रोविन भानपर्सी भाग्यले बाँचे ! :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

रोविन भानपर्सी भाग्यले बाँचे !

९ पुस, काठमाडौं । म्यानचेष्टर युनाइटेडका प्रशिक्षक एलेक्स फुर्गसनले आफ्नो स्टार स्ट्राइकर रोविन भानपर्सीलाई मैदानमा नै मार्न खोजेको आरोप लगाएका छन् ।

आइतबार राति भएको खेलमा स्वान्सीका डिफेण्डर एस्ले विलियम्सले हानेको बल भानपर्सीको टाउकोमा लागेपछि फर्गुनसले यस्तो बताएका हुन् । खेलपछि उनले भनेका छन्–‘यो अन्त्यन्त खतरनाक आक्रमण थियो, महिले बर्षौमा यस्तो देख्दैछु ।’

राविन भानपर्सी भाग्यले बाँचेको भन्दै उनले भने–‘विलियम्सलाई लामो समयको प्रतिवन्ध हुनुन्छ । रोविान ठूलो भाग्यले बाँचे ।’

यो खेलको ७५ औं मिनेटमा भएको हो । स्वान्सीका डियरले फल गरेर भानपर्सीलाई लडाएको बेला विलियम्सले हानेको बल भानपर्सीको टाउकोको पछिल्लो भागमा लागेको थियो ।

विलियम्सले भने आफूले बल मात्र क्लियर गर्न खोजेको बताएका छन् । रेफ्रीले उनलाई पहेँलो कार्ड दिएका थिए । खेल १–१ को बराबरीमा सकिएको छ ।

8 Comments on “रोविन भानपर्सी भाग्यले बाँचे !”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु