल्प प्रस्ताव

· नेपाली काँग्रेसको विधानमा व्यबस्था भए बमोजिम संविधान सभा एवं संसदिय निर्वाचनका लागि क्षेत्रीय कार्य समितिले सिफारिस गरेको तीन जना प्रस्तावित उम्मेद्वार चयन भई आएका उम्मेद्वारलाई अत्याधिक बहुमतले विजयी गराउन हामी क्षेत्रीय सभापतिहरु संकल्प गर्दछौ ।

· प्रत्येक निर्वाचन क्षेत्रमा क्षेत्रीय समितिको पहल कदमीमा युवा र महिलालाई लक्षित गरि कम्तीमा एउटा नमूना आय मूलक कार्यक्रम सञ्चालन गर्दछौं ।

· हरेक निर्वाचन क्षेत्रमा विकास निर्माण कार्यलाई विभिन्न सरकारी र गैह्र सरकारी निकाय र क्षेत्रीय कार्य समिति विच समन्वय गराई स्थानीय स्रोत साधनको परिचालन गरि प्रभावकारी रुपमा स्थानीय विकास निर्माण कार्यलाई अगाडी बढाउन एक विकास स्वयं सेवक मनोनयन गरि कार्य सञ्चालन गर्दछौं ।

जय नेपाल

मिति २०६९ साल पौष १० गते ।

21 Comments on “कोइरालालाई प्रधानमन्त्री बनाउन कांग्रेसले आन्दोलन गर्ने”
  • sanjay yadav wrote on 25 December, 2012, 5:31

    karya karta ko kam garnus natra halat kharab 6a netaji haru

    Like or Dislike: Thumb up 15 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Bhim lamichhane wrote on 25 December, 2012, 7:39

    Jati nai vela gare pani des ra jantako lagi jana nirbachit sarkarma sahamati garna nasakne partyko astitwa 6aina.

    Like or Dislike: Thumb up 23 Thumb down 9

    [जवाफ फर्काउनुहोस्]

  • Arjun Prasad Bhatta wrote on 25 December, 2012, 11:38

    It is best cunculuson of the N.P. to make lockal election.

    Like or Dislike: Thumb up 4 Thumb down 11

    [जवाफ फर्काउनुहोस्]

  • Bhuwan Pandey wrote on 25 December, 2012, 11:38

    Andolan garna matra sikeka 6au..Desh ani sambidhan banauna aandolan garenau.? PM ko kursi ko lagi…gara gara aandolan..??ab janata pani jagruk bhai sake?? Desh lutna na payer aandonan bahek k 6a Bikalp.desh ani janata ko lagi tyag garna siknus..

    Like or Dislike: Thumb up 12 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • sakusal wrote on 25 December, 2012, 11:46

    Garako Garai Ho , Karyakarta aaba aaunu paro ne sadak ma , k adhar le aaune sadak ma pheri??????

    Like or Dislike: Thumb up 12 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • sanu rai wrote on 25 December, 2012, 11:52

    Hasau6 kangressle Hasau6 Gaijatra gara Kangress Teso Bhaya Ramailo hun6 Hamlai Pani Haina Bhane Nirbachan ma Jana chhadera k ko Andolan? Arko patak pradhan mantri hune chance nai chhaina Neta susil ko tesaile marne belama 1 patak pradhan mantri banne sapana neta susil ko chadai pura hos – Mero subhakamana

    Like or Dislike: Thumb up 8 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • GAIHRE wrote on 25 December, 2012, 12:02

    ठीक हो आन्दोलन पहिले नै गर्नुपर्थयो / आन्दोलन गर जनताले साथ दिय राम्रै भयो / तर ख़बरदार रस्त्रपतिको आडमा सर्कार हत्यौने काम मान्य हुदैन / वार की पार सधैभारीको किच किच भन्दा /

    Like or Dislike: Thumb up 20 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Is Gurung wrote on 25 December, 2012, 12:03

    koirala baje bibaha nagari kana rajniti garda pani yek choti pardhan mantri nahune bhayo, aba rajtini hoina gufa tira bato laake huncha- koirala ko subextsa

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • SARBAHARA wrote on 25 December, 2012, 12:11

    हाहाहाहाहाहाहाहा ओ होहोहोहोहो हाहाहाहाहाहा साच्चैको गजबको जोक सुन्न पाइयो । कङ्रेसले आन्दोलन गर्ने रे ! त्यो पनि प्रधानमन्त्री बनाउन, वाह् क्या प्रजातान्त्रिक बिचार !! अब कङ्रेसले पनि माओवादीकै बाटो समातेको हो त ?

    Like or Dislike: Thumb up 21 Thumb down 9

    [जवाफ फर्काउनुहोस्]

  • nectar wrote on 25 December, 2012, 12:32

    janta le nachaheko umedwar aaja pradhan mantri banne astitwa 6aina.

    Like or Dislike: Thumb up 10 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • aakrosh bhandari wrote on 25 December, 2012, 13:01

    sayed aba yo aandolan ma a ma le pani lagne hola kina ki a ma le ko aafnai neta ra siddanta chhaina ni ta la la a ma le le pani ne ka ko jhanda boke ali chado nikas niskanchha ki .

    Like or Dislike: Thumb up 6 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bhim lamichhane wrote on 25 December, 2012, 13:17

    Chunab ma gaya pa6i Janatale ghokre thyak lagaune 6 vanera nai kangres le kursi praptiko lagi andolan ko dhamki didai 6. K inlai janta le saath delan ?

    Like or Dislike: Thumb up 8 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • limbu paahim wrote on 25 December, 2012, 13:53

    पित्री सतात्मक बादी, सोसक सामन्ति एकात्मकबादी, एकल जाती बादी संघिय बिरोधि काङ्ग्रेश संम्भिधानसभाको हत्या गरेर बि.पि को नाम बेच्तै पानि माथिको ओबानो बन्ने हेतुले अब कुनै फुस्रो नारा नफुके हुन्छ ।

    Like or Dislike: Thumb up 18 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • Abiral sharma wrote on 25 December, 2012, 14:02

    Tori kangress chor ma kangress vanne sabay lai katnu par6

    Like or Dislike: Thumb up 7 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • yuk lohome wrote on 25 December, 2012, 14:12

    hahahaahah ……yo budole PM payo bhane kasari bolnan …kasari jantako namma sambodhan garlan …..ufff nepal

    Like or Dislike: Thumb up 5 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • arpan wrote on 25 December, 2012, 15:53

    होइन बाबुराम ले गर्न नसक्ने काम शिशील ले मात्र गर्न सकने भन्ने बिश्वास कसरी गर्ने होला ?

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • prem wrote on 25 December, 2012, 16:28

    निर्बाचन हार्ने, हारेर पनि संबिधान सभा मा प्रतिनिधि बन्ने अनि फेरि संबिधान सभा लाई अन्त्य गर्न हुने नहुने नाटक गर्ने – सुशील कोराला ।
    फेरि प्रधान मन्त्रि का लागि दाबि गर्दैछन् र समर्थन पनि पाऊदैछान । कस्तो बिडम्बना हो यो नया नेपाल को ??

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • दीपक wrote on 25 December, 2012, 16:39

    जे भैराछ त्यहि कुर्ची को लागि भै र छ . देश भाड मा गए पनि मतलब छैन टाउके नेता हरुलाई . कुर्ची कै लागि येत्रो बखेडा हो भने त्यो सुशील भन्दा बाबुराम धेरै राम्रो प्रधानमन्त्री को लागि . आफ्नो पार्टी को समस्या सुल्झौन नसक्ने ले के देशको समस्या सुल्झौन सक्छ ?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • rabin shrestha ksa wrote on 25 December, 2012, 18:25

    en ko aandolan dheri dekhiyo

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • dinesh wrote on 25 December, 2012, 18:55

    oha oha oha go hero go ,smile very sexy .go for PM .good save my poor nepal

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • maniram wrote on 27 December, 2012, 8:23

    aandolanma chai susil ka sakha santan layera gare ta honi janta ta aaudainan.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु