कृष्णराज खनाल
९ पुस, बोस्टन । नेपाली राजनीतिमा निष्ठा र आस्थाका नायक भीमबहादुर तामाङको उच्च विचार र साधारण जीवनशैलीको विविध पक्षको अध्ययनका लागि तामाङको स्मृतिमा पुस्तक प्रकाशन हुने भएको छ ।
भीमबहादुर तामाङ अध्ययन समाज, अमेरिकाले प्रकाशन गर्ने पुस्तकमा तामाङको कठीन र तपस्यापूर्ण जीवनको विभिन्न पाटा र बाटाहरु तथा आरोह-अबरोह, नेपाली काँग्रेसभित्रको राजनीतिक यात्र-सहयात्रा समेटी पहिलो चरणमा स्व. तामाङको जीवनलाई परिचित गराउने “जीवन-पुस्तक” प्रकाशन गर्ने समाजले जनाएको छ ।
उहाँको जन्मदेखि मृत्युसम्मका महत्वपूर्ण घटना-परिघटना, कठीन राजनीतिक जीवनका ज्ञात-अज्ञात पक्षहरुका बारेमा गम्भीर खोजीनीति र अनुसन्धान गरि प्रकाशित गरिने पुस्तक नेपाली राजनीति र समाजका लागि एक महत्वपूर्ण र शिक्षाप्रद पुस्तक हुन सक्ने समाजले जानाएको छ ।
जिउदो रहुन्जेल नेपाली कांग्रेसले यिनी भिम बहादुर नेतालाई ओझेलमा परिराखे अहिले मरेपछि विभिन्न नाटक गर्दैछ
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
natakiya samajh
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]